चिकित्सा विज्ञानस्वास्थ्य

आईपड सि भी-२०० (Cefpodoxime Proxetil and Potassium Calavulante Tablet) को प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा



यो औषधिको प्रयोग सामान्य खालको सक्रमणमा प्रयोग गरिन्छ । यो एंटी-बैक्टीरियल औषधिले बैक्टीरिया फैलनुबाट रोक्दछ । यो औषधिको प्रयोग ब्रोंकाइटिस, गोनोरिया, कान, गला र टंस्लिलको सक्रमणमा राम्रो फाइदा हुदछ । तर भाइरल सक्रमणमा भने यसले केहि फाइदा गर्दैन ।

यो औषधि निम्न अवस्थामा पनि चलाउन सकिन्छ । पिसाबको सक्रमणमा ( Urinary tract infection), कानको सक्रमणमा (Ear Infection (Otitis Media), टॉन्सिलिटिस / फेरेंजिटिस (Tonsilitis/Pharyngitis) पनि यो औषधि प्रयोग गराइन्छ । स्ट्रेप्टोकोकस निमोनिया, हेमोफिलस इन्फ्लूएंजाको सक्रमणमा पनि यो औषधि आईपड सि भी -२०० (Cefpodoxime Proxetil and Potassium Calavulante Tablet) प्रयोग गरिन्छ ।

यो औषधिको प्रयोगले गोनोकोकलको सक्रमण (Gonococcal Infection) पनि राम्रो फाइदा गर्दछ । आईपड सि भी -२०० (Cefpodoxime Proxetil and Potassium Calavulante Tablet) नियोसेरिया गोनोरियसको कारण फैलिएको गोनोकोकलक सक्रमणमा पनि राम्रो फाइदा गर्दछ ।

Like & Follow us on Facebook

यस्ता समुहका औषधि चलाउदा कहिले काही सामान्य प्रतिक्रिया देखिन सक्छ । तर यस्तो प्रतिक्रिया कम देखिन सक्छ । यदि देखिएमा आफ्नो चिकित्सकसंग प्रामर्श लिनुपर्ने हुन सक्छ । यस्तो प्रतिक्रिया प्राय: सानो बच्चाको हकमा देखिएमा औषधि रोकेर प्रतिक्रियाको उपचारतर्फ डाक्टरको सल्लाह अनुसार लाग्नु पर्दछ ।

आईपड सि भी -२०० (Cefpodoxime Proxetil and Potassium Calavulante Tablet) सेवन गराउदा पेट लाग्ने, पेट दुख्ने, ग्यास बढ्ने, उल्टि हुने जस्ता समस्या देखियमा डाक्टरको परामर्श आवश्यक हुन सक्छ ।

मात्रा : रोगको अवस्था हेरेर मात्रा निर्धारण गर्नु राम्रो हो । यो औषधि १२ घण्टाको फरकमा २२८ एम.जीको औषधि दिनमा २ पटक चलाउन सकिन्छ । यो औषधि D/S मा पनि उपलब्ध हुनाले यस्को मात्रा फार्मासिष्टलाई सोधेर खुवाउनु राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

सुपर सि भि ६२५ Amoxicillin and Clavulanate Potassium Tablets को प्रयोग

एन्टीकोल्ड ट्याब्लेट (Anti-Cold Tablet) साइनेक्स (Sinex) र यसको प्रयोग

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!