संसारलाई नेपालको नक्सा दिने हो

नेपाल
शोभा खतिवडा काफ्ले
– शोभा खतिवडा काफ्ले

 

 

 

 

 

 

 

“अव त यो देश नेपाली जनताको मात्र हो ”

भाषा र भेष पनि अव त नेपालीको मात्रै हो !!

संसार हेर्न आउने विश्वका हरेक जनतालाई

सम्बृद्द नेपालको एउटा नक्सा पो त दिने हो !! १

 

अव छातीमा यो देशको नक्सा हामी कोरौँ;

अव शिरमा हाम्रो यो सगरमाथालाई सजाऊँ !!

यी हिमाल ,पाहाड र हाम्रो तराईको भूमिलाई ;

नेपालीको सिड्गो एउटा शान र मान बनाऊँ!! २

 

युवाहरुले आफ्नो ज्ञान र श्रमलाई यहाँ पोखुन् ;

राष्ट्रले युवालाई हरपल अव जतन् राम्रो गरोस् ;

अग्रजहरुको सल्लाहमा यो हाम्रो प्यारो देशलाई

विश्वसितै विकासका पाइला युवाहरुले हाँकुन् !! ३

 

सत्तामा बस्नेहरुलाई अव हाम्रो खवरदार छ है;

यो देश देशका हरेक हामी नेपालीको पनि हो!!

कि त हामीलाई गाँस,बास र कपास पूरा देऊ ;

हैन भने तिमीहरु सत्तामा कैले जाँदै नजाऊ !! ४

 

के यो देश कसैको माँगेर खाने भाँडो पो हो कि?

कि संसार घुमाउने बुलेट प्रुफ रेल ;बस हो यो ?

कि पाँचतारे होटलको आराम गर्ने सयन कक्ष हो ?

कि कसैलाई धर्तिमा झरेको सुन्दर श्वर्ग मात्र हो ? ५

 

यो देशको महिमा हामी अव छिट्टै बुझ्ने कोशिष गरौँ

हिरा र मोतीका यहाँ खानी छन् यो कुरा हामी बुझौँ;

ग्यास ;खनिज देशको गर्भ भरि लुकेका प्रसस्त छन्;

पानीमा यो देश बोक्ने शक्ति कति लुकेका पो छन् !! ६

 

सुधांशु जोशी र उषा पौडेलबीच विवाह हुने

सुधांशु जोशी र उषा पौडेलबीच विवाह हुने

कार्तिक ४, २०७३। पछिल्लो समय अमेरिकामा रहदै आएका अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल बीच लगनगाँठो कसिने भएको छ ।

न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार उनीहरुको तीन हप्ता अघि ईन्गेन्जमेन्ट सम्पन्न भएको हो भने विवाह चाँहि आउँदो नोभेम्बर २४ तारिख अर्थात मंसिर ९ गतेका दिन हुने पक्का भएको छ ।

सामान्य भेट घाट पश्चात उषा र सुधांशुले एक अर्कालाई मन पराएका थिए र सोही अनुसार उनीहरुले विहे गर्ने निर्णय गरेको बताईएको छ । कुनै समय राम्रै चर्चा बटुलेका सुधांशु अमेरिकामा हराएको लामै समय भईसकेको छ भने उषा पौडेल अमेरिका छिरेको चाँहि धेरै भएको छैन् ।

पहिलो विवाह असफल भएपछि एकल जिवन विताईरहेका सुधांशुलाई उनका नजिकका फिल्मकर्मी साथीभाईहरुले उषासंग विवाह गर्ने सल्लाह दिएपछि यी दुईको विवाह हुन लागेको हो ।

साभार : न्यूज फिल्मी डट कम

जननी तिमीमा

नेपाल

शोभा खतिवडा काफ्ले

 

 

 

 

 

– शोभा खतिवडा काफ्ले

 

यो मेरो देशको माटोलाई

मुटुको रगतले मुछेर !

यो देशको दु:ख र पिडालाई

यहि देशको पानीले धोएर !!

 

म बीऊ यहाँ छर्न थालेँ है

प्रगति उन्नति पथको !

म यहाँ अव उम्रन थालेँ है

एक शुभ बिरुवा असल जातको !!

 

हत्केला मेरा यी हर पल नै

सत्कर्म गर्नलाई लागुन है !

यो मेरो देशको माँटोमा

असल एक बिरुवा रोपुन है !!

 

यी हाम्रा असल मनहरुमा

मायाँ र पिरति छरेर !

