राष्ट्रिय समाचारसमाचार

 १५ औं आइसिटी सम्मेलन सम्पन्न

काठमाडौं, माघ १९ –   १५ औं आइसिटी सम्मेलन सम्पन्न । राजधानीमा सुरु भएको सूचना प्रविधि सम्वन्धी दुई दिने आइसिटी सम्मेलन सम्पन्न भएको छ । ‘विकासका लागि सूचना प्रविधि र सामाजिक रुपान्तरण’ भन्ने नारासहित कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा संचालन भएको १५ औं सम्मेलनमा IIM अहमदाबादका प्रा.डा.सुभाष भट्नाकर प्रमुखवक्ताको रुपमा रहनुभएको छ ।
चार सत्रमा संचालन भएको सम्मेलनमा ‘इमर्जिङ टेक्नोलोजी फर आइसिटी फोर डी’ र ‘ज्ञानमा आधारित उद्योग र रोजगारी’ विषयमा विषय विज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्नु भएको छ । ‘आइओटी सोसिओ इकोनोमिक प्रोस्पेक्ट’, ‘पब्लिक सर्भिस डेलिभरी र गभर्मेन्ट ट्रान्सफर्मेशन’, ‘पब्लिक सर्भिस डेलिभरी इन्साइट्स डेभ्लोपिङ कन्ट्रीज’ तथा ‘आइसिटीका लागि पेशागत सिप विकास’ विषयक कार्यपत्रहरु प्रस्तुत गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!