साहित्य-कला

गजल – नभै दिनु

रंग फेर्छ छेपारोले छेपारो झैं नभै दिनु,
आफ्नै स्वार्थ मात्र प्यारो स्वार्थी मान्छे नभै दिनु,
पराईले सङलो मन भै चिताएको भलोलाई,
संसय र संकोच मान्दै शंकालु चाहिँ नभै दिनु,

हुन्छन यहाँ लेनदेन मानबतालाई नकिन्दिनु,
बिश्वासमा घात चाहिँ कहिले नि नगर दिनु,
बग्ने खोला सफा हुन्छ त्यसरी नै बही दिनु,
सांच्चै भनौं जिन्दगिलाई जादुमयी बनाई दिनु,

प्रकृति हो हाम्रो जीवन कालो लेपन नलाइदिनु,
कालो पोत्ने चित्रकारलाई परबाटै भगाइदिनु,
झिल्के रंग हेर्दा राम्रो नक्कलीलाई नलाईदिनु,
दशौं पटक हेरी जांची राम्रो छानी चलाईदिनु

*धातामणि पोखरेल साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!