मुख्य समाचारराष्ट्रिय समाचार

आज प्रधानमन्त्री प्रचण्ड र भोली पुर्वराजा ज्ञानेन्द्रको सम्बोधन

काठमाडौं, कात्तिक ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले दिउँसो ३ बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले ट्वीटर मार्फत जानकारी दिएकी छिन् ।

 प्रधानमन्त्री प्रचण्डले समसामयीक ताथा सरकारको कामकारबाही र आफ्नो गोवा भ्रमणबारे संसदमा जानकारी गराउँन लागेका हुन् ।मंगलबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भरतमोहन अधिकारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको गोवा भ्रमण र त्रिपक्षीय बैठकबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए ।

 त्यस्तै, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले कात्तिक ४ गते बिहीबारदेखि काठमाडौंको बनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन गर्ने भएको छ । पूर्वराजा ज्ञानेन्द्रले सम्मेलन उद्घाटन र सार्वजनिक रूपमा सम्बोधन समेत गर्ने भएका छन् ।

राजासहितको हिन्दु राष्ट्रको अभियानमा लागेको महासंघले बनकालीमा पहिलो दिन उद्घाटन कार्यक्रम गरेपछि बाँकी दुई दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन र महाधिवेशन गर्नेछ । समितिकी सचिव अस्मिता भण्डारीले सम्मेलन हिन्दु धर्मावलम्बीको भीड देखाउनमात्र नभई सैद्धान्तिक लडाइँका लागि विशेष प्रस्ताव पास गर्नका लागि पनि भएको बताइन् ।

उनले भनिन्, ‘महासंघको यो अन्तर्राष्ट्रियस्तरको विराट सम्मेलन राजासहितको हिन्दु अधिराज्य बनाउने अभीष्टले पनि आयोजना गरिएको हो ।’ सम्मेलनमा थाइल्यान्ड, मौरिसस, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, क्यानाडा, बेलायतलगायत डेढ दर्जन देशका प्रतिनिधि सहभागी हुने भण्डारीले बताइन् ।

भारतबाट लोकसभाका सांसद एवं महासंघको भारत एकाइका प्रमुख आदित्यनाथ, उत्तराखण्डका शंकराचार्य वासुदेवानन्द सरस्वती, इस्लामाबादका शंकराचार्य, राष्ट्रिय स्वयंसेवक संघको भ्रातृ संगठनका अध्यक्ष रघुनन्दन शर्मा, शिव सेनाका प्रतिनिधि मास्टर थापा, ओमकार परिवारका वैदिक, शिख, जैन, बुद्धिस्ट आदि सम्प्रदायका धर्मगुरुलगायतको उपस्थिति हुनेछ ।

समितिका अध्यक्ष कर्णेल हेमबहादुर कार्कीले सम्मेलनमा हिन्दु धर्मभित्रका विकृति केलाउँदै बाहुनको मात्र भनिने हिन्दु धर्म, यसलाई नंग्याउने र भाँड्ने विषय, गाई काटेका घटना, धर्म परिवर्तन, संविधानमा धर्म निरपेक्षता लगायत विषयमा छलफल गरी धर्मगुरुहरूबाट निचोड निकालिने जानकारी दिए ।

कार्कीले भने, ‘यी सबैमा सरकारको भूमिका पनि खोजिनेछ भने ९४ प्रतिशत ओमकार परिवार र ८४ प्रतिशत हिन्दु भएको देश नेपाललाई पुनः हिन्दु अधिराज्य बनाउनेमा पनि व्यापक छलफल हुनेछ ।’ सम्मेलनमा नेपालबाट तीन र भारतबाट एउटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । सम्मेलनले निचोडका रूपमा धर्मसँग सम्बन्धित नीति निर्माणसम्मका विषयमा निष्कर्ष निकाल्ने कार्कीले बताए ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!