हेल्थ टिप्स

बाडुल्की लाग्ने समस्याबाट छुटकारा पाउने उपायहरू

हामीलाई कहिले काँही बाडुल्की लाग्यो भने हामी हाम्रा आफन्त वा आफुलाई मन पराउने मान्छेले सम्झियो भन्छौँ । तर बाडुलीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन । बाडुल्की आउनु एक सामान्य समस्या हो । बाडुल्की लाग्नुको पछि वैज्ञानिक कारण अनुसार हाम्रो शरीरमा डायफ्राम खुम्चिनु हो । बाडुली सामान्यतया केही मिनेट रहन्छ र पछि आफैं ठीक पनि हुन्छ । तर कहिलेकाहीँ निक्कै बेरसम्म पनि लागिरहन सक्छ । बाडुली लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यस अवस्थामा केही सामान्य उपाय अपानई बाडुल्की लाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यदि यी उपाय अपनाउँदा पनि बाडुल्की लाग्ने समस्या निको नभएमा चिकित्सक कहाँ जाँच गराउन आवश्यक हुन्छ ।

यो पनि पढ्नुहोस्

बाडुल्की किन लाग्छ ?

पञ्चीकृत पञ्चमहाभूत भनेको के हो ?

मानव अंग वा आंगिक क्रिया सम्बन्धी लोकविश्वास

सफलता प्राप्त गर्न कुन राशीका मानिसले के पेशा गर्ने ?

१. पानीमा थोरै नून मिलाएर एक वा दुई घुट्की पिउनुहोस् । यसले बाडुल्की लाग्ने समस्याबाट तुरुन्त आराम मिल्छ ।

२. आफ्नो श्वासलाई लामोसम्म भित्र लिई केही सेकेण्डको लागि रोक्नुहोस् । यसले फोक्सोमा जमेको कार्बनडाइअक्साइड जब डायफ्रामबाट बाहिर निस्कन्छ तब बाडुल्की लाग्न बन्द हुन्छ ।

३. कागतीको सेवनले बाडुल्की लाग्ने समस्यालाई रोक्न सकिन्छ । जब तपाईलाई बाडुल्की लाग्छ तब कागतीको एक चम्मच रसमा एक चम्मच महको मिश्रण गरी सेवन गर्नुहोस् । यसको सेवनले बाडुल्की लाग्ने समस्या तुरुन्त निको हुन्छ ।

Like & Follow us on Facebook

४. एक चम्मच चिनीको सेवन पनि बाडुल्की रोक्नको लागि अचूक उपाय मानिन्छ ।

५. दुई वा तीन कालो मरिजको दानामा थोरै मिश्री मिलाउनुहोस् । अब यसलाई चपाएर रस चुस्नुहोस् । यो उपाय बाडुल्की रोक्नका लागि सबैभन्दा उपयोगी उपाय मध्य एक हो ।

६. सिरकाको खट्टो स्वाद बाडुल्की रोक्न निकै मद्दत गर्छ । जब बाडुल्की लाग्छ तब एक चम्मच सिरकाको सेवन गर्नुहोस् । जसले तुरुन्त बाडुल्की लाग्न बन्द हुन्छ ।

७. गर्धनमा आइस ब्याग राख्दा या भिजेको कपडा भिजाउँदा पनि बाडुल्की रोक्न मद्दत पुग्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!