विज्ञान

प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह आज विहानै अमेरिकाबाट प्रक्षेपण गरिएको छ । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ बिहीबार अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका प्रबक्ता डा. सुरेशराज ढुंगेलका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार आज बिहीवार बिहान २.३१ बजे अमेरिकाको भर्जिनिया राज्यको वाल्लोस्प टापुस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । यो नेपालको पहिलो भू-उपग्रह प्रक्षेपण भएको हो । यो नेपालको इतिहासका लागि अत्यन्तै दुर्लभ दिन हो । यसरी नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गरेर नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको छ । प्रक्षेपण गरिएको ‘नेपाली स्याट–१’ भू-उपग्रहवाट नेपालले निम्न फाइदाहरु लिन सक्छ ।

यो पनि पढ्नुहोस् 

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

नेपालको पहिलो भू-उपग्रह प्रक्षेपण आज राति

यस्तो छ नेपालले प्रक्षेपण गर्ने भू-उपग्रह तालिका

फाइदाहरु

१. यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग् भनिने प्रविधिको फाइदा लिन सक्छ ।

२. यसको सहयताले नेपालले आफ्नो भू-भागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ ।

३. स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ ।

४. यसले बादलको बहाव हेरेर मौसमको जानकारी समेत दिनेछ ।

Like & Follow us on Facebook

५. यो स्याटालाइटको मुख्य काम भनेको ‘इमेजरी डाटा’ संकलन गर्नु रहेको छ ।

६. यसलाई ‘टाउन प्लानिङ’ मा पनि प्रयोग गर्न सकिनेछ ।

७. यो स्याटालाइटले हिमनदीको अवस्था, हिमतालको विष्फोटन, हिमपहिरो, हिमाली तथा पहाडी क्षेत्रको जानकारी, भौगोलिक अवस्थाको जानकारीका साथै आगलागी भएको स्थानाहरु समेत पत्ता लगाउन सक्नेछ ।

८. भू-उपग्रह प्रक्षेपणको अनुभवबाट मुलुकमा भू–उपग्रह सम्बन्धि कानून निर्माणमा सघाउ पुग्ने समेत बताइएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!