महिलालाई मलामी नलानुको कारणहरु

Feneral

महिलालाई मलामी नलानुको कारणहरु ! हिन्दु धर्मको परम्परा अनुसार, मृत शरीरलाई जलाउने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ। तर, किन तपाइलाई थाहा छ ? हामी तपाईँहरूलाई प्राचीनकालमा महिलाहरूलाई किन मलामी लगिदैन थियो भनेर केहि कारणहरूको जानकारी दिन खोज्दैछौ ।

महिलाहरूले विशेष गरी घरघरायसी काम गर्ने र पुरुषहरूले घरबाहिरको काम सम्हाल्ने अधिकांस घर परिवारमा चल्दै आएको प्रथा हो। यो प्राचिन समय देखि नै यसैगरि चल्दै आएको छ। समय बित्दै जाँदा यो नै परम्परा अनि संस्कृति बन्यो। घरायसी काम महिलाले र परिश्रम पनि बढी पर्ने अनि घर बाहिरका काम पुरुषले गर्ने चलन बन्यो।

यसरी नै मलामी जाने पनि पुरुष मात्रको कामको रुपमा चिनिदैँ, गरिदै आयो। महिला मलाली जानु हुन्न वा पुरुष मात्र मलामी जानुपर्ने कहि कतै शास्त्रमा स्पष्ट उल्लेख भेटिँदैन। बिना कारण केवल प्रथा चल्दै आएकाले नै महिला मलामी जान हुन्न भन्ने विश्वास गरिन्छ। प्राचीन कालमा भने महिलालाई मलामी नलानुका कारणहरू यस्ता थिए।

१. आगोको धूप
प्राचीन दिनहरूमा, पुरुषहरूले लासलाई घाटमा लगेर जलाउँदै गर्दा महिलाले घरको काम धन्ना भ्याउनुपर्ने हुन्थ्यो। साथै, घाटमा गएर फर्केका मलामीहरू घर फर्किएपछि आगोको धूपले चोख्ख्याउनुपर्ने हुन्थ्यो र त्यसैलाई तयार पार्नको लागि महिलाहरू घरमै बस्ने गर्दथे।

२. डरलाग्दो दृश्य
लास जलाउने काम कमजोर मुटु भएकाले गर्ने काम होइन। अघि भर्खरसम्म जिउँदै देखेको मानिसलाई अहिले जलाएको हेर्नुपर्दा जस्तो सुकै कठोर मन पनि भक्कानिन्छ। यस्तो भयानक दृश्य महिलाहरूले हेर्न सक्दैनन् भनेर पनि पहिलेपहिले महिलालाई मलामी पठाउँथेनन्।

३. लास जल्ने समय
हिन्दु धर्मअनुसार, कुनै पनि मानिसको अन्तिम संस्कार गर्दा शरीरलाई पुरै रूपमा जलाउनुपर्दछ। कसैको शरीर त केहि घण्टामै जल्दछ भने कसैको निकै समय पनि लाग्न सक्छ। यस्तो अवस्थामा घरमा बालबच्चा अनि गाईवस्तुको हेरचाह गर्नुपर्ने हुनाले पनि त्यतिबेला महिलाहरूलाई घरमै राख्ने गर्दथे।
४. भूतको डर
मसानघाटमा तड्पिएर बसेका आत्माहरूको (भूत) उपस्थिती हुन्छ भनेर विश्वास गरिन्थ्यो, गरिन्छ। यस्ता ‘भूत’ले कमजोर हृदय भएका महिलाहरूलाई आक्रमण गरेर शरीरलाई अधीनमा लिन्छन् भन्ने पनि विश्वास गर्दै आइएको छ। विशेष गरी कुमारी केटिहरूलाई यस्ता भूतले बढि रुचाउने पनि विश्वास गरिन्छ। त्यसैले पनि मसानघाटमा महिलाहरूलाई जान प्रतिबन्ध लगाइएको थियो।

५. संस्कार
‘आँशु’ले आत्माको बाटो छेक्छ। हिन्दु धर्मको संस्कार अनुसार यस्तो पनि विश्वास गरिन्छ। मरेको मान्छेको अन्तिम संस्कार गरिसकेपछि मात्रै आत्माले बिदा पाउँदछ र यदि त्यहाँ एकथोपा पनि आँशु खस्यो भने त्यो आत्मा सँधै त्यहिँ अड्केर बस्दछ। महिलाहरूले सजिलै आफ्नो आँशु रोक्न सक्दैनन् भन्दै मसानघाटमा प्रवेश निषेध गरिएको थियो।

