खानपान

तरकारीको रुपमा भान्टा खानुका फाइदाहरु

भान्टा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो । भान्टाको तरकारी धेरैलाई मनपर्छ । यसलाई अर्को शब्दमा बैगन पनि भनिन्छ । भान्टामा विभिन्न थरीका भिटामिनहरु र खनीजतत्वहरु पाइन्छ । भान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम लगायतका तत्व पाइन्छन् । तरकारीको रुपमा भान्टा खानुका फाइदाहरु नंम अनुसार छन्।

यो पनि पढ्नुहोस्

कुरिलो खानुका फाइदाहरु

गुन्द्रुक खानुका फाइदाहरु

फर्सीको मुन्टा खानुका फाइदाहरू

हरियो खुर्सानी खानुका फाइदाहरू

गोलभेडाका फाइदाहरू

चना र यसका फाइदाहरू

फाइदाहरु

१. तौल नियन्त्रण

भान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ । यदि तपाईलाई आफ्नो तौल नियन्त्रण गर्नुछ भने भान्टा खाने गर्नुहोस तपाइलाई लाभ मिल्छ ।

२. दिमागलाई स्वास्थ्य बनाउँछ

भन्टामा पाइने फाइटोन्युट्रियन्टले दिमागको सेल मेम्ब्रेनलाई सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पुर्याउन सहयोग गर्छ । जसले गर्दा मानिसको स्मरणशक्ति पनि बढ्ने गर्छ ।

३. मधुमेह नियन्त्रण

यसमा पाइने फाइबरले हाम्रो ब्लड सुगरलाई नियन्त्रण गर्छ । त्यसैले मधुमेह रोगीले भान्टा खाने गरेमा मधुमेह नियन्त्रणमा आउने गर्छ । यसले ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ ।

४. मुटुरोग लाग्नबाट बचाउँछ

भन्टाको नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।

५. पाचनप्रक्रियामा सहयोग गर्छ

यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुका साथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ ।

Like & Follow us on Facebook

६. धुम्रपान हटाउँछ

भान्टामा अलिकति मात्रामा निकोटिन पाइन्छ । यसले गर्दा हरेक दिन भान्टा खाने गरेमा धुम्रपानको लत हट्न मद्धत पुग्छ ।

७. एन्टिअक्सिडेन्ट प्रदान गर्छ

फ्याभोनाइड पनि अत्यधिक मात्रामा पाइने भान्टाले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गर्छ । एन्थोसाएनिन, फ्योभोसाइडजस्ता तत्व पाइने भएकाले शरीरका रक्तनलीलाई तन्दुरुस्त राख्ने काम पनि गर्छ ।

८. एनिमियाबाट बचाउँछ

भान्टाको सेवनले शरीरलाई निकै फाइदा गर्छ । यसले हड्डि बलियो बनाउनुका साथै एनिमियाबाट बचाउँछ ।

९. क्यान्सरबाट जोगाउछ

भान्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउने काम गर्छ । पोेलिफिनोलहरुले क्यान्सरको कोषीकालाई मार्ने तथा बिषाक्त कोषीका नष्ट गर्ने कमा गर्छ ।

नोट : भान्टा कहिल्यै पनि काँचै खानु हुँदैन किनभने यसमा उपलब्ध अल्कोलाइड सोलानीन शरीरका लागि विषाक्ति मानिन्छ । जसले टाउको तथा पेट दुख्ने समस्या सिर्जना गराउँछ । राम्रोसित पकाउँदा यो विषाक्ति निविषीकरण भएर जान्छ । भाव्य सेवन प्रयोजनका लागि खरीद गर्दा कसिलो एवं ताजा मुलायम अनि चम्किलो बोक्रा भएको हुनुपर्छ । जसमा कुनै किसिमको दाग खत नहोस् । रंग बिग्रिएको दाग खत भएको बोक्रा भएका भान्टाहरु प्रायः जसो क्षतिग्रस्त एवं सडे गलेका हुन सक्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!