विचार-विश्‍लेषण

दशैंमा पिङ किन खेलिन्छ ?

दशैंमा पिङ किन खेलिन्छ ? बडादशैं नेपालीहरुको महान चाड हो । राष्ट्रिय चाड बडादशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म मनाउने गर्छन् । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

नेपालीहरूले दशैंको बेलामा पिङ बनाउने र खेल्ने गर्छन् । पिङ प्राय दसैँ र तिहारमा खेल्ने गरिन्छ । पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स-साना पिङ खेल्ने ठाउँहरु । काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरुमा दशैंमा पिङ लगाउने प्रचलन अझै पनि छँदैछ । पिङको मज्जा लिन भने बालबालिकादेखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्दैनन् । गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दशैंका बेला लिंगे पिङ हाल्ने चलन हुन्छ

नेपाली परिवेशमा परम्परा र चालचलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँ ठाउँमा युवाहरुको समूहहरु बनाएर पिङ हाल्ने गरिन्छ  । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । विजया दशमीको दिन एक क्षण मात्र भएपनि पिङ खेल्नुपर्छ भन्ने विश्वास रहेको छ । जे भएपनि वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन हो ।

दशैंमा मनोरञ्जन गर्ने अनेक विधी र तरिकाहरुमध्ये परम्परागत तरिका हो, लिङ्गे पिङ । टिका थापिसकेपछि सबैजसो पिङमा मच्चिएर मनोरञ्जन गर्न हतारिन्छन् । पिङ एक रोमाञ्चक अनुभव पनि हो । पिङ खेल्नुको सम्बन्ध मनोरञ्जनका साथै हाम्रो शारीरिक स्वास्थ्यसँग पनि जोडिएको छ । दशैंमा पिङ खेल्दा केही शारीरिक लाभ मिल्छ । दशैंलाई हामी मिठो मसिनो खाने चाड भन्छौं । खासगरी मासुजन्य परिकार खाने चाड । यसरी खानाको मात्रा बढ्दा त्यसले स्वभाविक रुपमा हामो पाचन यन्त्रलाई असर गर्छ । मासुजन्य परिकार वा चिल्लो-चाप्लो परिकार पचाउनै गाह्रो हुन्छ । यस्तो अवस्थामा लिङ्गे पिङ खेल्नुको खास फाइदा छ । यस क्रममा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ । यसरी लिङ्गे पिङको सम्बन्ध पेटको स्वास्थ्यसँग पनि जोडिएको छ । त्यसैले दशैंमा परम्परा धान्नका लागि मात्र होइन, तन्दुरुस्ती र रोमाञ्चकताका लागि पनि लिङ्गे पिङ खेल्नुपर्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

ऋषि पञ्चमीमा कर्कलो किन खाइन्छ ?

ऋषि पञ्चमीमा दतिवनको प्रयोग किन गरिन्छ ?

भगवानलाई किन चढाइन्छ नरिवल ?

शास्त्र अनुसार अगरबत्ती मुखले फुकेर निभाउनु हुँदैन किन ?

सूर्यास्तका समयमा किन भुलेर पनि सुत्नुहुदैन ? यस्तो छ वैज्ञानिक कारण

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!