जनमत सर्वेक्षण – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतामा ढिलो हुनुमा कसको दोष बढी होला ?

Party Unification

जनमत सर्वेक्षण 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतामा ढिलो हुनुमा कसको दोष बढी होला ?

१. नेकपा माओवादी केन्द्र

२. नेकपा एमाले

३. देशी-विदेशी चलखेल

जनमत सर्वेक्षण – विद्या भण्डारीलाई पुन: राष्ट्रपति उम्मेदवार बनाउने एमालेले गरेको  निर्णयलाई तपाई के भन्नुहुन्छ ?

Bidhya Bhandari

जनमत सर्वेक्षण

नेकपा एमालेको स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि फेरि विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

विद्यादेवी भण्डारीलाई पुन: राष्ट्रपति उम्मेदवार बनाउने एमालेले गरेको  निर्णयलाई तपाई के भन्नुहुन्छ ?

१. ठिक

२. वेठिक

यो पनि हेर्नुहोस

जनमत सर्वेक्षण – भावी नेपालको नयाँ राष्ट्रपति को हुँदा ठिक होला ?

यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी

KP Sharma Oli

जन्म मिति : वि. सं. २००८।११।११

जन्म स्थान : इवा–२, तेह्रथुम

स्थायी ठेगाना : दमक न.पा.–१०,झापा

बाबुको नाम : मोहन प्रसाद ओली

आमाको नाम : स्व. मधु ओली

श्रीमतीको नाम : राधिका शाक्य ओली

पार्टीको नाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले)

राजनीतिको सुरुवात भएको वर्ष : वि.सं. २०२५

राजनीतिक यात्रा : ६ वर्ष  भूमिगत वर्ष, १४ वर्ष बन्दी जीवन

कृति/प्रकाशन : जवज र पार्टीभित्रको लोकतान्त्रीकरण

स्वदेश तथा विदेश भ्रमण 

नेपाल : ७५ वटै जिल्ला

विदेश : चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि ।

राजनीतिक यात्रा

२०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ।

२०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको ।

२०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त ।

२०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन ।

२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण ।

२०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग ।

२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन

जेल जीवन

पहिलो पटक : २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार ।

पहिलो गिरफ्तारः झापा पुलिस थानामा ।

२०२७ र २०३० का बस्चमा : पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।

जेल यात्राको १४ बर्षे अध्याय

२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।

पहिलो भोगाइ : रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।

त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।

२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।

३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।

२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर ।

२०३३ साउनमा नख्खु जेल चलान ।

२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।

२०३६ जेठमा गोलघर बाहिर ।

२०३७ चैतमा पुनः नख्खु जेल चलान ।

२०३९ माघ ३ मा पोखरा जेल चलान ।

२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।

२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।

०४३ माघ १२ मा भद्रगोल जेल चलान ।

२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।

तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।

जेलमुक्त भएपछि राजनीतिक जिम्मेवारी बहन

२०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।

२०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।

२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।

२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारी

२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित ।

२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित ।

२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।

२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।

२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।

२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वा्चित ।

विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका महत्वपूर्ण भूमिकाहरुः

२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले

शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको ।

२०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहाँले लिखित

पत्रका माध्यमद्वारा सुझावहरु पठाएको हाल समयक्रमसँगै ती सुझावहरुले दूरगामी प्रभाव पार्दै आएको पुष्टि भएको छ ।

२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको ।

२०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा

कमरेड मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न अहं भूमिका निर्वाह गरेको ।

२०५९ सालमा भएको नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उहाँले प्रस्तुत गरेको वैचारिक

कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूल नीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।

आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएको ।

हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको तथ्य जगजाहेरै छ ।

महत्वपूर्ण कुरा : हाल नेपालको प्रधानमन्त्री, नेकपा एमाले अध्यक्ष तथा संसदीय दलको नेता, २०५१ सालमा गृहमन्त्री, २०६३ मा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री, २०४८, २०५१ र २०५६ मा प्रतिनिधि सभाको सभासद, प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष

को हुन् नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री बन्ने डोरमणि पौडेल ?