प्रथा र संस्कृति समय अनुसार परिवर्तन गरिनु आवश्यक हुन्छ। परिवर्तन गर्दा सहज अनि अर्थ बोक्ने प्रथा जरुरी हुन्छ। नत्र प्रथा रुढीवादी हुन्छ, काम नलाग्ने हुन्छ अनि प्रथा र संस्कृतिको अर्थ अर्थ्याउन नसक्दा त्यो प्रथामा चलिरहनुको कुनै अर्थ रहदैन। अर्थ जानौँ, ठिक बेठिक, आवश्यक अनावश्यक संस्कृति छुट्याउन सकौँ।

साभार : लाइट नेपाल

आजको बैज्ञानीक युगमा यस्ता  सोचहरुमा परिवर्तन हुनु जरुरी छ । हामी(साईन्स इन्फोटेक समुह)पहिला यस्ता सोचहरुको अध्ययन गर्छौ र त्यसमा लुकेको बैज्ञानीक पक्षको शुक्ष्म बिश्लेषण गरी समाज रुपान्तरणको दिशामा सधै प्रयत्नरत हुनेछौ ।

रुढीबुढीले भनेका र हामीले सुन्दै आएका केहि यस्ता सस्कारहरुमा तिनीहरुमा रहेको व्यवहारिक पक्ष हेर्दा बैज्ञानीक कारण केही केहिमा त पाईएको छ । फेरी आजको बैज्ञानीक युग भन्दै हरेक कुरामा बैज्ञानीक कारण खोज्दै बढी भौतिकवादी हुनु पनि सान्दर्भिक नहोला । समय र परिस्थती अनुसार हाम्रो सोचमा परिवर्तन आउनु जरुरी छ । 

तर जे कारणहरु भएपनि आज नेपालमा महिला र पुरुष अधिकार र क्षमतामा समान हुने क्रममा हुनुका साथै महिलाहरु धेरै सवल र सक्षम पनि भई सकेका छन । यो त हिजोको हाम्रो  सोच थियो । नेपालमा महिलाहरु राष्ट्रपति, प्रधानन्यायधिष तथा सभामुख भईसकेका छन ।

रावणले देखेका स्त्रीका आठ अवगुणहरु

Ravana

रावणले देखेका स्त्रीका आठ अवगुणहरु ! रावण दश शिर भएको लंका भन्ने देशका राजा थिए । वाल्मीकि रामायणको अनुसार रावण सृष्टिकर्ता ब्रम्हाका पनाति पुलस्त्यका नाति र विश्वश्रवा  ऋषिका छोरा हुन् । उनी शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी हुन् । विश्व विजयी रावण वैदिक १० विषय वेदवेदांगका विद्वान थिए । तर पनि अभिमान र नारीको अपमान गरेकाले उनको पतन भयो।

विश्वश्रवाकी वरवर्णिनी र कैकसी नामक दुई पत्नि थिए । वरवर्णिनीले कुबेर लाई जन्माएपछी सौतिने डाह वश कैकसीने अशुभ समयमा गर्भ धारण गरेको कारण रावण तथा कुम्भकर्ण जस्ता क्रूर स्वभाव भएका भयंकर राक्षस उत्पन्न भए ।

हिन्दु धर्मका अनुसार रावण एक खलनायकका रुपमा चिनिन्छन् । रावणले अर्काकी पत्नीलाई अपहरण गरेर बन्दी बनाउने जस्तो भूल गरेका थिए । धेरैले रावणका अवगुणका बारेमा मात्र चर्चा गर्छन र उनका गुणहरुको बारेमा चर्चा हुँदैनन ।

तर, रावण एक महापण्डित थिए । उनको समयमा सारा जगतमा रावण जत्तिकै ज्ञानी कोही थिएनन । भलै यो कुरा धेरै कमैलाई मात्र थाहा थियो । रावणको तपस्यामा बहुतै शक्ति थियो । रावणले आफ्नो कर्तव्य निष्ठापूर्वक पालना गर्दथे । रामचरित मानसमा उल्लेख भए अनुसार महापण्डित रावणले स्त्रीहरुका विभिन्न आठवटा अवगुणहरुको बारेमा बताएका थिए ।

