खानपान

कागती

कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार बहुउपयोगी र गुणकारी फल हो । कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । कागतीमा भिटामिन ँबी’, थायमिन, राइबोफ्लाबिन, भिटामिन ँसी’, क्याल्सियम, फोस्फोरस, कार्बोहाइड्रेड, प्रोटिन,क्यालोरी, पोटासियम, म्याग्नेसियम आदि पोषक तत्त्वहरु पाइन्छ । चिसो मौसममा कागतीले रुघाखोकीबाट बचाउँछ । कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ ।

कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि बचाउँछ । कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउँछ । कागतीले ब्ल्डप्रेसर घटाउँछ, पाचन शक्ति बढाउँछ, राम्रो कोलेस्टेरोल बढाउँछ , भोक जगाउँछ र शरीरमा स्फूर्ति बढाउँछ  । यसमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । सधैं कागती खाने घरमा मानिस बिरामी हुँदैनन् भन्ने मान्यता पनि छ । ‘हट लेमन’ले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ । कागतीको रसले टाउको मालिस गर्दा टाउको दुखेको निको हुन्छ । कपालमा चाया परेको छ भने कागतीको रसले मालिस गर्दा चाया कम हुन्छ । वाकवाकी लागेको समयमा कागतीको टुक्रा काटेर चाट्नाले वाकवाकी कम हुन्छ । उच्च रक्तचाप भएका बिरामीले एक चम्चा कागती एक कप पानीमा मिसाएर खाने गर्नाले राम्रो हुन्छ । घाँटी दुख्दा वा रुघा लाग्दा उमालेको पानीमा कागती र मह मिसाएर पिउनाले बिमार निको हुन्छ । कागतीको रस पानीमा हालेर कुल्ला गर्नाले मुख गन्हाउने समस्या हट्छ । त्यस्तै मुखको घाउ र दाँतबाट रगत आउने निको हुन्छ।

औषधोपचार

  • दाद रोगमा

पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

  • घाँटी बसेमा

मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।

  • ओठ फुट्ने भएमा

दूधको तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।

  • दाद आएमा

हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

  • फियो बढेमा

कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।

  • अजीर्ण (खाएको नपच्ने) भएमा

छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

  • ढाड दुखेमा

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ ।

 औषधीयगुण

१. कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतिको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।

२. भात पकाउँदा कागतिको रस केही थोपा हाल्नाले चामल एक अर्कामा जोडिंदैन तथा चमकिलो भएर पाक्ने गर्दछ ।

 ३. डण्डिफोर हटाउँनकोलागि कागतिको रसमा मलाई मिलाएर एक महिना सम्म अनुहारमा लागाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो         हुन्छ ।

 ४. कागतिको रसमा मरिच धनिया तथा भुटेको जिरा मिलाएर सेवन गरेमा पेटको विकार हट्दछ ।

 ५. शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतिको रस मिलाएर लगाउनाले चिलाउँदैन ।

 ६. तरकारी दाल सलाद आदिमा कागतिको मिलाउनाले स्वाद बढ्ने गर्दछ ।

 ७. कागतिको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ । शरीरको मोटापा घटाउन कागती र मह मिलाएको         पानी नियमित रुपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ ।

८. कागतिमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यस्को सेवनबाट शरीरको मैटाबॉलिज्म बढ्न जने तथा वजन घट्ने हुन्छ । दैनिक        खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ ।

सौन्दर्य बढाउनको लागि

१. नरिवलको तेलमा कागतिको रस मिलाएर रातमा हल्का हातले लगाउने तथा विहान कपाल धुने गर्नाले कपालको “खुश्की” हट्दछ ।

२. कपाल धुने समयमा कागतिको केही थोपा पानीमा हालेर सो पानीबाट कपाल धुने गरेमा कपाल मुलायम हुने कपाल झर्न कम हुने तथा            खुश्की या चाया समेत कम हुन्छ ।

३. नरिवलको तेलमा कागतिको रस तथा कपुर लगाएर मालिस गर्नाले कपालमा हुने रोग रहन्न ।

४. विहान नुहाउनु भन्दा अगाडी कागतीको बोक्रा मुखमा लगाएर विस्तार विस्तार २-३ मिनेट मोलेर धुने लगातार १०-१५ दिनसम्म गर्नाले         मुख सफा हुने गर्दछ । यो बजारमा पाइने कुनै पनि प्रकारको ब्लिचिङ्ग क्रिम या ब्युटीपार्लरको ब्लिचभन्दा कम हुन्न ।

 ५. कागतीको रस र गुलावजल समान मात्रामा मिलाएर अनुहारमा लगाउँनाले केही दिनमै अनुहार बेदाग तथा छाला नरम र स्वच्छ हुन्छ ।

६. कागतीको रस र तुलसीको पातको रस समान मात्रामा मिलाएर कुनै काँचको भाँडामा राखेर दिनमा कमसेकम दुईपटक अनुहारमा                     लगाउँनाले यसमा रहने मैलो तथा अन्य प्रकारको निशाना समेत मेटिने गर्दछ ।

 ७. अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरको गुदीमा कागतीको रसको मिलाएर विहान वेलुका लगउने तथा केही समयपछी          धुनाले फाइदा गर्दछ ।

