स्वास्थ्य

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग ! हाम्रो नेपालमा यस्ता अनेकौं जडिबुटी छन् जसको सहयोगले जीवन नै परिवर्तन हुन सक्ने देखिन्छ । जडिबुटीको खोज गर्न आवश्यक छ । नेपाली जडिबुटीमाथि अन्तर्राष्ट्रिय जगतले नियालेर हेरेको छ । यहाँ यस्ता यस्ता जडिबुटी छन् जसलाई छोएर, बुटी बाधेर, कुट पिस गरेर प्रयोग गरेर चमत्कारिक लाभ हामीले उठाउन सक्नेछौं ।

हाम्रो बाबु बाजेका पालादेखि चल्दै आयको परम्परालाई यो युगमा सबैको सामु पस्कन र नजान्नेलाई जान्ने गराउन अहोरात्रसम्म खटेर गरेको मेहनत खेर नजाओस भन्ने उद्धेश्यले यहाँ केहि जडिबुटीबारे जानकारी पस्कदैछौं लाभ उठाउनु हुनेछ भन्ने हामीलाई लागेको छ ।

आज अन्य जडिबुटी पस्कनु पुर्व हामीले कसैको आँखा नलागोस भनेर कागती र हरियो खुर्सानी गेटमा राख्छौं तर यसले केहि विश्वास जगाएको देखिएको छ । हामीले यसो गर्नुको पहिलो उद्धेश्य भनेको पसललाई नजर नलागोस भन्ने रहेको हुन्छ । मानीस बोक्सी होइन यसको नजर बोक्सी हुन सक्छ ।

विश्वास जस्तो ठूलो शक्ति अरू केही छैन बुटि बाधेर पनि रोग निको हुन सक्छ भन्दा केहिलाई आश्चर्य लाग्न सक्ला तर यो सत्य सावित भएको छ । हामीले केवल जडिबुटी बाधेर ससाना बच्चाहरुको अण्डकोष र आमसयमा हुने गर्भपतन रोक्न समेत सफल भएका छौं । यहाँ एउटा कुरा हामीले बुझ्न आवश्यक छ त्यो हो जडिबुटी भित्रको शक्ति ।

नेपाली भुभागमा भएका यस्ता अनगिन्ती जडिबुटी छन् सहि समयको पालना गरेर जडिबुटी ल्याएर प्रयोग गर्न सकिन्छ भने नसोचेको सफलता हामीले प्राप्त गर्न सक्नेछौं । यस्ता जडिबुटी हामीले जंगलमा खोज्न जानुपर्ने आवश्यक छैन । प्राकृतिले मानिसको वरीपरि यस्ता जडिबुटी दिएको छ तर हामीले फाईदा लिनबाट बन्चित छौं ।

यस्ता जडिबुटीमा उल्टे कुरो दतिवन, लज्जावति झार, आँक, गुम्बा बुटि, बर, पिपल, धतुरो, नीम, राती गेडि, बेल जस्ता अनेकौं जडिबुटी हाम्रो वरीपरि छन् तर हामीले फाइदा उठाउन सकि रहेका छैनौं । आजको लेखमा केहि जडिबुटीबारे लेख पस्कन गईरहेको छु फाइदा उठाउनु हुनेछ ।

चमत्कारयुक्त जडिबुटीको प्रयोग

१. अपामार्गको प्रयोग

अपमार्गका अनेकौं प्रयोग छन् । एउटा प्रयोग मध्ये अश्विनी नक्षत्रमा अपमार्गको जरा ल्यायर तावीज बनाएर लगाउनाले हजुरको आग्या सबैले मान्ने गराउदछ । बोलेको सबैले समर्थन गर्दछन् ।

२. नीबूवाको जरा

उत्तरा फाल्गुनी नक्षत्रमा नीबूवाको जरा ल्यायर गाइको दुध संग परिवारलाई पिउन दिनाले सन्तानको जन्म हुन्छ ।

३. वेल पत्र

अश्विनी नक्षत्रमा एउटा रंग भएको गाईको दुध संग वेल पत्र राखेर खान दिनाले निःसंतान स्त्री पनि गर्भवती हुनेछन् ।

४. आँकको जरा

रविपुष्प योगमा बाझो महिलाले आँकको जरा कम्मरमा बाध्नाले सन्तान हुनेछ ।

५. आँकको जरा

मुद्धा जीत्न मन भएमा आर्द्रा नक्षत्रमा यस्को जरा ल्याएर जन्तर बनाएर गलामा झुण्डाउनाले सफलता हात लाग्ने छ ।

६. उल्टे कुरो दतिवन

यदि हजुर राजनीतिको क्षेत्रमा राम्रो स्थान प्राप्त गर्न चाहनेलाई विधि विधान अनुसार प्रयोग गरेमा राम्रो सफलता दिनेछ ।

७. राती गेडिको जरा

जरा रवि पुष्प योगमा राम्रो संग पुजा गरेर गाइको दुधमा राखेर अथवा पूर्णिमाको दिन जरा ल्याएर गाइको दूधमा धोयर पुजा थानमा राख्ने र आधा आफ्नो साथमा राख्नाले मान सम्मान बढ्नुको साथै सोचेको सवै पुग्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

मेरो नेपाल गरीव होइन यसलाई हरीप बनाइएको हो ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!