यो प्यारो देशका खातिर नै

असल कर्म हामीले गरेर !!

 

म हरेक नेपाली जनमा

हितैको मित्र पो बनौ की !

मनको यो शुभ भावलाई

हर पल यो देशमा छरौँ की !!

 

यी मेरा आफन्त सारालाई

ईष्ट र मित्र साथी भाइलाई !

स्नेहिजन सन्तान जतिलाई

गाउँ घर छिमेकी हर जनलाई !!

 

यो मनको सुन्दर यो महलमा

मनैको महल म थपौँ कि !

यो मनको महल भरि नै म

हृदयको असल भाव सजाऊँ कि !!

 

मेरा यी जीवनका हर शुभ कर्म

मेरो यो भूमिलाई चढाउँ कि !

म मेरो जन्मको यो ऋण

जन्म भूमिलाई नै तिरौँ कि !!

 

न्याउलीको भाका;बुझ्ला र कस्ले ?

शोभा खतिवडा काफ्ले

 

 

 

 

 

-शोभा खतिवडा काफ्ले

हे बनकी चरी न्याउली बनी तिमीले कुन गित पो हौ गाएकी ?

तिम्रो त्यो मनको बिरहको ब्यथा नि कस्लाई पो हौ सुनाकी ?

मनका यी भाखा कोइलीका जस्ता नगाइदेऊ रुन्छ है यो मन!

यो तिम्रो यस्तो मायालु रुपले यो हृदय नै टुक्रिन्छ है झन्!!१

 

विज्ञानको भाखा ज्ञानी युवा बुझ्छन मनले ज्ञान हाँक्छन् !

बनको भाखा हे न्याउली तिम्रो मनले बुझेर गाउँदछ झन् !!

हे, न्याउली तिम्रो यो बिरह व्यथा म मेरो मनमा लुकाऊँ कि!

कि तिम्रो भाषा विज्ञानको सुन्दर ज्ञानलाई पढ्न म लाऊँ कि !!२

 

कतै तिमीले प्रितिको नौलो गीत यो बनमा नै गायौ कि ?

अनि यो बनमा नि बिरहमा न्याउली तिमी कति रोयो कि !

कतै बिरहको कथा यो बनमा न्याउलीलाई नै सुनायौ कि!

यो नौलौ ठाउँमा तिमीले प्रिति नौलो कतै पो लायो कि ३

 

भन न भन् ;हे प्यारी चरी ;यो मिठो भाका कस्लाई पो हो ?

त्यो तिम्रो प्यारो न्याउली चरो परदेश नै पो गएर पो हो ?

लौ छिटो आउला उ पिरति लाउला; यो भाका बुझ्ला नि !

न गाऊ न न्याउली तिमी यसरी बसी; मन कति रोला नि ?!४

 

कतै मनको भाकालाई मिठो पारि गाउन हरदम् नै तयार छ!

कतै पिरतिमा मस्त भै रम्न झनै न्याउली रुँदै गाउँदै पो छ!!

म भन्छु न्याउलीलाई तिमी बिरहको गीत अव नगाई देऊ!

यो स्वार्थी संसारमा तिमी अव कतै नै पिरति नलाई देऊ !५

 

तिम्रो यो मुटु छाम्न सक्ने न्याउली छ र अर्को यो बनमा ?

तिम्रो जस्तो असल अर्को कुनै मुटु छ र अर्को यो ठाउँमा

बरु यो सुन्दर बनको एउटा शरद गीत अव तिमी नै गाऊ !

बसन्तको सबै सौन्दर्यको भाका मिठो त्यसमा लौ सुनाऊ !!६

 

बरु म तिम्रा यी बिरहका गितलाई यो मुटुमा भरी लेख्छु!

रगतको रातो यो मसीको भाका मिठो यहि मुटुमा नै कोर्छु

यी बिरहका तिम्रा भाकालाई बनको कोइलीले गाओस् है

तिम्रो यी पिडालाई खुशीका शव्दसित यो मनले साटोस् है ७

 

 

भाषाको वर्णविन्यास त्रुटि भएकोले पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौँ, ३० असोज । सर्वोच्च अदालतले नेपाली भाषाको वर्णविन्यासमा भएको त्रुटि सच्याउन परेको रिट निवेदनमा थप बहसका लागि पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ ।

भाषा मानव मानवबीच भावना वा विचार सम्वेदना ब्यक्त गर्ने माध्यम  हो। भाषाको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ।

