हेल्थ टिप्स

राती सुत्नुभन्दा अघि गरेका यी गल्तीले बढ्नेछ तौल

एजेन्सी । राती सुत्नुभन्दा अघि गरेका यी गल्तीले बढ्नेछ तौल  राती सुत्नुभन्दा पहिले गरिने केही गल्तीले हाम्रो तौल बढ्ने गर्छ । आज त्यही गल्तीबारे हामी जानकारी दिँदै छौं ।

धेरै पानी पिउनु

सुत्नुभन्दा पहिले आवश्यकभन्दा बढि पानी पिउँदा पटक–पटक बाथरुम जानुपर्ने हुन्छ जसले निन्द्र खल्बलाउँछ । यस्तो हुँदा तौल बढ्दै जान्छ ।

बत्ती बालेर सुत्ने

राती बत्ती बालेर सुत्दा मेलाटनिन हर्मोन कम बन्ने गर्दछ । यसले निन्द्रा कम लाग्छ र तौल बढ्छ ।

राती अबेरसम्म बस्नु 

राती कम्तीमा पनि ७ घण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईंको तौल बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ । यसले तौलमा समस्या निम्त्याउँछ ।

गलत कपडा

राती सुत्दा लगाउने पहिरन यदि सजिलो छैन भने मज्जाले निन्द्रा लाग्दैन । यसले तौल बढाउने हर्मोनलाई सक्रिय बनाउँछ ।

गलत तापक्रम

सुत्नेबेला रुमको तापक्रम तातो हुँदा बोसो पगाल्ने हर्मोनको स्तरमा कमी आउँछ । यस्तो अवस्थामा तौल बढ्ने गर्दछ । कोठाको तापक्रम चिसो राख्नुहोस् ।

कफी पिउनु

राती सुत्नुभन्दा पहिले कफी पिउँदा यसमा पाइने क्याफेनले दिमागलाई एक्टिभ बनाउँछ । यसले समयमा नै निन्द्रा लाग्न रोक्छ जसले तौल बढ्छ ।

व्यायाम

राती सुत्नुभन्दा पहिले व्यायाम गर्दा निन्द्रा लाग्ने मेलाटनिन हर्मोन कम बन्ने गर्दछ । राती व्यायाम नै गर्नु छ भने सुत्नुभन्दा १ घण्टा पहिले गर्नुहोस् ।

हाई क्यालोरी फुड

भात, आलू र गुलियो खानेकुरामा क्यालोरी निकै धेरै हुन्छ । यदि राती सुत्नुभन्दा पहिले यसको सेवन धेरै गर्नुहुन्छ भने तपाईंको तौल तीब्र रुपमा बढ्ने गर्दछ ।

खाने समय

खानेबत्तिकै सुत्नुभयो भने खाना ट्राइग्लिसराइड्समा परिवर्तन हुन्छ । यसले तौल बढ्न थाल्छ ।

रक्सी पिउनुः

त्नुभन्दा पहिले रक्सी पिउँदा कार्टिसोल नामक स्ट्रेस हर्मोन बन्न थाल्छ । यसले निन्द्रा नलाग्ने हुँदा तपाईंको तौल बढ्ने गर्दछ ।

यो पनि पढ्नुहोस् 

राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु

बिरालोले राती कसरी आँखा देख्छ त ?

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

चमेरो कसरी नठोक्कीकन अँध्यारो बाङो-टिङो गुफाभित्र पनि सजिलै उड्न सक्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!