राष्ट्रिय समाचार

विज्ञान र प्रविधि क्षेत्रमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २५ कात्तिक । विज्ञान र प्रविधि क्षेत्रमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता ! प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा  आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण :  सम्भावना र चुनौती’ विषयको एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा विज्ञानको क्षेत्रमा बजेटको व्यवस्था नगरिएको सन्दर्भमा आफूले पूरक बजेट ल्याएर भए पनि यस क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।

प्रधानमन्त्री दाहालले संविधान जारी भइसकेको अवस्थामा त्यसलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयन गर्दै देशलाई आर्थिक र सामाजिकका साथै विज्ञान र प्रविधिको विकासतर्फ समेत मुलुकलाई उन्मुख गर्ने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले नेपालमा हरेक क्षेत्रमा विकासका सम्भावना विद्यमान रहेको बताउँदै त्यसलाई उजिल्याउन असल राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेपालको  स्रोत साधन र जनशक्तिको उचित प्रयोग नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले  अब आफ्नै स्रोत साधनबाट स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो । व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले रोजगारीका लागि युवालाई विदेश पठाउनेभन्दा पनि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!