स्वास्थ्य

बाथ रोग र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धेरैजसो जोर्नी दुख्ने रोगलाई बाथ भन्ने चलन छ । यो रोगको सहि उपचार नहुनाले मानिस पिडा सहेर बस्न बाध्य भएका छन् । आज मैले बाथ रोगको सफल उपचार बारे प्रकाश पार्नेछु । के बाथ रोग जोर्नीको दुखाईलाई मात्र भनिन्छ त ? बाथ रोग किन हुन्छ ? बाथ रोगका लक्षणहरु के-के हुन् ? कसले र कहाँ यसको उपचार गर्ने ? जस्ता जिज्ञासा सबैको मनमा उब्जिन्छ ।

बाथ रोग जोर्नी दुख्ने मात्र नभई अन्य रोगको लक्षणका रुपमा पनि देखा पर्छ । कहिलेकाहीँ एक्लो रोगका रुपमा पनि बाथरोग देखा पर्न सक्छ भने कहिलेकाँही अन्य रोगसँग मिसिएर पनि देखिन्छ । बाथ रोग नसर्ने प्रकृतिको दीर्घ रोग हो। यो रोगको औषधि बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन सक्छ ।

धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भएजस्तो हुने तर औषधि सेवन गर्न छाडेपछि फेरि बल्झने खालका हुन्छन् । समयमा उपचार नपाउँदा बाथरोग मृत्युको कारण पनि बन्न सक्छ । साधारणतया बाथरोगहरु रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) का कारण हुन्छन्।

साधारण रुपमा हामी सबैलाई ढाड दुखेकै हुन्छ । बुढापाका मानिसलाई उमेरका कारण, कामका कारण हड्डी खिइएर ढाड दुखेको पाइन्छ तर बाथरोगका कारण हुने ढाड दुखाई अलि भिन्न किसिमको हुन्छ । ढाड दुखाई राति बढी हुन्छ र दुखेर निद्राबाट उठ्नुपर्ने र ओल्टेकोल्टे फेर्न समेत नसकिने हुन्छ ।

बिहान उठ्ने बित्तिकै कक्रक्क परेर हलचल गर्न समेत गाह्रो हुन्छ । केहीबेर तन्काएपछि र काम तथा कसरत गर्न थालेपछि मात्र दुखाइ कम हुन्छ । यस किसिमका दुखाइमा काम, कसरत र दुखाई कम गर्ने औषधि सेवन गरेपछि बिरामीले राहत महसुस गर्छन् । बाथरोगको समयमै निदान, निरुपण र उपचार नभएमा रोग जटिल अवस्थामा पुग्छ र बिरामी चलमल गर्न नसक्ने भएर थला पर्छन् ।

यस्ता रोगको उपचार गर्दा गर्दा ठिक नएका अनेकौं रोगी हामीले देखेका छौं । यो रोग दिर्घकालिन रोगको रूपमा हेरेको पाइन्छ । लाखौं खर्चेर पनि ठिक नहुनु दुखको कुरा हो । एलोपैथिकमा यस्को उपचार भएको तर क्षणिक ठिक भएपनि पछि औषधि खान छोडेपछि पुन भएको देखिन्छ । यस्ता रोगको उपचार यो औषधिबाट गर्नुभएमा सन्चो हुनेछ ।

उपचार

१. छायामा सुकाएको हर्रो २५० ग्राम,सिधेनु २५० ग्राम,गाइको घिउ जम्मा गर्नुहोस् । सुकाएको हर्रोलाई मसिनो गरी पिस्नुहोस् । पहिले घिउलाई तताउनुहोस् । तातेको घीउमा माथिको दुवै औषधि राखेर पकाउनुस । हलुवा जस्तो भएपछि उतारेर राख्नुहोस् ।

मात्रा : ६ ग्राम जति विहान बेलुका खान दिनुस हल्का पेट सफा हुदै जान्छ । यो औषधि अनुभुत योगबाट लिइएको छ ।

नोट: समस्या जटिल भएमा यो औषधि ले ढिलो हुन सक्छ । हर्रोलाई फलामको भाडामा नपकाउने नकुट्ने भनेको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मुटु रोगको कारण र यस सम्वन्धी चेतना

चक्कर लाग्नुको कारणहरु र निदानको लागि सुत्रहरु

डेंगु वारेमा अनुसन्धानात्मक जानकारी

दमको रोगीले के खाने के नखाने ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!