साहित्य-कला

जगतकै समृद्द बनोस मेरो भूमि

शरदको सुरम्य पन बिदाई गरेर;

आएको हेमन्तले उर्जा हाम्रो खोज्छ !१

 

देशको यो पाटो पनि चिसिएर होला;

विकास र समृद्दिको न्यानो पन मागेको आभाष हुन्छ !!२

 

विहानी हेमन्त धरामा चिसिएर होकी !

मनका हरेक भावले न्यानो पन पो त खोज्छन !३

 

देशको माटोमा हाम्रा कर्म असल न पुग्दा;

देशले हाम्रो असल कर्म मागेजस्तो हुन्छ !!४

 

विज्ञानको असल पाटो फुल्न ज्ञानले नपाउँदा !

मेरो भूमि ग्रह नक्षत्र नाप्न आतुर भै रहन्छ !!५

 

मलाई मेरो यो भूमिको समृद्दिको चाहना;

मेरो हृदयको भावले गरेको आभाष हुन्छ !६

 

वीरहरुको वीरताले यो भूमि मगमगाओस;

यो कामना मेरो पूर्ण कहिले हुन्छ ?७

 

अव मेरो देशले नयाँ मार्ग खोज्यो;

हरेक मनमा यस्को आभाष भए पुग्छ !८

 

तीनकोटी जनता बसेको हाम्रो यो भूमि;

यो जगतकै समृद्द सुन्दर राष्ट्र बने त पुग्छ !!९

 

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!