पहिलो अवगुण :

रावणले बताए अनुसार स्त्रीहरुमा ‘बहुतै ज्यादा साहस’ हुनु पहिलो अवगुण हो । साहस हुनु राम्रो कुरा हो तर, महिलाहरु आफूमा रहेको साहसको प्रायः गलत स्थानमा प्रयोग गर्छन ।

. दोश्रो अवगुण :

रावणका अनुसार महिलाहरुको दोश्रो अवगुण महिलाहरुमा रहेको ‘निरन्तर झुठ बोल्ने बानी’ हो । यस्तो पनि होइन कि महिलाहरु हरेक क्षण झुठ बोल्छन । तर, उनीहरु विभिन्न कुरा लुकाउन धेरैजसो झुठको सहारा लिन्छन ।

. तेश्रो अवगुण :

रावणका अनुसार महिलाको तेश्रो अवगुण ‘पुरुषको तुलनामा एकदमै बढी चन्चल हुनु’ हो । रावणले भनेका छन्, महिलाहरुको मन लामो समयसम्म एउटै विषयमा रहँदैन । केही समयमा नै महिलाहरु आफैले बोलेको कुरामा अडिन सक्दैंनन । जसको कारणले परिस्थिति अस्थिर हुन्छ र विभिन्न समस्या उत्पन्न हुन्छन ।

.चौंथो अवगुण :

रावणले महिलाको चौथो अवगुण ‘महिलाहरुको माया रच्ने अवगुण’ भनेका छन् । उनका अनुसार महिलामा रहेको एक कला हो । यो बाट आफ्नो स्वार्थका लागि महिलाहरु जान्दछन कि कुन समयमा के गर्नुपर्छ भनेर ।

. पाँचौ अवगुण :

रावणका अनुसार महिलाहरुको पाँचौं अवगुण उनीहरु एकदमै डरछेरुवा हुनु हो । उनका अनुसार महिलाहरु एकदमै छिटो डराउँछन । अचानक स्थिति परिवर्तन भयो भने अगाडि के हुने हो भन्ने डर महिलामा हुने गर्छ ।

. छैठो अवगुण

 रावणले बताए अनुसार ‘मूर्खता’ महिलाहरुको छैठौं अवगुण हो । महिलाहरु भलै एकदमै जेज दिमाग र बुद्धिमान हुन्छन । तर, उनीहरुमा कतिपय अविवेकका अवगुणहरु हुन्छन । जसका कारण बिना सोच समझ महिलाहरु निर्णय लिन्छन र ठूलो समस्यामा पर्छन ।

. सातौ अवगुण :

‘निर्दयता’ रावणले भने अनुसार महिलाहरुमा रहेको सातौं अवगुण हो । महिलाहरु दया पक्कै गर्छन । तर, जुन कुरामा उनीहरुलाई दया आउँदैन । त्यसमा उनहिरु भविष्यमा पनि कहिल्यै दया देखाउँदैनन । यसलाई उनीहरुको हठ नै मान्नुपर्छ ।

आठौं अवगुण :

‘अपवत्रितता’ माफ गर्नुहोला, यो कुराले पक्कै पनि तपाईलाई दुख लाग्यो होला । तर, रावणका अनुसार महिलाहरु अपवित्र हुने गर्दछन । उनीहरुमा सर–सफाईको अभाव रहने पनि रावणले बताएको रामचरित मानसमा उल्लेख छ ।

यी बानीले कहिल्यै धनी बन्न दिँदैनन्, हटाउनुहोस यस्ता बानी र बन्नुहोस् सम्पन्नशाली

Wealthy

यी बानीले कहिल्यै धनी बन्न दिँदैनन्, हटाउनुहोस यस्ता बानी र बन्नुहोस् सम्पन्नशाली ! परम्परालाई धान्न र समाजमा असल शासन मार्फत राम्रा कुराहरको अनुसरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागी शास्त्रले मुख्य भुमीका निर्वाह गर्छ । पहिले पहिले शास्त्रलाई नै मुख्य दिशा निर्देशकका रुपमा मान्ने गरिन्थ्यो । यद्यपी अहिले पनि शास्त्रको मूल्य र मान्यता पहिले जत्तिकै छ । शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौ । जसले हामीलाई धनि बन्न दिदैन । थाहा पाउनुहोस् ति बानी र त्यसबाट बच्ने उपाय ।

