सम्पादकीयसूचना प्रविधि

के हो प्रविधि ? 

Gopal Bhandari
गोपाल भण्डारी

भनिन्छ बिज्ञान एउटा अतृप्त आत्मा हो । मान्छे तृप्त भएको भए आविष्कारहरु हुने थिएनन । प्रविधि  भनेको अतृप्त मनहरुले उब्जाएको आविष्कार हो । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्वन्धीत अध्ययन अथवा विज्ञानको समूह हो । आदिमकालदेखि नैं मानवले प्रविधिको प्रयोग गर्दै आएको थियो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जुन देशहरु प्राविधिक हिसावले शक्तिशाली छन् तिनीहरू नै सामरिक र आर्थिकले हिसावमा शक्तिशाली र अरुभन्दा सक्षम पनि छन् ।

आजको युग भनेको प्रविधिको युग हो । समयानुकूल प्रविधिको विकास तथा उपभोग गर्ने देशहरूको शैक्षिक लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा पनि प्रगति भएको देखिन्छ । विकसित मुलुक र विकासशील राष्ट्रबीच प्रविधिको उपयोगको अवस्था ज्यादै भिन्न देखिन्छ । व्यवस्थापकीय प्रणालीमा सुधार ल्याउन, सक्षम तथा दक्ष जनशक्तिको उत्पादन गर्न, सूचना र सञ्चार प्रविधिमा पहुँच हुने र नहुने बीचको खाडल कम गर्न र निरन्तर तथा जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्न सूचना र प्रविधिको उपयोग हुनु जरुरी भएको छ । प्रविधिको उपयोगले विश्वलाई साँघुर्याउदै लगेर एउटा भूमण्डलीय ग्रामका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!