साहित्य-कला

मगर जाति, भाषा र साहित्यका इतिहास समेटिएको पुस्तक प्रकाशित

कार्तिक १, २०७३- मगर जाति, भाषा र साहित्यका इतिहास समेटिएको ‘मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर’ (जीबसिम) पुस्तक प्रकाशित भएको छ । सञ्जोग लाफा मगर लिखित पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागले प्रकाशनमा ल्याएको हो ।

पुस्तकमा मगर जाति, भाषा, साहित्यको इतिहासको उल्लेख गरिएको छ । देशको कुल जनसंख्यामध्ये क्षेत्री र बाहुनपछिको तेस्रो स्थानमा मगर जाति रहेको छ । मुलुकका ५९ आदिवासी जनजातिमध्ये सबैभन्दा बढी जनसंख्या करिब १९ लाख रहेको छ । मगर भाषामा चार भेद छन् । जसमा बाह्रमगरातअन्तर्गत मगरढुट, अठारमगरातअन्तर्गत मगरखाम, मगरकाइके र मगरतराली रहेका छन् । सबैभन्दा धेरैले मगरढुट बोल्छन् । आदिकवि सिञ्जालीमगर त्यही भाषाका स्रष्टा हुन् ।

 नेपाल मगर संघले मातृभाषामा योगदानको कदर गर्दै जीतबहादुर सिञ्जालीमगर र रेखबहादुर थापामगरलाई एकसाथ ‘मगर आदिकवि’ को उपाधि घोषणा गरेको थियो । उनको सम्झनामा ‘आदिकवि जीबसिम साहित्य प्रतिष्ठान’ स्थापना भएको छ । समाजले आदिकवि जीबसिमको निधन भइसकेको ठानेको थियो । तर, बेपत्ता भएको ३८ वर्षपछि २०६२ कात्तिकमा उनी गुल्मीको ल्हुम्पेक गाउँमा जीर्णावस्थामा जीवितै फेला पारिएका थिए । राज्यबाट खेदिएपछि उनी आफैं लापत्ता भएका थिए । पुस्तकमा तिनै आदिकविको इतिवृत्ति तथा उनका कविताहरू र तिनको पक्षबारे विश्लेषण गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!