स्वास्थ्य

रूघा र यसको प्रभावकारी उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मौसम परिवर्तनसँगै रुघा देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । बिश्वमा शायद नै कोहि ब्यक्ति यस्तो होला, जो आफ्नो जीवनमा कहिले पनि रुघाबाट पीडित नभएको होला । रुघा बिश्वमा सबैभन्दा बढि हुने संक्रामक रोगमध्ये एक हो ।

बर्षमा एक-दुई पटक धेरैजसोलाई रुघा लागेकै हुन्छ । प्राय: रुघालाई हामी साधारण सम्झेर बढी ध्यान दिंदैनौ । सामान्य रोग मानिए तापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ । रुघालाई अंग्रेजी भाषामा कमन कोल्ड भनिन्छ ।

कारणहरु

१. सय कडौ प्रकारका वायरस छन्, जसमध्ये रानो वायरसको संक्रमणबाट रुघा लाग्ने गर्दछ । धुलो, धुवाँ, प्रदुषण, बदलिंदो मौसम इत्यादिबाट एलर्जीका कारण रूघा लाग्ने गर्दछ ।

लक्षणहरु

१. चिसो लाग्नु र हाँक्छ्यु आउनु ।

२.आखाँ रसाउनु तथा नाकबाट पानी बग्नु ।

३.टाउको भारी हुनु , दुख्नु । नाक बन्द हुनु ।

४.हाँछ्यु आउनु ।

८. टाउको दुख्नु, जिउ दुख्नु, कहिले काही हल्का ज्वरो आउनु ।

रुघा सर्ने तरिका

रुघाबाट पीडित ब्यक्तिले हाँक्छ्यु गर्दा या खोक्दा वायरसयुक्त खकारको सा-सानो थोपा (ड्रपलेट) भुईमा खस्दछ र वातावरणमा फैलिन्छ । स्वस्थ्य ब्यक्तिद्वारा श्वास फेर्दा मुखको माध्यमले एवं नाकको सिंगानबाट एक-अर्कामा रुघा फैलिन्छ ।

रूघाबाट कसरी बच्ने बचाउने उपायहरु

१. बराबर हातधुनु, ब्यक्तिगत सर-सफाईमा ध्यान दिनु रुघाबाट बच्ने उत्तम उपाय मानिन्छ ।

२. मुखमा मास्क लगाउनु ।

३. भिडभाड हुने ठाउँ जस्तै- सिनेमा हल, आमसभा, मेला आदिमा नाजाने ।

४. अन्य ब्यक्तिहरुमा संक्रमण नहोस् भनेर हछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिश्युपेपरको प्रयोग गर्ने ।

उपचार

रूघाको उपचार एलोपैथिकमा छैन भन्दा हुन्छ तर आयुर्वेदिक र होम्योपैथीकमा सटिक उपचार छ । आउनुस उपचार गरेर फाइदा उठाउ ।

१. चित्रक हरितकी १ चमच दिनमा ३ पटक गरम पानी सित खानुहोस् ।

२. पुननर्वाको जराको चूर्ण ३ ग्राम, दुध २५० ग्रा,पानी २५० ग्राम जति मिलाएर पकाउने दूध मात्र बाकी भएपछि मिश्री २० ग्राम जति मिलाएर पिउनाले रघा छुमन्त्र हुनेछ ।

३. Silicea १२x को ४,४ गोली औषधि दिनमा चार पटक खानुस ठिक हुन्छ यो औषधि होम्योपैथीक हो ।

४. चार चमच जति खुकुरी रममा एक चमच सुद्ध मह राख्ने र हल्का सहदो गरम पानी एक गीलासमा मिलाएर साझ खाने रूघा निको हुन्छ ।

नोट : रूघा सन्चो नभएमा डाक्टरको परामर्शमा उपचार गराउने । मैले माथि दिएका फर्मुला हजारौं पटक परिक्षण गरेर लाभ उठाएका छन् । तल्लो ३ नम्बरको औषधी भने जाँड रक्सी खानेहरूको रूघा निको गराउन प्रयोग भएको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

बाथ रोग र यसको उपचार

दमको रोग हुनुको कारण र घरेलु उपचार

मानिसको सवैभन्दा ठूलो शत्रु कब्जियतको घरेलु उपचार

चायाँबाट बच्ने उपाय र यसको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!