साहित्य-कला

देश यस्तो होस्

असल रक्तले आभामय रक्त
रन्जित मानव शरिर झैँ !
ज्ञानले शसक्त बनेका असल पुस्तकहरुको ज्ञान झैँ !!

बनोस न यो मेरो जन्मभूमि पनि वीरहरुको सुन्दर देश झैँ
नेपाली जातीहरु साराले
मायाँ पोखेको परिवेश झैँ !!

हिमालको हिऊँको शोभा,
यो देशमा परोस म भन्छु !
सहिदको जस्तो नै त्याग ;
हामीले पनि गरौँ म भन्छु !!

कर्म तिम्रा हाम्रा अव हरपल शसक्त यो देशमा बनुन है !
हाम्रा हरेक कामहरु देशका
असल कानुन पनि बनुन है !!

तिमी हामी हरपल नै हाँसौँ
अनि रमाऔँ पनि सँधै भरी !
मनको भावमा असल कर्म
मिसाईँ रोपौ यो जीवन भरी !!

मुटुका हरेक टुक्रा हाँसुन
यो हाम्रो धराको छातीमा !
प्यारो नेपाल सँधै हाँसोस्
यो मनको गर्हा र मुटुमा !!

यस्तै शुभ भाव आयो मनमा आज किन होला मनभरी !
देश मेरो सँधै हाँसोस भन्ने ;
कामना मेरो यो मुटु भरी !!

देश मेरो सँधै भरी मगमगाउँछ;
हिमालमा सुनाखरी फुले सरी
मनको मानिसझै प्रिय देश छ !
मनको मानिस झैँ छ मुटुभरी !!

*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!