साहित्य-कला

खतरामा

टंक बहादुर कार्की
टंक बहादुर कार्की

खतरामा

न हिन्दु र बौद्ध खतरामा छन,
न क्रिश्चियन र मुसलमान खतरामा छन।
यहाँ त धर्म र अनुशासनमा चल्ने
मानिस खतरामा छन ॥

यहाँ न राम खतरामा छ ,
न रहमान खतरामा छ ।
यहाँ त नेपाली-नेपाली वीचको
भाईचारा खतरामा छ ॥

न कुरान र वाइवल खतरामा छन ,
न त वेद र गीता खतरामा छन्।
धर्मका विदेशी तथा स्वदेशी दलालहरुको कारण
आज यी किताबका ज्ञान खतरामा छन ॥

न मस्जिद र चर्च खतरामा छन,
न त मंदिर र गुम्बा खतरामा छन।
पैसासँग धर्म साट्ने नौटङ्किहरुका कारण,
आज यिनको अस्तित्व खतरामा छ ॥

न ईद र ल्होसार खतरामा छन,
न दसैं र तिहार खतरामा छन।
विदेशीको नजर लागेको कारण
हाम्रो आपसी सद्भाव खतरामा छ॥

न दलित र जनजाति खतरामा छन्,
न त क्षत्री, ब्राह्मण र मधेसी नै छन।
जनतालाई भड्काउने देशद्रोहीका कारण
आज हामी सम्पूर्ण नेपाली खतरामा छौ॥

न त तराई खतरामा छ,
न त हिमाल र पहाड छन।
स्वार्थी र अयोग्य नेताको कारण
आज नेपाल खतरामा छ ॥

न गणतन्त्र र स्वतन्त्रता खतरामा छन
न त संघीयता र जातियता नै छन ।
राष्ट्रिय एकताको अभावको कारण
आज नेपालको राष्ट्रियता धरापमा छ॥

जाति, धर्म, प्रदेश अनि राजनीतिको
चश्मा त खोलेर हेरौं साथीहरु,
आपसी फुट र असमझदारीको कारण
अब त हाम्रो सिङ्गो देश नेपाल खतरामा छ॥

धेरै सुनियो झुठो भाषण अनि खोक्रो देशभक्ति
एकढिक्का बनौ, शक्तिशाली हौं ॥
हिन्दू, बौद्ध, मुस्लिम र इसाई बन्नुभन्दा पहिले
एउटा सभ्य र चेतनशील मान्छे त बनौं ॥

कुनै पार्टीको कार्यकर्ता बन्नुभन्दा
एउटा सच्चा नेपाली जनता बन्ने गरौं ॥
पार्टीको छुट्टाछुट्टै झन्डा बोक्नु भन्दा
सबैले मिलेर एउटै राष्ट्रिय झन्डा बोक्ने गरौँ ॥

बास्तबमा न भारत शत्रु हो, न त चिन हो
न त फेरि अरु बाहिरी मुलुक नै हुन् ।
हाम्रो वास्तविक शत्रु हामीभित्र लुकेर बसेको
विखण्डनकारी सोच हो,
विदेशी परनिर्भरता हो,
आपसी फुट हो,
जातीयता र संघीयता हुन् ,
भारतको खुट्टा मिच्ने देशद्रोहीहरु हुन् ,
सत्ता र कुर्सीको पछाडि दौडिने,
नेता र सरकार हो।
एकअर्कामा लड्ने हाम्रो कुसंस्कार हो।
व्यक्तिगत स्वार्थ हो,
कुरा ठुला काम साना गर्ने
खोक्रो राष्ट्रियता हो ॥

” संसार वदल्नु छ भने सुरुवात आफैंबाट गर्नुस् ” ॥

यो सन्देश सम्पुर्ण ३ करोड नेपाली माझ सबैमा सकारात्मक परिवर्तनको आशा सहित राख्दछु । धन्यवाद !

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!