खानपान

खोर्सानीका फाइदाहरु

खुर्सानी पीरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन। पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ। खोर्सानीका धेरै फाइदाहरु छन ।

अलि साना खालका खुर्सानीमा झ्िने, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ । युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो। पीरो मन पराउनेका लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । खुर्सानी मुख्यतया डल्ले, गुलियो र पीरो गरी ३ प्रकारमा विभाजन गरिएको छ ।

तेह्रथुममा पछिल्लो समयमा अकबरे खोर्सानी खेती व्यावसायिक बन्दै गएकाले  किसानहरुले यस्तो उल्लेख्य आम्दानी गरेका हुन् । जिल्लामा अलैँची र अदुवापछि  बढी खेती गरिने नगदेबाली खोर्सानी हो । जिल्लामा उत्पादित अकबरे खुर्सानीको भारतीय बजारबाट समेत माग आउन थालेपछि किसान अझ उत्साहित बनेका छन् ।  केही वर्ष अघि देखि छिटपुट रुपमा खेती गर्दै आएका उनीहरुले आफुले उत्पादन गरेको खुर्सानी पुर्वी तराई र भारतको सिलगुढी, दार्जिलिङ तथा जोगवनी लगायतका बजारमा निर्यात हुन थाले पछि अहिले खेतीको क्षेत्रफललाई समेत बढाएका छन् । जसका कारण गाउँमा अकबरे खुर्सानीको खेती गर्ने लहर नै चल्न थालेको छ ।

खोर्सानीका फाइदाहरु:

chilli1

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!