अन्तर्राष्ट्रिय समाचार

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष माथि ५ वर्षको प्रतिबन्ध

 एजेन्सी,  बुधबार, ३ कार्तिक, २०७३। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुदी माथि ५ वर्षको प्रतिबन्ध लगाएको छ। फिफाको अनुशासन कमिटीले उनी माथि फुटबल सम्बन्धी कुनै पनि गतिबिधिमा सहभागी हुन नपाउने गरी ५ वर्षको प्रतिबन्ध लगाउनुका साथै ८२००  पाउण्ड समेत जरिवाना सुनाएको छ।

फिफाको अनुशासन कमिटीले भनेको छ,‘माकुदीले विश्वकपको आयोजकको मतदान गर्नु पूर्व थाइल्याण्डको फुटबल एशोसिएसनलाई थाहा नदिएको तथा आर्थिक अनियमितता गरेका छन्। यसले फिफाको आर्टिकल १७ मिचेको देखिन्छ त्यसैले उनलाई जरिवाना सहित ५ वर्ष  कुनै फुटबल गतिबिधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।’

माकुदी सन् २०१०, २०१८ र २०२२ को विश्वकपको आयोजक चुन्नका लागि भएको मतदानमा मतदान गर्ने २२ जना सदस्य मध्ये एक हुन्। सो मतदाता मध्ये १० जना भ्रस्टचारको मुद्दामा परिसकेका छन्। यसमा फिफाका पूर्व अध्यक्षमा सेफ ब्लाटर र युरोपियन फुटबल एशोसियनका अध्यक्ष मिचेल प्लाटिनीसमेत परेका थिए। उनीहरुलाई फिफाको अनुशासन कमिटीले समान ८८ वर्षको प्रतिबन्ध लगाएको थियो।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!