नौलो बिषयको ऐतिहासिक नेपाली महाकाव्य “विजयवती” आउदै

Krishna Prasai

साहित्यकार तथा लेखक कृष्ण प्रसाईको नौलो बिषयको ऐतिहासिक नेपाली महाकाव्य “विजयवती” बजारमा आउने भएको छ ।

महाभारत बर्षमा ब्रम्हाका पनाति मनु, मनुबाट चक्रवर्ती इक्ष्वाकु, त्यसपछि श्रीविकुक्षी, अनि ककुस्थ राजा भए । ककुस्थ पछि विश्वगश्व, र उनीपछि २८ राजा छोडेर सगर, पछि असमञ्जस, अनि अंशुमान् अनि उनले दीलिप जन्माए । दिलिप पछि भगिरथ, उनैका नाति रघु, पनाती अज, अजबाट दशरथ र राम, लब हुँदै ८ पुस्तामा लिच्छवि राजा भए।

तिनै लिच्छ्बीका ३६ औ पुस्ता सुपुष्प। पछि भारतबाट अजात सत्रुले बैशालीका लिच्छवि राजालाई खेदाए र धेरै चेटक कुवामा फाल हानी मरे र बाकी उत्तर हिमालय यता आए। सुपुष्पका २३ औ पुस्ता पछि जयदेव, र जयदेव पछि १६ पुस्ता मानदेव, उनीपछि छोरा महीदेव, नाति बसन्तदेब सम्मको कुरा छ। यसै बीचमा प्राचीन आर्यवर्ती नारी विजयवती हुन्। तिनै विजयवतीको विवाह वार्तपुत्र देभलाभसँग भयो । यिनैसँग जोडिएको सत्य कथा र जीवन छ यो “विजयवती” महाकाव्यमा ।

गजल – नभै दिनु

Dhatamani Pokharel

रंग फेर्छ छेपारोले छेपारो झैं नभै दिनु,
आफ्नै स्वार्थ मात्र प्यारो स्वार्थी मान्छे नभै दिनु,
पराईले सङलो मन भै चिताएको भलोलाई,
संसय र संकोच मान्दै शंकालु चाहिँ नभै दिनु,

हुन्छन यहाँ लेनदेन मानबतालाई नकिन्दिनु,
बिश्वासमा घात चाहिँ कहिले नि नगर दिनु,
बग्ने खोला सफा हुन्छ त्यसरी नै बही दिनु,
सांच्चै भनौं जिन्दगिलाई जादुमयी बनाई दिनु,

प्रकृति हो हाम्रो जीवन कालो लेपन नलाइदिनु,
कालो पोत्ने चित्रकारलाई परबाटै भगाइदिनु,
झिल्के रंग हेर्दा राम्रो नक्कलीलाई नलाईदिनु,
दशौं पटक हेरी जांची राम्रो छानी चलाईदिनु

*धातामणि पोखरेल साहित्यकार हुन् ।

जानेको छु

धातामणि पोखरेल

तिमी को हौ हिजो आज राम्रोसंग जानेको छु,
फुलबारीको फुल चुस्ने भमरा हौ मानेको छु,
ललाई फकाई निर्दोषीलाई आफ्नो बशमा बनाएर,
अस्मिताको खिल्ली उठाई हांस्न खोज्यौ जानेको छु

नाना थरी ललिपपमा किन्न खोज्यौ जानेको छु,
सोझा फकाई करोडपति हुन खोज्यौ मानेको छु,
समाज अनि देशको यो सत्कर्म लाई लत्याएर,
उस्को धर्म बिथोल्नलाई लागि पर्यौ मानेको छु,

उसको सोझो भजाएर धुर्त बन्यौ जानेको छु,
साईनो छैन टेलिफोन मै झुण्डिरह्यौ ठानेको छु,
चरित्रलाई धुन खोज्यौ त्यो नि मैले जानेको छु,
जाली रै छौ कप्टी स्बभाब काम नलाग्ने ठानेको छु

*धातामणि पोखरेल साहित्यकार हुन् ।

चन्द्रग्रहण

धातामणि पोखरेल

नियति हो तिम्रो जीवन त्यसैगरी,
ग्रहण लागि अन्धकार झैं कहिले नि नभैदियोस,
पात्रो पल्टाई शुभ अनि अशुभको कुरा सरी,
तिम्रो जीवन भोगाईमा अशुभ चाहिँ नभैदियोस,

प्रकृतिको नियती हो लाग्छ ग्रहण घरिघरी,
तर तिम्रो सफलतामा त्यस्तो पनि नभैदियोस,
ज्योतिषीको फलित पात्रो माननाश कष्टसरी,
तिम्रो सुख शान्तिलाई खल्बल्याउने नभैदियोस,

चन्द्रग्रहण आउँछ जान्छ अन्तरालमा यसैगरी
बांचुन्जेल तिमीलाई ढाक्न ग्रहण नआईदियोस,
अशान्ति र खति गर्ने ग्रहण हुन्न कसै गरी,
सम्बन्धमा यो ग्रहणले बिग्रह चाहिँ नल्याइदियोस,

*धातामणि पोखरेल साहित्यकार हुन् ।

देश यस्तो होस्

Shobha Kafle Khatiwada

असल रक्तले आभामय रक्त
रन्जित मानव शरिर झैँ !
ज्ञानले शसक्त बनेका असल पुस्तकहरुको ज्ञान झैँ !!