१. बाथरुम सफा राख्नुपर्छ। शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ। बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नुपर्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राखौ ।

२. थालमा खाना नछोडनुहोस । शास्त्रका अनुसार थालमा खाना छोडनु हुदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ । यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्यि बढ्छ ।

३. कहिले काँही हामीले घरको स सानो काम पनि ध्यान दिदैनौ । तर शास्त्रका अनुसार यो महत्वपूर्ण हुन्छ । यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउछ त्यसैले सधैँ बिस्तारा सफा गर्नु पर्छ ।

४. शास्त्रकाअनुसार बिस्तारा सधै बिहानमा नै सफा गर्नुपर्छ । रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ ।

५. घरको आसपास थुक्नाले दरिद्रता आउछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउछिन । त्यसैले बाटो वा घरको आसपास थुक्न हुदैन ।

६. शास्त्रकानुसार सूर्यास्त पछि झाडु लगाउन हुदैन । यस्तो गर्नु असुभ मानिन्छ । शास्त्रका अनुसार सूर्यास्त पछाडि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।

७. आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ ।

साभार : मिडिया एनपी

राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु

simple-rules-for-a-good-sleep

एजेन्सी। राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु । दिनभरको थकानपछि अवश्य पनि शरिरलाई आराम चाहिन्छ । तर केही मानिसमा दिउसो खाना खाने वित्तिकै निदाउने बानी हुन्छ । दिउसको निदका कारण आफ्नो कार्यकक्ष वा कार्यक्रम स्थलमा नै उँघ्दा कति हसिमजाकका पात्र समेत हुने गरेका छन् । खास गरी कार्यलय नजाने र व्यस्त जीवनशैली नभएका मानिस बिहानीको खाना खाएपछि सुत्ने गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

केही मानिसलाई राती निन्द्रा नलाग्ने समस्या हुन्छ । अव्यबस्थित रुपमा सुत्ने मानिसलाई रातको निन्द्रा नलाग्ने विज्ञहरु बताउँछन् । राती सुत्नुभन्दा अगाडि तलका सामान्य नियम पालना गर्नुपर्छ।
आँखा धुनेः सुत्नुअघि राम्रोसँग आँखा सफा गर्नुपर्ने बिज्ञहरु बताउँछन् । आखा सफा गर्दा आँखामा भएका फोहर हराउनुका साथै आँखा सम्बन्धि अन्य समस्याबाट पनि मुक्त गर्छ ।

दाँत माझ्नेः सुत्नुअगाडि दाँत सफा गर्दा तपाईलाई स्वच्छ बनाउँछ । खाना खाएपछि मुख गन्हाउने र खानाका टुक्रा मुखभित्र अल्झिने भएकोले मुख दुर्गन्धित हुने गर्छ । तसर्थ सुत्नुअगाडि दाँत माझ्दा दाँतमा अल्झिएका खानाका टुक्रा हट्ने र राती स्वाश गन्हाउने समस्या पनि समाधान हुन्छ ।

कमेडी सो वा कार्टुन हेर्नेः राती सुत्नुअगाडि कहिल्यै पनि निराशजनक र अपराधजन्य कार्यक्रम नहेर्नुहोस् । बरु कमेडी सो वा कार्टुन हेर्नुहोस्, ताकि तपाईले पर्याप्त मनोरन्जन पाउनुहुन्छ ।  सुत्ने समयमा खाटमा प्रशन्न मुद्रामा सुत्नुहोस् र कहिल्यै पनि निराश नबन्नुहोस् । प्रशन्न मुद्रामा सुत्दा सपना पनि राम्रो देख्नुहुन्छ ।

उत्प्रेरक पुस्तक पढ्नुहोस्ः सुत्नुअगाडि सनसनीपूर्ण र उत्तेजक पुस्तक नपढ्नुहोस् । बरु उत्प्रेरणा दिने र सकरात्मक सन्देश दिने पुस्तक पढ्नुहोस् । यसले तपार्इंलाई आशाबादी बनाउँछ र मस्त निन्द्रा लाग्छ ।

