अन्तर्राष्ट्रिय समाचारखेलकुद

लिओनल मेस्सीलाई म्यान्चेस्टर सिटी भित्र्याउन पेप ग्वार्डिओलाको अफर

एजेन्सी, कार्तिक ३। म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लियोनेल मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटीले उनलाई अनुबन्ध गर्न तयार रहेको बताएका छन् । कुनै दिन मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटी नै उनको पहिलो गन्तव्य हुने र ग्वार्डिओलाले उनलाई मनाउन सक्ने सिटीले विश्वास लिएको छ ।

बुधबार राती बार्सिलोनासँग च्याम्पियन्स लिगको खेलअघि बार्सिलोनाका पूर्व प्रशिक्षक रहिसकेका ग्वार्डिओलाले २९ वर्षीय मेस्सी नयाँ चुनौती सामना गर्न लालायित हुन सक्ने बताए । ‘म मेस्सीले यहीँ (बार्सिलोना)मा नै आफ्नो करियरको अन्त्य गरोस् भन्ने चाहन्छु,’ ग्वार्डिओलाले भने, ‘तर, उनी यहाँ छाडेर अन्त्य जानका लागि सोच्न पनि सक्छन् ।’

यसअघि स्पेनिस मिडियाले ग्वार्डिओलाले सिटीमा आएपछि बार्सिलोनाका कयौँ खेलाडीलाई क्लबमा भित्र्याउन खोजेको रिपोर्ट प्रकाशित गरेको थियो । जसलाई उनले खण्डन गरेका छन् ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!