Featuredस्वास्थ्य

ग्याष्ट्रिकको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ । हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ । यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ । ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ । अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ । मानसिक तनाव धेरै हुनुका साथै चिया, कफी, चुरोट र रक्सीले पनि एसिड उत्पादन बढाउँछ।

के खाने ? के नखाने ?

ग्याष्ट्रिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो। सन्तुलित भोजन गर्नुपर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन। तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।

ग्याष्ट्रिक भएपछि यस्को उपचार कसरी गर्ने भन्ने कुरा सवैभन्दा महत्वपूर्ण देखिन्छ । उपचार ग्याष्ट्रिकमा थुप्रै थरिका छन् हामीले एउटा कुरा हमेसा बुझ्न आवस्यक छ । ग्याष्ट्रिक भनेको पेटमा एसिडको मात्रा ज्यादा हुनुलाई लिन सकिन्छ । एसिड नबन्ने खालका खाना कमसे कम खाने गरेमा यो रोगबाट आफुलाई बचाउन सकिनेछ ।

आजकल फास्ट फुडको जमनाछ यस्ता प्रकारका खाना खानाले पनि ग्याष्ट्रिक बढ्ने देखिन्छ । खाना समएमा खाने बानी बसाल्नु पर्छ । खाना खादा सके सम्म पानी नखाने अरू समएमा प्रसस्त पानी पिउने खानाको समए मिलाउने गरेमा आधा ग्याष्ट्रिक आफै निको हुन सक्छ ।

ग्याष्ट्रिकको उपचार

१. प्रशस्त पानी पिउने
लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र शरीरमा समेत पानीको सन्तुलन कायम राख्छ । तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

२. लसुन पानी

बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग चपाएर निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।

३. खाना समयमा खाने

ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

४. होम्योपैथीक नेक्सोसिड सिरप

मैले विगत लामो समयादेखि होम्योपैथीकको नेक्सोसिड सिरप औषधि दिएर धेरै बिरामी निको बनाउन सफल भएको छु । २/३ चम्चा औषधि खाना खादा भन्दा अघि खान दिनाले यो रोग क्रमस निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

के तपाईलाई ग्याष्ट्रिकले सतायो ? यसरी गर्नुस् उपचार

ग्याष्ट्रिकको घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!