Dormani Paudel

प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेलको जीवनी

जन्म र पृष्ठभूमि

काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा २००२ साल चैत १५ गते जन्मनुभएका पौडेल हेटौंडा उपमहानगरपालिका–११, नवलपुरका स्थायी बासिन्दा हुनुहुन्छ । मायानाथ पौडेल र कुलकुमारी पौडेलका २ छोरामध्ये डोरमणि जेठा हुनुहुन्छ । उहाँका ५ दिदीबहिनी हुनुहुन्छ । बिजयलक्ष्मी पौडेलसंग बैबाहिक सम्वन्धमा बाधिनु भएका डोरमणिका प्रदिप पौडेल, नविन पौडेल र सुशिल पौडेल ३ जना छोराहरु हुनुहुन्छ । जेठा छोरा प्रदिप पौडेल काष्ठ उधोग संचालक, महिला नविन पौडेल संगम पब्लिकेशन संचालक तथा कान्छा सुशील पौडेल स्कुल संचालक हुनुहुन्छ ।

विकासका योजनाकार पौडेल २०४९ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयरमा निर्वाचत हुनुभयो । एक दशक मेयर बनेर काम गरेका उहाँलाई अबको पाँच वर्ष प्रदेश नम्बर ३ मुख्यमन्त्री बन्ने अवसर मिलेको छ । २०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लाग्नु भएको थियो । पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि पर्नुभयो । पौडेल एमालेभित्र सधैं केपी ओलीनिकट रहेर काम गरेका नेता हुन् । प्रदेश ३ को मुख्यमन्त्री बनेका पौ‌डेल नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री पनि हुन् सफल भएका छन् ।

शिक्षा

उहाँले प्रारम्भिक शिक्षा  फर्पिङको त्रिभुवन आदर्श बोर्डिङ स्कुलबाट लिनु भएको थियो । उहाँले मानविकी संकायमा स्नातक तहसम्मको शिक्षा हासिल गर्नु भएको छ ।

राजनीतिक यात्रा

२०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उहाँ २०३६ देखि पार्टी राजनीतिमा सक्रिय भएका हुनु भएको थियो । एमाले मकवानपुरका पूर्वजिल्ला सदस्य रहनु भएको उहाँ हाल पार्टी ३ नम्बर प्रदेश कमिटी सदस्य हुनुहुन्छ । पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर बन्नु भयो । उहाँकै पालामा हेटौंडा मुलुककै नमूना नगरपालिका बन्यो । उहाँ २०५४ सालदेखि नेपाल नगरपालिकाका संघको अध्यक्ष पनि हुनुहुन्छ ।

पौडेल ३ नम्बर प्रदेशसभाका ज्येष्ठ सदस्य हुनुहुन्छ । ज्येष्ठ सदस्यको हैसियतमा उहाँले प्रदेशसभा पहिलो बैठकको अध्यक्षता गर्दै सभामुखको भूमिका निर्वाह गर्नुभयो । आफ्ना कुरा प्रस्ट राख्ने पौडेलले जुनसुकै हालतमा पनि हेटौंडालाई यो प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने तर्क गर्दै आउनु भएको छ । उहाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सदस्यमा निर्वाचित हुनु भएको हो ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई चुनाव हराएर मुख्यमन्त्रीको बागडोर सम्हाल्न लागेका डोरमणि पौडेल एमालेभित्र होचो राजनीतिक कदका अग्ला नेता मानिनुहुन्छ । जसरी उहाँको उचाई र उमेरलाई अग्लो मान्न सकिन्छ, त्यसरी नै दिएको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पनि कहिल्यै असफल नहुने अग्ला नेता देखिनुहुन्छ ।

पार्टीमा उहाँ केन्द्रीय कमिटी सदस्यसम्म पनि हुनुभएको छैन तर जनप्रतिनिधिका रुपमा सफल नेताको परिचय स्थापित गर्नु भएको छ । उहाँको क्षमतामा शंका नभएरै एमालेको संस्थापन पक्षले मुख्यमन्त्रीका रुपमा अगाडि सारेको बुझ्न सकिन्छ ।

डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ । यसअघि पौडेललाई मुख्यमन्त्री बनाउन एमालेको सिफारिस र माओवादीको समर्थनपत्र प्रदेश प्रमुख कोइरालालाई बुझाइएको थियो । उहाँ नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री पनि बन्नुभएको छ । नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धनले सरकार गठनको दावी गरे अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

एमाले संसदीय दलका नेता पौडेलले एमालेका ५८ सांसदको हस्ताक्षर सहितको पत्र र माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कटेलको समर्थनपत्र दिउँसो साढे १ बजे प्रदेश प्रमुख कार्यालयमा बुझाएका थिए। नवनियुक्त मुख्यमन्त्री पौडेललाई प्रदेशप्रमुख कोइरालाले प्रदेश प्रमुखको कार्यालयमा सोमबार माघ २९ गते बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ गराएको थियो ।

सरकारी तथा अन्य सेवा

भूमिसुधार कार्यालय दाङ र त्यसपछि सडक विभागमा खरदार भएर केही वर्ष सरकारी जागिरे भएका उहाँ केही वर्ष शिक्षण पेसामा लाग्नु भएको थियो । उहाँले हेटौंडाको नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा २०३२ देखि १० वर्षसम्म पढाउनु भएको थियो । शिक्षक हुँदा उहाँनेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध हुनुहुन्थ्यो ।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसक्नु भएका पौडेल, स्थानीय सरकार तथा सहरहरुको विश्व संस्था (युसिएलजी) का एसिया प्यासिफिक उपाध्यक्ष, सिटीनेटका कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष, सहिद स्मारक विकास समितिको अध्यक्ष समेत हुनुहुन्छ ।