भाषा बिना मनुष्य सर्वथा अपूर्ण छ र आफ्नो इतिहास तथा परम्परा देखि विच्छिन्न छ। सामान्यतः भाषालाई वैचारिक आदान-प्रदानको माध्यम भन्न सकिन्छ। भाषा-वैज्ञानिकहरूको अनुसार ‘‘भाषा वा दृच्छिक वाचिक ध्वनि-संकेतहरूको यस्तो पद्धति हो, जस द्वारा मानव परम्परा विचारहरूलाई आदान-प्रदान गर्छ।’

न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले सो निवेदनमा अग्राधिकारसहित पूर्ण इजलासमा पठाउने आदेश आज जारी गरेको हो । नेपाली भाषाको वर्णविन्यासमा भएको त्रुटि सच्याउन माग गर्दै अधिवक्ता स्वागत नेपाल र सञ्चारकर्मी टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । (रासस)

मगर जाति, भाषा र साहित्यका इतिहास समेटिएको पुस्तक प्रकाशित

कार्तिक १, २०७३- मगर जाति, भाषा र साहित्यका इतिहास समेटिएको ‘मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर’ (जीबसिम) पुस्तक प्रकाशित भएको छ । सञ्जोग लाफा मगर लिखित पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागले प्रकाशनमा ल्याएको हो ।

पुस्तकमा मगर जाति, भाषा, साहित्यको इतिहासको उल्लेख गरिएको छ । देशको कुल जनसंख्यामध्ये क्षेत्री र बाहुनपछिको तेस्रो स्थानमा मगर जाति रहेको छ । मुलुकका ५९ आदिवासी जनजातिमध्ये सबैभन्दा बढी जनसंख्या करिब १९ लाख रहेको छ । मगर भाषामा चार भेद छन् । जसमा बाह्रमगरातअन्तर्गत मगरढुट, अठारमगरातअन्तर्गत मगरखाम, मगरकाइके र मगरतराली रहेका छन् । सबैभन्दा धेरैले मगरढुट बोल्छन् । आदिकवि सिञ्जालीमगर त्यही भाषाका स्रष्टा हुन् ।

 नेपाल मगर संघले मातृभाषामा योगदानको कदर गर्दै जीतबहादुर सिञ्जालीमगर र रेखबहादुर थापामगरलाई एकसाथ ‘मगर आदिकवि’ को उपाधि घोषणा गरेको थियो । उनको सम्झनामा ‘आदिकवि जीबसिम साहित्य प्रतिष्ठान’ स्थापना भएको छ । समाजले आदिकवि जीबसिमको निधन भइसकेको ठानेको थियो । तर, बेपत्ता भएको ३८ वर्षपछि २०६२ कात्तिकमा उनी गुल्मीको ल्हुम्पेक गाउँमा जीर्णावस्थामा जीवितै फेला पारिएका थिए । राज्यबाट खेदिएपछि उनी आफैं लापत्ता भएका थिए । पुस्तकमा तिनै आदिकविको इतिवृत्ति तथा उनका कविताहरू र तिनको पक्षबारे विश्लेषण गरिएको छ ।

पवनले गरे राजवंशी भाषामा गीताको अनुवाद

काँकडभिट्टा, कात्तिक १ । २०७३ ‘काम कर, फलेर आश नाकर !’– राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो। लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गरेका छन्, कनकाई–९ निवासी पवन राजवंशीले।

यतिबेला पवनले राजवंशी भाषामा अनुवाद गर्नुभएको गीता नेपाल, भारत र बङ्गलादेशमा बसोबास गर्ने एक करोड राजवंशी भाषीका लागि अनुपम उपहार भएको छ। स्वर्गीय कुलदीप राजवंशी र आमा जलेश्वरी देवी राजवंशीको कान्छो सन्तानका रुपमा झापाको कनकाईमा जन्मनुभएका ४७ वर्षीय पवन राजवंशी समुदायबाट नेपालका पहिलो प्राज्ञसमेत हुन्। उनलाई नेपाल ललितकला प्रतिष्ठान काठमाडौँले २०६९ सालमा प्राज्ञ मनोनयन गरेको हो।

