राष्ट्रिय समाचार

२१ औं सुविसु क्यान इन्फोटेक भब्यताका साथ सम्पन्न

काठमाडौं, माघ १९ – सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले कम्प्युटर एसोसिएन नेपाल महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा संचालन भैरहेको २१ औं सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल” प्रदर्शनी भब्यताका साथ सम्पन्न भएको छ । गत माघ १४ गते उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्धघाटन गर्नु भएको इन्फोटेकको विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गर्नु भएको छ ।

यस पटकको इन्फोटेकको सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे, संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेका नेता झलनाथ खनाल, नेकपा एमाले केन्द्रिय कमिटी सचिव प्रदिप ज्ञवाली, राष्ट्रिय सूचना आयोगका प्रमुख कृष्णहरि वास्कोटा लगायतले अवलोकन गर्नु भएको छ ।
“सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल÷ईन्टेल बाई नियोटेरिक नेपाल” प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो ।

यस पटकको इन्फोटेक विगतको भन्दा विशेष आकर्षक र उल्लासमय बन्यो । मेलाको ३ लाख ३१ हजार १ जनाले अवलोकन गरेका छन । मेलाको अन्तिम दिन आज मात्रै ३९ हजार ५ सय ४५ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । इन्फोटेकमा लागेको अवलोकनकर्ताहरुको भिड र उहाँहरुले दिनुभएको अमुल्य सल्लाह, सुझाव तथा प्रतिक्रियाले हामीलाई थप हौसला र प्रोत्साहन मिलेको छ । इन्फोटेकमा सहभागि कम्पनीहरुले भित्र्याएको नयाँ प्रविधिहरुले हामीलाई थप ऊर्जा मिलेको छ ।

यस पटकको इन्फोटेकको शिर्ष प्रायोजक सुविसु केवलनेट, प्लाटिनम स्पोन्सर भायनेट, डायमण्ड स्पोन्सर सामसुङ, गोल्ड स्पोन्सरहरु वेभ सर्पmर र वल्र्ड लिङ्क, सिल्भर स्पोन्सरहरु कलर्स, हुुवाई, नेटिस र एसपावर रहेको थियो भने प्रिन्ट स्पोन्सरमा पानासोनिक स्मार्टफोन रहेको थियो । २१९ वटा स्टल रहेको प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायतका स्टलहरु रहेका थिए ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!