मुख्य समाचार

भोली चैत २० गते विहान ११ बजे शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गर्ने

१९ चैत, काठमाण्डाै । भोली चैत २० गतेका दिन शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले पुरानो विज्ञान र प्रविधि मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्ने भएको छ । हिमालयन ज्ञान सत्सङ्ग भेला : चौथो ग्य्राजुयट वातावरण र दिगो विकास सम्मेलनको विषयमा जानकारी गराउन विहान ११ बजे पत्रकार सम्मेलन हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि विभागको संयोजन एवं नेपाल सरकार शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको सहयोगमा आयोजित वातावरण र दीगो विकास विषयक Himalayan Knowledge Conclave हिमालयन ज्ञान सत्सङ्ग : चौथो ग्य्राजुयट सम्मेलन आगामी २०७४ चैत २२ र २३ (सन् २०१८ अप्रिल ५ र ६ तारिख) का दिन आयोजना हुँदैछ । सम्मेलनको प्रमुख विषय “प्रकृति, विज्ञान र समाज” रहेको छ । ललितपुर पुलचोकस्थित होटल हिमालयमा आयोजना हुने उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!