प्रायः यतिबेला झापाका दर्जनौँ विद्यालयमा चित्रकला पढाउँदै आएका पवन राजवंशी भाषाको पहिलो पत्रिकाका ‘बिचन’को संस्थापक सम्पादकसमेत हुन्। तर अर्थाभावका कारण केही वर्ष सो पत्रिका प्रकाशित गरेर बन्द गर्नुपरेको उनको भनाइ छ। उनले भने,’जातीय भाषामा पहिलो पत्रिका त निकालेँ तर त्यसलाई निरन्तरता दिन मसँग पैसा भएन, बन्द गरिदिएँ।’ राजवंशी समुदायको ‘कला शिरोमणि’कै उचाइ नापिसकेका उनी आम नेपालीका उत्तिकै प्रिय र प्रेरक व्यक्तित्व बनेका छन्।

उनले ‘अनुभूति’ नामक रङ्गीन कार्टुन चित्र सङ्ग्रहसमेत प्रकाशित गरिसकेका छन्। यतिबेला उनी झापाबाटै प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा कार्टुन चित्र बनाउँदै आएका छन्। कुनै बखत उनी झापाको विर्तामोडबाट प्रसारित कञ्चनजङ्गा रेडियोमा राजवंशी भाषामा समाचार वाचन गर्थे। त्यसैबेला रेडियोका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’लाई राजवंशी भाषामा उल्था गर्न हौस्याएका रहेछन्। उनी भन्छन्, “आखिर त्यही हौसलाबाट प्रेरित भएर मैले जातीय भाषामा ‘गीता’ नै अनुवाद गरेँ ।” (रासस)

पद्यश्री साधना सम्मान बैरागी काइँला र पद्यश्री साहित्य पुरस्कार निलमलाई

शनिबार, २९ असोज २०७३। यस बर्षको पद्यश्री साधना सम्मानबाट साहित्यकार बैरागी काइलालाई र पद्यश्री साहित्य पुरस्कार चिरहरण उपन्यासका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ।   शनिबार एक समारोहका बीच खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सम्मानपत्र र जनही २ लाख रुपैयाँ  साहित्यकार द्वयलाई प्रदान गरेको हो ।

दुई लाख रुपैयाँ राशिको पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिन्छ । दुवै पुरस्कार भदौको तेस्रो साता घोषणा गरिएको थियो । यस वर्षको उत्कृष्ट पाँचको सूचीमा रामलाल जोशीको ‘ऐना’, कुमार नगरकोटीको ‘मिस्टिका’, भूपीनको ‘सुप्लाको हवाईजहाज’ र गिरीश गिरीको ‘वीरगञ्ज’ परेका थिए ।

पद्यश्री साधन सम्मानबाट सम्मानित बैरागी काइला आयामेली कविका रुपमा चिनिन्छन्। काइला नेपाल प्रज्ञा- प्रतिष्ठानको कुलपति समेत भएका थिए। उनी किराँत लिम्बू भाषा, संस्कृति र इतिहासको  अध्यान अनुसन्धानमा समेत संलग्न छन्।आयामेली अभियान मार्फत नेपाली साहित्यलाई नयाँ उचाइ दिएका र पछिल्लो समय लिम्बू समाजको सांस्कृतिक अन्वेषणमा समेत योगदा पुर्‍याएबापत उनलाई खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री सम्मान दिएको हो ।

यस्तै पद्यश्री साहित्य पुरस्कारबाट सम्मानित निहारिका उपन्यास, कथा र कविता लेखनमा सक्रिय छन्।  महाभारतकालीन नारीले भोगेका दु:ख, कष्ट, अन्याय, विभेद र अनिश्चततालाई आजका नारीको कोणबाट प्रस्तुत गरिएको कृति ‘चीरहरण’ लाई २०७२ को उत्कृष्ट कृतिको रूपमा पुरस्कृत गरिएको हो । उनको उपन्यासमा द्वापर युगकी सत्यवतीदेखि द्रौपदीसम्मका नारी पात्रहरुको विश्लेषण आधुनिक युगको आँखाबाट गरिएको छ।

२०६३ मा स्थापित पुरस्कार र सम्मान सुरुमा मोफसलका स्रष्टाहरूलाई मात्रै दिइन्थ्यो । २०६६ देखि देशभरकै स्रष्टाहरूलाई दिइँदै आएको सम्मान र पुरस्कार यस वर्षदेखि विश्वव्यापी बनाइएको हो । ‘भूमण्डलीकरण र विश्वव्यापीकरणको यो युगमा हाम्रा सर्जकहरु विश्वको जुन कुनामा बसेर सिर्जना गरे पनि उनीहरु सम्मानको हकदार हुने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए।