सकिएन

Dhatamani Pokharel

झर्यो आँसु बिरहको रोक्नलाई सकिएन,
प्रियतमको आयो याद बिर्सनलाई सकिएन,
सबैलाई यो जिन्दगी अनुकुल होस् भन्ने लाग्छ,
तरपनि आफ्नो मान्छे आफ्नै भन्न सकिएन,

दु: ख नहोस् उस्लाई संधै खुसी मिलोस् भन्नलाई,
सकिए नी मनको पीडा सुनाउन सकिएन,
त्यो मनमा संधै शान्ति मिलोस् भन्न सकिए नी,
मेरो सखी बेदना मै बांचोस् भन्न सकिएन,

मन भित्र उन्को माया राखेको छु जुनीभरी,
स्वार्थी हुन्छु रत्तिभर नि भन्नलाई सकिएन,
सबै सामु भन्न सक्छु मेरो माया उनीलाई,
तर पनि कसैको मन दुखाउन सकिएन

*धातामणि पोखरेल साहित्यकार हुन् ।

गजल – थियो

Krishna Prasai

जीर्ण तस्वीर निसानी थियो,
उही शैया उही सिरानी थियो ।।

जब म दुख्थें दुख्थ्यौ तिमी,
उस्तै उस्तै जिन्दगानी थियो ।।

हिडेथ्यौं धेरै परसम्म सँगै,
छुट्टै मजाको कहानी थियो ।।

कहिले जूनसँग निदाउँदा,
म सँग रात र विहानी थियो ।।

नसोध अतीतका यादहरु,
त्यही जीवन र जवानी थियो ।।

*कृष्ण प्रसाईं लेखक तथा साहित्यकार हुनुहुन्छ ।

म मरेको दिन

Amit Sangraula

आज म मरेको दिन
मेरो शरीर लास भएर
सुताएको छ
आँगनभरि नै
मान्छे नै मान्छे छरिएका छन्
मेरो आँखा बन्द छ
श्वासप्रश्वास चलेकै छैन
जब श्वास शरीरबाट बाहिर निस्किन्छ
त्यो लास बन्छ
मलाई थाहा छ
म मरेको छु
तर, भित्र भने जिउँदै छु
शरीर मर्छ आत्मा मर्दैन
मान्छेहरु मेरै वरिपरि बसेर
मलाई हेरिरहेका छन्
समवेदना प्रकट गर्दै
आउछन् आफुन्त र इस्ट्रमित्र
तथा मेरा शुभचिन्तकहरु
आज म मरेको दिन
आमा अघि नै बिहोस भएर ढलिन्
बहिनी मेरो छेउमा बसेर
आँसु बगाइरहेकी छिन्
भाइ उसका आँखामा
दाजुको माया देखिन्थ्यो प्रष्टसँग
जन्म सामान्य भएता पनि
मृत्यु चै इतिहास बनोस्
भनेर म महसुस गरेको थिए
कुनैबेला
जन्म र मृत्यु त संसारको रित हो
त्यो सबैलाई स्विकार्य छन
त्यतिखेर नै
म सुतेकै बेलामा
सुर्यको उज्यालो मेरो अनुहारमा पर्यो
सपना होकि विपना हो
छुट्याउन नै सकिन
म झ्याल्सँ बिउझिएछु
आँखा एक्कासि उग्रेयो
लामो स्वास फेरे
फगत त्यो सपना पो रहेछ
त्यहीबेला उठे र सोचे मनमनै
आज त म मरेको दिन हो ।।

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा साहित्यकार हुन् ।

हिउँमा पो छ कि त मेरो मित

शोभा काफ्ले खतिवडा

त्यो पारी हिमाल पनि हिउँको
फूल फुलेर;
मसुक्क गर्दै हेरन हाँसेको !
लाग्दछ यो मनमा; मायालु मेरो
पनि; त्यहीँ पो छ कि रमाई;
लुकेर बसेको !! १

घामको झुल्काको उज्यालो पाएर
ऊ मुसुक्क यसै पनि हाँस्दछ !
शोभा छ हिउँको प्रदीप्त रुप कस्तो;
यसै नै उ मस्त पनि बन्दछ !! २

मोहनी रुप र हिमालको शोभा;
शिरमा देशको ताज देखिन्छ !
शान्त अनि सुन्दर; हेर्दाखेरी पनि;
ऊ चन्द्र जस्तो पो त देखिन्छ !!३

गुराँससित पो खेलेको छ कि त ?
ऊ लुकामारी पारी बनमा !
हिमाल,पहाड अनि तराई उसको;
खेल खेल्ने सुन्दर आँगनमा !!४

मैले पनि हेरेँ यी नजरलाई घुमाई
यो मेरो सुन्दर देशलाई !
कति नै छ अपूर्व यो हिरा झैँ हिमाल;
सुहाको मेरो नेपाल देशलाई !!५

शिरमा हिमाल काखमा हिरा
नदीमा जगमग ज्योती लुकाई !
यस्को यो गर्भ हेरेर दड्ग पर्दछ मेरो
मनको मित पनि है !!६

त्यो तराई मेरो हो अन्नको फेरो नै;
समाई हाँसेर देश हेर्न बसेको !
त्यो धानको बालामा लह लह बनि;
मनको मित मेरो छ की कतै त्यही लुकेको ?७

*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय साहित्यकार हुनुहुन्छ ।

मेरी प्रिया

धातामणि पोखरेल

परदेशीको शहर आएं के गर्दैछिन् मेरी प्रिया

अनिंदोमा म छु यहाँ चिसो रातमा एक्ली प्रिया

संझी मलाई सुत्दै उठदै गर्दै होलीन मेरी प्रिया

कहिले आउँछ मेरो सखी दिन गन्दै बस्लिन प्रिया

 

म अनिंदो यहाँ ठूलो शहर घुम्दै मेरी प्रिया

तिमी भने मेरो यादमा अनिंदो छ्यौ मेरी प्रिया

साथीभाई ख्यालठट्टा र मस्तीमा छु म यहाँ प्रिया

बालबच्चाको रुघाखोकी स्याहर्दैछिन् उता प्रिया

 

पतिदेब हुन् खाए कि नाई सुर्ता गर्छीन् मेरी प्रिया

स्वार्थी हो कि म चैं यहाँ आफ्नै सुरमा घुम्छु प्रिया

आफ्नो मान्छे आफ्नै हुन्छ मनकी माया मेरी प्रिया

फर्की आउंछु समय मै सुर्ता नलेउ मेरी प्रिया

*धातामणि पोखरेल साहित्यकार हुन् ।

आमाको मन

अमित संग्रौला

यो आकाश
यो धर्ती
यो जनजीवन
कस्तो राम्रो लाग्छ
जब आमा मुस्काउँछिन
आमाकै तारिफमा
कति कविले
कविता कोरे
गीत गाँए
गजल लेखे
संगीत भरे
तैपनि आमाको सौन्दर्य
अझै सृष्टिमा घटेको छैन
हो, कति पवित्र छ
आमाको निस्वार्थ प्रेम
कति अनुपम छ
आमा भन्छिन्
आमा बन्न कति कठिन छ
कहिले उकालो चढ्नु पर्ने
कहिले ओरालो झर्नु पर्ने
धर्ती जस्तै
सहनसिल भइदिनु पर्ने
त्यसैले उनी भन्छिन्
आमा बन्न कहाँ सजिलो छ र ?
जतिसुकै वेदना खेपेपनि
कष्ट गरेपनि
छोराछोरीको निमित्त
उनी मरेहत्ते गरिरहेकी हुन्छिन्
त्यो भएर हो
आमाको मन सबैभन्दा ठूलो छ

*अमित संग्रौला झापामा बसेर कलम चलाउने युवा साहित्यकार हुन् ।

के हो जिन्दगी ?

धातामणि पोखरेल
Dhatamani Pokharel
धातामणि पोखरेल

उकाली र ओराली वा भिर पाखा हो जिन्दगी,
चैत्रमासको हुरीबतास वा बर्षे भेल जिन्दगी,
खबटाको छानो अनि वा ढलान छत जिन्दगी,
साँच्चै भनौं चिया पसल वा भट्टी हो जिन्दगी,

काठमाण्डौको प्रदुषण वा फोहोर हो कि जिन्दगी,
राजनेता वा सत्ता प्राप्ति खै कस्तो हो जिन्दगी,
नायक अनि खलनायक वा आईटम डान्स जिन्दगी,
आधुनिक र पाश्चात्यको फ्यूजन हो कि जिन्दगी,

राष्ट्रलाई बनाउने वा बिगार्ने हो जिन्दगी,
उपकारी हुने हो वा स्वार्थी मन हो जिन्दगी,
महत्वको जीवन हो वा व्यर्थ हो यो जिन्दगी,
आफू आफ्नो मात्र हो वा सबै पो हो जिन्दगी,

*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ।

सुन र हिराको महिमा मण्डित देश

शोभा काफ्ले खतिवडा

देश त अति सुन्दर असल मनहरुको

सिर्जनशीलतावाट मात्र हुन सक्छ रे !

बरु मनहरु पो असल मनको साथ

नपाए पिडाले पराजित हुन सक्छ रे !!१

 

शिरमा यो देश तव मात्र सुन्दर बनेर

जगमग भै सजिन सक्छ रे !

जव देशलाई मायाँ गर्नेको कर्म

छताछुल्ल भै देशमा पोखिन्छ रे !!२

 

सुनका पहाड र हिराका हिमालको महिमाहरुले गर्भदेखि मण्डित !

यो हाम्रो देश तव मात्र जगतमा राम्रो सड्ग चिनिन्छ रे !

जव ज्ञान र विज्ञान पढेका वुद्दिमान र ज्ञानी युवाहरुको ज्ञानले यो भूमि पनि पढिन्छ रे !!३

 

शुभ दिन, शुभ पल र शुभ समय त

तव मात्र पो त देशमा आउँछ रे !

जव हाम्रा हरेक मन अनि हर मुटुका

कर्म भरी यो देश मात्र छाउँछ रे !!४

 

यो देश पिता र यी धर्ती माता त

तव मात्र हाँस्न सक्छन रे !

जव हरेक नेपालीहरु ज्ञानको कलम, कापी बोकेर ठाँटिएर

यहाँ हिँड्छन रे !!५

 

यो देशको मुहार त तव मात्र

उज्यालो बनि फेरिन्छ रे !

जव यो भूमि असल, त्यागी,ज्ञानी र

विद्वानहरुको देश भनेर चिनिन्छ रे !!६

 

हरेक देशहरुको समृद्दि तव मात्र

पो त बढ्छ रे !

जव योजनाहरु थलोमै पुगेर पूर्ण

रुपेण कार्यान्वयन हुन्छ रे !! ७

 

यो देशको समृद्दि त तव मात्र पो त आउँछ रे !

तीनकोटी मनहरु मिलेर जव एक ढिक्का हुन्छन रे !!८

 

सहिदका सपनाहरु पनि तव मात्र साकार हुन्छन रे !

जव देशकालागि त्याग र योगदान हरेकले गर्छन रे !!९

 

वीरहरुको वीरता तव मात्र

देखिन्छ रे यहाँ !

जव वीरहरुले आफ्नो विरता

यो देशमा छर्दछन रे !!१०

 

कलमका ज्ञानहरु आकाशमा जव भ्रमण गर्दछन रे !

तव मात्र मुलुक समृद्द छ भन्ने बुझिन्छ रे !!११

 

आकाश पिता र धर्ती आमा तव मात्र खुशी हुन्छन रे !

जव सन्तानले मन वचन र कर्मले देश भनि मरिमेट्छौँ रे !!१२

 

मनको यी अमूल्य मोल त जव अनमोल  बन्छ रे !

जव मनहरु असल कर्मले फलिभूत हुन्छन रे !!१३

 

असल मनहरु कहिले परास्त आफैँ हुन्नन् रे !

बरु कम्जोड मनहरुबाट ति परास्त गराइन्छन रे !!१४

 

हाम्रो देश त त्यति बेला मात्र समृद्द हुन्छ रे !

जव साँचो रुपमा मानवताको सम्मान देशमा हुन्छ रे !! १५

 

हाम्रो मानवता यहाँ कहिले पनि हार्दैन रे !

बरु मानवीय पनहरु यदाकदा पराजित हुन्छ रे !!१६

 

मानवताका कहिल्यै आफैँ हार्दैन रे यहाँ !

बरु खराव मनहरुबाट नै मानवीयता पराजित गाराइन्छन रे !!१७

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

माया

Love
Dhatamani Pokharel
धातामणि पोखरेल

सुनको सिक्रि हातमा लाउने सुनकै बाला अनि फेरि,
नौ गेडीले मात्र किन्न सक्ने चिज होइन रे छ,
बहुमूल्य जग्गा जमिन गाडी घोडा अनि फेरि,
धनको तुजुक देखाउंदा नि पाइने चिज होइन रे छ,

शक्ति सत्ता राज्य हांक्ने क्षमता छ तर फेरि,
कुटनितीको क्षमताले पाउने चिज होइन रे छ,
सुख भोगलाई कमी छैन प्रचुरता छ तर फेरि,
घमण्डले मात्र यहाँ आउने चिज नि होइन रे छ,

हिंङदेखि हर्दीसम्म खांचो छैन तर फेरी,
त्यति मात्र सम्वोधनले पाउने चिज होइन रे छ,
उस्को मनको बेदना र भाबनालाई अनि फेरी,
चाहनालाई नबुझे सी पाउने चिज नि होइन रे छ,

 

* धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ ।

चिया बोटमा साइली दिदीहरु

अमित संग्रौला

तिमीले चियाको बोट देख्यौ
त्यसको वरिपरि वातावरण देखेर रमायौ
त्यहाँनेर फोटो खिच्यौ
आनन्दित भयौं त्यो अनुपम
दृश्यहरु देखेर तर ,
साँइली दिदीका गुनासा पिडाहरु
कसैले देखेनन्
कसैले सुनेनन्
कति मन दुखाएर चिया
टिप्दी हुन् कति रुदी हुन्
चियाका बोटहरुमा साइली दिदीहरु
तिमी त केवल
खुसी भयौं आफ्ना पिडाहरु भुल्यौ
चियाका बोटहरुमा जोबन साट्यौ
माया लगायौ तर साइली दिदीको
आँखामा आँसु कसैले देखेनन्
पुछेनन्
त्यो झुत्रो र मैलो लुगा लगाएर
पाखा पखेरामा बसेर आफ्ना
लोग्नेको याद गर्दी हुन चियाका बोटहरुमा बसेर
साइली दिदीहरु हो ,
आज म सम्झना गरिरहेको छु
चियाबारीमा बसेर तैपनि
हाँसीरहेका छन्
चियाबारीमा लै बरि लै
भन्दै भुल्छन आफूलाई डोको नाम्लोमा
यहीमा उनीहरुको दिनचर्या हुन्छ
म हेर्दैछु उनीहरुलाई
मनमा दुख भएपनि हाँस्छन
खुसी बाड्छन एक अर्काको लागि
मुटु काम्ने जाडोहरुमा
साइली दिदीहरु त्यहाँनेर
बाँचीरहेका छन् ।।

*अमित संग्रौला युवा साहित्यकार हुन् ।