साहित्य-कला

आमाको माया

तिमी त आमा हौ
स्नेह र ममताको
छाया हौ
तिमीलाई देखेर
करोडौंको मन रमाउँछन्
तिमी त हरेक मौसममा
फुल्ने फुल हौ
सुवास हौ
जिन्दगीका रंग र
सुन्दरता हौ
हो,
तिमीलाई देखेर
सबै कुराहरु भुल्छु
आमाको माया
अटल छ
जिन्दगीका प्रेरणा
बनेर आउछौ
जहाँ ,
तिमीलाई देखेर
सुरक्षित हुन्छु
जसले गर्दा
म बाचिरहेको छु
तिम्रो परिवेशमा रमाइरहेको छु
यि सबै कुराहरु
आमाको मायाले गर्दा हो
तिम्रो निस्वार्थपन
जिन्दगीका खुशीहरु हौ
प्रकृतिको रंगहरु
बनेर आउछौ
यि कुराहरु
आमाको माया हो
जसले गर्दा आज म
वर्तमानमा छु
तिमी धर्ती बनेर आउछौ
हरेक कुराहरु सहन सक्छौ
प्रसव पिडा लाई
सजिलोसँग पचाउँछौ
अनि
तिमी हरेक छोराछोरीहरुको
मन दुकदुकी बनेर बस्छौं

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!