प्रार्थना गर्नुहोस्ः आफ्नो धर्म अनुशार भगवानलाई पनि सम्झनुहोस् । तपाईं प्राप्त सुविधा र अमनचयन प्रति भगवानसमक्ष कृतज्ञता व्यक्त गर्न कन्जुस्याइँ नगर्नुहोस् । जीवनमा आईपर्ने जुनसुकै कठिनाईसँग जुध्न सहास बटुल्न प्रयत्न गर्नुहोस् । यस प्रयत्नले चिन्तामुक्त गराउँछ ।

ध्यान गर्नुहोस्ः त्यसको ध्यान जीवनको अभिन्न पाटो हो । ध्यान गर्ने मानिस सामान्यतया चिन्तित देखिदैनन् । तसर्थ सुत्नुअघि ओछ्यानमा सुतेरै भए पनि विपश्यना लगायतका ध्यान अभ्यास गर्नुहोस् । नाकबाट श्वास आएको र श्वास गएको प्रक्रियालाई अवलोकन गर्नुहोस् । श्वास लिएको र फालेको कार्यलाई अवलोकन गर्नुहोस् ।

स्रोत : स्वास्थ्य खवर पत्रीका

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

Why don't put the dirty utensils in Kitchen in night ?

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ? ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।

१  राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस । भान्सा कोठामा पानी भरेर राख्दा    ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरु खुल्दछन् ।
२. घरको मुख्य ढोका अगाडी फोहोर कहिले नराख्नुहोस,भनिन्छ यसो गर्नाले छिमेकी शत्रु बन्न पुग्छन्।
३. खाना खाएपछि भान्सा कोठामा जुठो भाडा कहिले नराख्नुहोस् । यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भएपनि      राख्नुहोस् तर जुठो नराख्नुहोस् । जुठो राख्नाले धन हानी हुन्छ ।
४. सुर्यास्तको समयमा कसैलाई पनि दुध,दही या प्याज नदिनुहोस् । यसो गर्नाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।
५. सुत्ने ओछ्यानमा बसेर खाना कहिले नखानुहोस् । यसले घरमा अशान्ति निम्त्याउँछ ,साथ साथै ऋण लाख्दछ।
६. घरमा बनाईएको पुजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधै कलशमा पानी भरेर राख्नुहोस । यसो गर्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।

यी लक्षणहरु देखिएमा सम्झनुहोस तपाईको भाग्य चम्किदैछ

लक्ष्मी

लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। हाम्रो जीवनमा लक्ष्मीले कहिले कति बेला कृपा गर्नुहुन्छ, भन्ने बारे हामीलाई थाहा हुदैन।  हिन्दु शास्त्रमा यी  लक्षणहरु देखिएमा सम्झनुहोस तपाईको भाग्य चम्किदैछ  ।

१. यदि तपाईले सपनामा हरियाली, पानी र लक्ष्मीको वाहान उल्लु देख्नुभयो भने सम्झिनुस तपाइको भाग्य चम्किंदै छ ।

२. अकास्मत तपाइको घर अफिसमा उल्लु आउँछ भने तपाइलार्इ चाडै नै धन लाभ हुदैछ, भन्ने संकेत हो ।

३. तपाईले सपनामा पहेलो सुनजस्तै सर्प तथा सेतो सर्प देख्नु हुन्छ भने भुझ्नुस तपाईको छिट्टै धनि बन्ने योग रहेको छ ।

४. धनकी देवी लक्ष्मीको पूजा शुक्रवारको दिन गरीन्छ, यदि हजुरलाई त्यस दिन कुनै केटिले सिक्का दिइन् भने तपाईले चाडै नै प्राप्त गर्नु हुनेछ ।

५. धर्म शास्त्रका अनुसार धन र सर्पको बीच नजिकको सम्बन्ध हुने बताएको छ। यदि हजुरले आफ्नो घरको वरपर कतै सेतो रंगको सर्प देखीयो त्यहाँ आसपासमा केही विशेष खालको खजानाहुनसक्ने सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली ?

समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली ?