बनोस न यो मेरो जन्मभूमि पनि वीरहरुको सुन्दर देश झैँ
नेपाली जातीहरु साराले
मायाँ पोखेको परिवेश झैँ !!

हिमालको हिऊँको शोभा,
यो देशमा परोस म भन्छु !
सहिदको जस्तो नै त्याग ;
हामीले पनि गरौँ म भन्छु !!

कर्म तिम्रा हाम्रा अव हरपल शसक्त यो देशमा बनुन है !
हाम्रा हरेक कामहरु देशका
असल कानुन पनि बनुन है !!

तिमी हामी हरपल नै हाँसौँ
अनि रमाऔँ पनि सँधै भरी !
मनको भावमा असल कर्म
मिसाईँ रोपौ यो जीवन भरी !!

मुटुका हरेक टुक्रा हाँसुन
यो हाम्रो धराको छातीमा !
प्यारो नेपाल सँधै हाँसोस्
यो मनको गर्हा र मुटुमा !!

यस्तै शुभ भाव आयो मनमा आज किन होला मनभरी !
देश मेरो सँधै हाँसोस भन्ने ;
कामना मेरो यो मुटु भरी !!

देश मेरो सँधै भरी मगमगाउँछ;
हिमालमा सुनाखरी फुले सरी
मनको मानिसझै प्रिय देश छ !
मनको मानिस झैँ छ मुटुभरी !!

*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

आमाको माया

Amit Sangraula

तिमी त आमा हौ
स्नेह र ममताको
छाया हौ
तिमीलाई देखेर
करोडौंको मन रमाउँछन्
तिमी त हरेक मौसममा
फुल्ने फुल हौ
सुवास हौ
जिन्दगीका रंग र
सुन्दरता हौ
हो,
तिमीलाई देखेर
सबै कुराहरु भुल्छु
आमाको माया
अटल छ
जिन्दगीका प्रेरणा
बनेर आउछौ
जहाँ ,
तिमीलाई देखेर
सुरक्षित हुन्छु
जसले गर्दा
म बाचिरहेको छु
तिम्रो परिवेशमा रमाइरहेको छु
यि सबै कुराहरु
आमाको मायाले गर्दा हो
तिम्रो निस्वार्थपन
जिन्दगीका खुशीहरु हौ
प्रकृतिको रंगहरु
बनेर आउछौ
यि कुराहरु
आमाको माया हो
जसले गर्दा आज म
वर्तमानमा छु
तिमी धर्ती बनेर आउछौ
हरेक कुराहरु सहन सक्छौ
प्रसव पिडा लाई
सजिलोसँग पचाउँछौ
अनि
तिमी हरेक छोराछोरीहरुको
मन दुकदुकी बनेर बस्छौं

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा साहित्यकार हुन् ।

मेरो देशको धर्तीमा

Amir Sangraula

जुन लाग्छ उज्यालो छाउने छ
अब बारम्बार बत्ति गइरहने छैन
हो यस्तो दिन आउने छ
अब सबैले मेरो देशको
हसिलो मुहार हेर्नेछन
सिंहदरबार सांसद र बालुवाटारमा
घरीघरी बैठक बसिरहने छैन अब
यो खुल्ला आकाश भित्र
स्वतन्त्रता र शान्ति छाउने भएको छ
जहाँ सुर्यको तापले मलाई पोल्दैन
दुङ्गाहरु पनि रसाउने छन
हो यस्तो दिन आउने छ
गुराँसहरु पनि फुल्ने छन
सगरमाथा ले पनि शिर उठाउनेछ
मेरो देशको झन्डा फरफराउछु
मेरो हृदयको कुना काप्चाहरुमा
जहाँ मेरो देशमा बसेर
शान्तिको अनुभुती गर्नेछन्
गरिबी हट्नेछ शिक्षित हुनेछन
मेरो देशमा बसेर शिक्षा र
स्वास्थको लागि अनशन बसिरहन पर्दैन हो
यस्तो दिन आउने छ
जहाँ मान्छेहरू बुद्ध बन्नेछन्
अब धर्तिमा नयाँ बिहानी छाउने छ
यो खुल्ला आकाशमा
बादलहरु हटेर उज्यालो हुनेछन्
अब यस्तो दिन आउने छ

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा साहित्यकार हुन् ।

सात प्रदेश त बनायौ तर

शोभा काफ्ले खतिवडा

कतै यो मनमा मेरो देशको हिमाल
मनभरी नै यसै हाँसेको छ !
मुटुभरी हरपल नै यो मेरो नेपाल
सुवासित सास झैँ बाँचेको छ !!

कतै देशलाई मायाँ छताछुल्ल
देशै भरी म छरिदिन्छु!
कतै यो मुटुमा भरी म मनका
मानिस मात्र भर्छु !!