औषधीको रुपमा कागती

१. बदहजमी भएमा कागती काटेर चपाउँनाले या सानो टुक्रा काटेर कालो नुनको साथमा चुस्नाले फाइदा गर्दछ ।

२. जस्लाई भोक कम लाग्दछ तथा पेट दुखने सिकायत रहन्छ कागतिको टुक्रामा कालो या सिधेनुन लगाएर उस्लाई तावामा तताएर चुस्नाले    पेट दुखनमा आराम हुन्छ तथा भोकपनि खुलेर लाग्दछ ।

३. यदि चक्कर आइरहेको छ या उल्टी भै रहेको छ भने कागतिको एक टुक्रामा कालो नुन मरिच हालेर खानाले चक्कर आउँन छोड्दछ । बमन      रोकिन्छ ।

४. एक ग्लास पानिमा एउटा कागतिको रस निचोरेर त्यसमा चिनी पिंधेर पिउनाले हैजा रोकिन्छ ।

स्वास्थ्यको लागि

१. कागतिको शिकंजी, चीनी नहाली सिधेनुनको साथमा पिएमा कब्जियत रहन्न । स्कर्वी रोगमा कागतिको एकभाग रस तथा आठभाग पानि      हालेर दैनिक सेवन गर्नाले या कागतिको रसमा थोरै सक्खर मिलाएर यस्लाई तताएर सिरप बनाई यस्मा थोरै पानि हालेर पिउँने गरेमा            पित्तकोलागि यो अचुक औषधी बन्दछ ।

२. आधा कागतिको रसमा दुई चम्मच मह मिलाएर चाट्नाले तेज रुघाखोकीमा फाइदा पुग्दछ ।

३. कागतिको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ ।

४. उच्च रक्तचापका रोगिको रक्तवाहिनिमा यस्ले शक्ति प्रदान गर्दछ ।

५. एक कागतिको रसमा तीन चम्मच सक्खर, दुई चम्मच पानी घोलेर कपालको जरामा लगाएर एक घण्टा पश्चात सफा गर्नाले कपालमा            चायाँ रहन्न । कपालको मैलापनि सफाहुने गर्दछ । कपाल झर्नपनि रोकिन्छ । शैम्पु गरेपछी थोरै पानीमा कागतिको रस मिलाएर                  कपालमा लगाउँनाले कपाल चमकदार र मुलायम बन्दछ ।

६. शरीरको मोटापा हटाउँन विहान हल्का तातो पानीमा कागतिको रस हालेर नियमित सेवन गर्नाले मोटापा कम हुन्छ ।

७. मलेरिया तथा हैजा जस्तो विरामीकोलागि कागतिको पानी अत्यन्त फाइदाजनक हुन्छ । कागतिमा पिंधेको मरिचको धुलो हालेर पानी           पिएमा फाइदा गर्दछ । कागतिमा पिंधेको मरिच छर्केर केही तताएर चुसेमा फाइदा गर्दछ । यस्ले मलेरियाको जरोमा समेत फाइदा गर्दछ ।

८. कालो कोहनियों सफागर्न कागति दुई भागमा काटेर त्यसमा खानेसोडाको पाउडर हालेर कोहनियों मा रगड्नाले मैलो हटेर कुहिनो सफा            तथा मुलायम बन्दछ ।

९. कागतिको सेवनले सुखा रोग निको हुन्छ ।

१०. कागतिको बोक्रालाई पिंधेर त्यस्को लेप शिरमा लगाएमा माइग्रेन ठीक हुन्छ ।

 ११. कागतिको बीजलाई पिंधेर लगाउँनाले गंजापन रहन्न ।

१२. बहिरोपन भएमा कागतिको रसमा दालचिनीको तेल मिलाएर कानमा हाल्नाले फाइदा गर्दछ ।

१३. आधा कप गाजरको रसमा कागतिको रस मिलाएर पिउँनाले शरीरमा रगतको कमी रहन्न ।

कागती पानीको फाईदाहरु

हाम्रो स्वास्थ्याका लागि कागति पानीको सेवनबाट हुने केही मुख्य फाइदाहरु निम्नानुसार छन्ः

१. कागती पानीको शेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमताको वृद्धि विकास गर्न मद्दत गर्दछ। 
२. यसले क्षयरोग, मलेरिया आदि जस्ता रोगहरुबाट बच्न पनि मद्दत गर्दछ ।
३. यसले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रालाई व्यालेन्समा राख्न मद्दत गर्दछ ।
४. रगत शुद्धीकरण र रगतको गति प्रवाहलाई नियन्त्रण गर्दछ ।
५. उच्च रक्तचापलाई कम गर्न पनि मद्दत गर्दछ ।
६. यसले दम, एलर्जी आदिको लक्षणहरुबाट मुक्त गर्दछ ।
७. गर्भवतिको अवस्थामा यसले पेटभित्रको बच्चाको हाड जोर्नी बलियो बनाउन पनि मद्दत गर्दछ ।
८. कागतीमा अत्यधिक मात्रामा भिटामिन “सी” पाइने हुनाले यसको सेवनले मोटोपन       कम गर्न समेत मद्दत गर्दछ ।
९. कागती पानीको सेवनले पाचनशक्तिको क्षमता बृद्धिमा मद्दत गर्दछ ।
१०. कागती पानीको नियमित सेवनले तपाईको अनुहारको छालाको समस्यालाई कम गर्दछ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!