ज्योतिशास्त्रको एउटा शाखा समुन्द्र विज्ञानमा शरीरमा भएका चिन्हका आधारमा ब्यक्तिको भविष्यको विश्लेषण गरिन्छ । शरीरमा पाइएका यस्ता निशानाहरु हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउँछन् । समुन्द्रशास्त्रमा सुकन्या यानेकी सुन्दर युवतीका बारेमा पनि उल्लेख छ । यस्ती कन्या एकदमै भाग्यशाली हुन्छन् । जसका भाग्यका आधारमा पति र परिवार सुखमय हुनुका साथै धनवान पनि हुन्छ  समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली पहिचान यसरी गर्न सकिन्छ  ।

१. जुन स्त्रीका आँखा मृगनयनी र सेतो भागको अन्तमा रातो लागेको हुन्छ, त्यस्ता युवती अत्यन्तै भाग्यशाली र सुखभोग गर्ने हुन्छन् ।

२. जसको जिब्रो रातो र कमलो हुन्छ । यस्ता युवती आफू सुखभोग गर्ने र परिवारलाई पनि सुख दिने खालका हुन्छन् ।

३. जुन स्त्रीको नाइटो गहिरो र भित्रबाट उठेको हुँदैंन्, त्यस्ता युवतीहरुको जीवन सुखमय हुन्छ ।

४. नाकको अग्रभागमा कोठी हुने युवती धन भरिपूर्ण हुन्छन् । उनीहरु धनमान्य जीवन जीउछन् ।

५. युवतीको पैतालामा कमलको चक्र र शंखको चिन्ह हुनुलाई एकदमै शुभ मानिन्छ । यस्ता युवतीका श्रीमान उच्च अधिकारी, ठूला ब्यापारी र बरिष्ठ राजनेता हुन्छन्, यी स्वयं पनि उच्च तहमा रहन्छन् ।

६. जुन युवतीको बुढी औंला सर्पआकारको हुन्छ त्यस्ता युवतीहरु धनी हुन्छन् । यस्ता युवतीहरुमा सदैव भगवानको कृपा रहन्छ ।

७. पैतालामा त्रिकोणको चिन्ह भएका युवतीहरु चतुर हुन्छन् । यिनीहरु आफ्नो बुद्धि र समझदारीले परिवारलाई खुशीसाथ राख्छन् ।

८. नाइटोको तल कोठी हुने युवतीहरु भाग्यमानी र पूरा जीवन सुखका साथ बिताउने मानिन्छ ।

९. समुन्द्रशास्त्रकाअनुसार जुन युवतीहरुको बुढी औला उठेको हुन्छ वा गोलो अथवा रातो हुन्छ त्यस्ता युवतीहरु अत्यन्त भाग्यशाली हुन्छन् । यदि बुढी औला लामो भएमा जीवनमा धेरै कष्टको समान गर्नुपर्ने मानिन्छ ।

शरीरको कुन अंग फरफराउँदा कस्तो संकेत गर्छ ?

शरीरको कुन अंग फरफराउँदा कस्तो संकेत गर्छ ?

मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशिल हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरिरले पहिले देखी नै आशंका समेत गर्ने गर्दछ । शरिरको विभिन्न अंग फरफराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ भन्ने जनविश्वास छ । समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फरफराउँदा भविष्यमा कस्ता घटना घट्न सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको हुन्छ । शरीरको अंगहरू फरफराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाका बारे संकेत गर्ने गर्छ । वर्तमान समयमा यी कुराहरू विश्वास गर्न निकै कठिन हुने भएपनि यसलाई पुरै वेवास्ता भने गर्न सकिन्न । थाहा पाईराखौ शरीरको कुन अंग फरफराउँदा कस्तो संकेत गर्छ ?

१. समुन्द्र शास्त्रका अनुसार जुन व्यक्तिको चिउडो फडफडाउँछ, उक्त व्यक्तिलाई स्त्री खुस मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

२. टाउकोको अलग-अलग भाग फरफराउँदा त्यसले पनि फरक-फरक संकेत गर्छ । निधार फरफराउँदा भौतिक खुस भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फरफराउँदा तपाईले राखेको इच्छाहरू पुरा हुन सक्छ ।
३. दाहिने आँखाको आँखीभौ र आँखा फरफराउँदा तपाईले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फरफराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फरफराए शारीरिक कष्ट हुने गर्छ ।
४. दुवै गाला फरफराउँदा भने धन प्राप्त हुन्छ ।
५. यदी तपाईको ओठ फरफराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फरफराउँदा भने छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।
६. दाहिने काँध फरफराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फरफराउँदा सफलता प्राप्त हुने  तर, यदी दुवै काँध फरफराए झगडाको सम्भावना बढ्छ ।
७. यदी हात फरफराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औला फरफराए साथीहरूसँग भेट हुने बताएका छन् ।

