हेल्थ टिप्स

चिसो पानीले नुहाउँदा हुने फाइदाहरु

आजकल गर्मी शुरु भई सकेको छ । अझ तराईमा त गर्मीको समयमा दैनिक नुहाउनुपर्छ । सामान्यतया गर्मीको मौसममा मानिसले चिसो पानीको प्रयोग धेरै गर्छन । सूर्यबाट आउने तातो किरणले गर्मी बनाउँछ । गर्मीको समय सुख्खा हुने तथा हावाहुरी चल्ने समय हो । गर्मीको समयमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु बढी देखिन्छन् । मौसम परिवर्तन भएको कारण रुघाखोकी, ज्वोरो जस्ता समस्या देखिने भएपनि गर्मीको समयमा धेरै किसिमका स्वास्थ्य समस्या आउने गर्छन् । निरन्तर चलिरहने प्राकृतिक मौसम परिवर्तन भएअनुसार आफूले आफूलाई पनि अलर्ट राख्नुपर्छ । गर्मी मौसममा प्रायः सबै मानिसहरुलाई चिसो पानीले नुहाउन मनपर्छ । चिसो पानीले नुहाउँदा हुने फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

फ्रिजमा राखेको चिसो पानी पिउँदा स्वास्थ्यमा पर्ने असरहरु

तातो पानी पिउने कि चिसो ?

पानीको कमिले शरीरमा देखिने समस्याहरु

माटोको भाडामा राखेको पानी पिउनुका फाइदाहरु

पानी र यसको महत्व

पानीबाट रोगहरुको उपचार चिकित्सा विधि

पानी कम हुँदा निम्तने ९ समस्याहरु

१. चिसो पानीले शरीरलाई शीतलता प्रदान गर्नुका साथै हाम्रो शरीरलाई सफा राख्नमा मद्दत गर्छ ।

२. चिसो पानीले नुहाउँदा हाम्रो शरीरका साथै मस्तिष्कलाई ठन्डा बनाएर तनाव हटाउन मद्दत गर्छ ।

३. चिसो पानीले नुहाउँदा हाम्रो शरीरमा रहेको किटाणु, धुलो, फोहोर पदार्थ तथा यूरिक एसिडलाई हटाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरियाहरुलाई हटाउन मद्दत गर्दछ ।

४. चिसो पानीले नुहाउँदा हाम्रो शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।

Like & Follow us on Facebook

५. चिसो पानीले थकान कम गरेर शरीरलाई फूर्तिलो बनाउँछ र यसले शरीरमा रोगसंग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

६. चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ र यसले हाम्रो पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।

७. चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!