जेल जीवन

उहाँ पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि पर्नु भयो । राजनीतिक मुद्दामा चार पटक कैद सजाय र १८ पटक प्रहरी हिरासतमा पर्नु भएको छ । लामो समय अर्धभूमिगत र भूमिगत बिताउनु भएको थियो । उहाँको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालीन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा बस्नु भएको थियो ।

 

जनमत सर्वेक्षण – बाम गठवन्धनको पार्टी एकिकरणमा ढिला हुनुमा कुन पार्टीको बढी दोष देख्नुहुन्छ ?

party unification of CPNUML and Maiost

जनमत सर्वेक्षण

बाम गठवन्धनको पार्टी एकिकरणमा ढिला हुनुमा कुन पार्टीको बढी दोष देख्नुहुन्छ ?

१. नेकपा एमाले

२. नेकपा माओवादी केन्द्र

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएर सवभन्दा पहिला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुलाई तपाई के भन्नुहुन्छ ?

Sushma Swaraj and KP Oli

जनमत सर्वेक्षण

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएर सवभन्दा पहिला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुलाई तपाई के भन्नुहुन्छ ?

१. ठिक

२. वेठिक

निर्वाचन आयोगले अध्यक्षसंग एमाले आचारसंहिता उल्लंघनको स्पष्टीकरण माग्यो

निर्वाचन आयोग

१३ मंसीर, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आचारसंहिताको उल्लंघन गरी पार्टीको प्रचारमा विज्ञापन छपाएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच राष्ट्रिय दैनिक पत्रिकालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो विषयमा जानकारी दिएको हो ।

नेकपा एमालेले मंगलबार बिहान राजधानीसहित देशका विभिन्न भागबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्विर सहित एमालेका चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिएको सन्देश सहितको विज्ञापन पहिलो पृष्ठमा छपाएको थियो।

आयोगको विज्ञप्तिमा उल्लेख भए अनुसार आयोगले नेकपा एमाले अध्यक्ष ओलीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ,‘आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचार संहिता, २०७२ को दफा ५ को खण्ड (ख १) को उपखण्ड(२) विपरित मिति २०७४।०८।१२ गतेको कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैीनक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानी दैनिक लगायतका पत्रिकामा तहाँ पार्टीका अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यूको तस्विर सहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ। उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिदा यहाँलाई कारवाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएका मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ।

तपाईंलाई कुन पार्टी ठिक लाग्छ ?

तपाईंलाई कुन पार्टी ठिक लाग्छ ?

जनमत सर्वेक्षण – तपाईंलाई कुन पार्टी ठिक लाग्छ ?

१. नेपाली काँग्रेस

नेपाली कांग्रेस

 

 

 

 

 

 

 

२. नेकपा (एमाले)

नेकपा एमाले

 

 

 

 

 

 

 

 

 

३. नेकपा (माओवादी केन्द्र)

नेकपा(माओवादी केन्द्र)

 

 

 

 

 

 

४.  राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी

 

 

 

 

 

५. नयाँ शक्ति पार्टी

नयाँ शक्ती पार्टी, नेपाल

 

 

 

 

 

 

 

 

६. साझा पार्टी

साझा पार्टी

 

 

 

 

 

 

 

७ . विवेकशील नेपाली पार्टी

 

विवेकशील नेपाली

काठमाडौँको मेयरमा कसले जित्ला ?

Candidates of Mayors of Kathmandu

जनमत सर्वेक्षण – काठमाडौँको मेयरमा कसले जित्ला ?

१. विद्यासुन्दर शाक्य – नेकपा (एमाले)

विद्यासुन्दर शाक्य

 

 

 

 

 

 

 

 

 

 

२. राजुराज जोशी – नेपाली काँग्रेस

राजुराज जोशी

 

 

 

 

 

 

 

 

 

 

३. किशोर थापा – साझा पार्टी

किशोर थापा

 

 

 

 

 

 

 

 

 

 

 

४.  रञ्जु दर्शना – विवेकशील नेपाली पार्टी

रञ्जु दर्शना

 

 

राजविराजका भएको झडपका क्रममा ४ जनाको मृत्यु हुनुमा कसको दोष बढी देख्नु हुन्छ ?

राजविराजका भएको झडपका क्रममा ४ जनाको मृत्यु हुनुमा कसको दोष बढी देख्नु हुन्छ ?

१. नेपाल सरकार (नेपाल प्रहरी)

२.  मधेसी मोर्चा

३. नेकपा एमाले

४. वाहिरी चलखेल