कहिले फूल झैँ उज्यालो यो
प्यारो देशलाई !
घामको पहिलो किरणसड्ग
म तुलना गर्ने गर्छु !!

मेरो शान्त सुन्दर देशको बयान
गर्नलाई म अव मनले !
चन्द्रलाई तिमी नै मायाँको शव्द
पैँचो देऊ थोरै है भन्छु !!

मायाँका शव्द हरपल गीत वनाई ;
गाउँन कति हो कति मन छ !
देशको प्रकृतिको सुन्दरतालाई
शव्द दिन झनै कति मन छ !!

तर पहिले मेरो यो देश बनोस
चाहना छ मनको यति मात्र !
देश नै नबनि गीत गाउन पनि
झर्को पो लाग्छ कति मात्र !!

भोको पेट र नाड्गो शरिर पिडा ,
ब्यथाहरु बोकी कति कति !
कस्ले पढ्ने र हाम्रा शव्दहरु
को गाउने हाम्रा गीतको लय
यति र गति !!

यसैले म भन्छु :-

कतै नदी नाला छन देशका
मेरो छातीमा बगेका !
पाहाड भरी यो देशको कस्तो
फलफूल लटरम्म फलेका !!

हिमाल चुलीमाथीबाट त्यो
शेर्पा दाइले यसो भन्छ !
हिमाल भरी यार्सा गुम्वा र
लजडी -बुटी यो देशमा फल्छ !!

पाहाडमा हो क्षेत्री,बाहुन र
बहुल जातीहरु बस्ने !
एकले अर्काको संस्कृतिमा
सौहार्दता मात्र होनथप्ने !!

तराई मेरो देशको सुन्दर प्राण
धान्ने अन्नको भूमि !
मधेस,पाहाड जहाँ सुकै बसे
नि हामी नैबस्ने होनी !!

मेरो यो सुन्दर प्यारो देशको
सिमा चोरिन्छ कि भन्ने !
डरलाग्छ यो मनमा मुटु झैँ
प्यारो मेरै देश त हो नि !!

प्रदेश बाँढी दियौ किन यसरी
हिसाव किताव नगरी !
तिनलाई पाल्ने हाम्रो देशमा अरु ;
आम्दानीको श्रोत नबढाइ !!

मेरो देशको सिमालाई रक्षा
गर्नु तिमीले हरपल !
चुप लागि बसे तिमी अव
सिमा मिच्लान पल पल !!

विस्तारवीदी नीति छ यिनको
परा पूर्वकाल देखि नै !
होस नगरे विस्तार गर्लान सिमा
मिच्ने यस्तो खेल मै !!

मेची हाम्रो साक्षी छ सिमा
विस्ताको रुपमा !
सचेत सजग बनेर भूमि
फिर्ता सक्छौ कि गर्न ?!!

खोक्रो देश अनि भोको यो
पेट देशलाई घातक हुन्छ !
समृद्दिको बाटो पहिला रोजे
पो सबै कुरो मिल्छ !!

काम देऊ,माम देऊ शिक्षा र
रोजगारी छिट्टै देऊ !
देशको मुहार हँसाउनलाई
युवाको साथ अव लेऊ !!

सात प्रदेश बनाउँदा हामी
निक्कै रमाएका छौँ !
आर्थिक भारले यो मुलुक
थला नपरोस् कामना यो गरेका छौँ !!

*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

नुर

Dhatamani Pokharel

वही नुर मेरे लिए तडपति हे साम सबेरा,
बिछडने से तरसती हे ढुंढती हे साथ मेरा,
दर्द भरी मन हे उस्का लेती हे वो सासें मेरा,
चलते जिबन चाहत उसका बैठें साथ साथ मेरा,

जो ख्वाबो वो देखि आजतक पिक्चर देखि सभी मेरा,
मेरे लिए सभी वो दे दी बोली सबकुछ ले लो मेरा,
नुर वही हे जो बिन मागे लौटादी वो खुसीयां मेरा,
जिने का मन बनादी उसने बोली सबकुछ मैं हुं तेरा,

साथ मे जो हे मेरी वो नुर ही लगति हे बहुत ही प्यारा,
सबकुछ अपनि उसि के लिए ये दिल भि हे नुर तेरा,
जब जो चाहे ले ही जाओ हम से जो हे सभी तेरा,
जिने का इक तमन्ना तुं हे मरते दम तक नुर मेरा,

*धातामणि पोखरेल साहित्यकार हुन् ।

गजल – हेर

Krishna Prasai

पिलायौ थुनेर पिइदिन्छु हेर,
जति च्यात छाती सिइदिन्छु हेर ।।

म बाँचेको धर्ती चिथोरेर जाऊ,
तिनै वेदना छन् लिइदिन्छु हेर ।।

रुझाउ सबेरै ठिहीमा मलाई,
तुसारो लिएर जिइदिन्छु हेर ।।

कहीं मिल्छु आफै मिसाएर माटो,
म हवा र पानीले खिइदिन्छु हेर ।।

*कृष्ण प्रसाईं लेखक तथा साहित्यकार हुनुहुन्छ ।