 ८. ढाड फरफराए केही विपदको सम्भावना रहन्छ ।
९. छाती फरफराउँदा साथिसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फरफराए झगडा हुने सम्भावना रहन्छ ।
१०. दाहिने खुट्टा फरफराए कठिनाईको सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फरफराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

 

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

मन पराएको केटी

कामुकता भित्र मानवको जैविक, सामाजिक, साम्कृतिक, व्यावहारिक, मनोवैज्ञानिक, चिकत्सकिय आदि सबै विषयहरू पर्दछन्। कामुकताले मानव जिवनका महात्वपुर्ण पक्षहरूलाई समेटेको हुन्छ। हस्तरेखा विज्ञानले हातका रेखा मात्र नभएर शरीरका अन्य अंगमा हुने बनावट र चिन्हको बारेमा पनि चर्चा गरेको छ । समुन्द्र शास्त्र पनि भनिने यो शास्त्रले शरीरमा हुने कोठी र मुसाको अर्थ समेत बताएको छ । शरीरका कतिपय अंगमा भएका कोठीले त्यस्ता ब्यक्ति अत्याधिक कामुक हुने संकेत गर्छ ।  समुन्द्र शास्त्र अनुसार  ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्।

१. यदि ओंठमा कोठी छ भने यस्ता ब्यक्ति अत्याधिक कामुक हुन्छ । माथिल्लो ओंठमा हुने कोठीलाई कामदेवको बास नै मानिन्छ । यस्तो कोठीले अत्याधिक कामुकताको संकेत दिन्छ ।

२. शुक्र पर्वत अर्थात हत्केलाको बुढी औंलाको फेंदमा कोठी छ भने त्यस्ता ब्यक्तिमा पनि अत्याधिक कामुक हुन्छन् । उनीहरुको धेरै ब्यक्तिसँग प्रेम र यौन सम्बन्ध हुन सक्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

३. दायाँ आँखामा कोठी भएमा यस्ता ब्यक्ति पनि कामुक हुने समुन्द्र शास्त्रमा उल्लेख छ ।

४. गुप्ताङ्गमा कोठी हुनेहरु पनि अत्याधिक कामुक मानिन्छ । समुन्द्र शास्त्र भन्छ- यस्ता ब्यक्तिको यौन क्षमता भने छिटै कमजोर  हुन्छ ।

५. तिग्रामा कोठी हुनु पनि कामुकताको प्रतिक मानिन्छ । तिग्रामा कोठी हुने पनि अत्याधिक कामुक हुने समुद्र शास्त्रमा उल्लेख छ ।

भाग्यमानी युवतीका १२ लक्षणहरु

सधै जवान देखिने तरिकाहरु

भाग्य भएपछि चाल्नुमा दुध दुहुँदा पनि अडिन्छ, तालुमा आलु फल्छ भनिन्छ ।  समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् । उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख गरिएको छ । भाग्यमानी युवतीका १२ लक्षणहरु हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ ।

१.  समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२. कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

३. गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।

६. आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

७. आँखाको कुनामा लालिमा हुनु र नानी गहिरो कालो हुने तथा अन्य भाग सेतो आँखा भएका कन्या लक्षणले भरीपूर्ण मानिन्छन् ।

८. हातमा हाड जोडिएको स्थान नदेखिने युवती भाग्यमानी हुने मानिन्छन् ।

९. लामो र कोमज तथा रौं रहित हात भएका कन्यालाई उच्च श्रेणीमा राखिएको छ । छोटों हात भएका कन्या दुर्वल मानिन्छन् ।

१०. चिल्ला, गोला र उठेका नङ हुने कन्या लक्षण भएका मानिन्छन् ।

११. समुन्द्र शास्त्र अनुसार खुट्टाका पैताला राता हुने कोमल र चिल्ला हुने कन्यालाई शुभ लक्षणयुक्त मानिन्छ ।

१२. समुन्द्र शास्त्र भन्छ सामान्य भन्दा बढी लामा औंला हुने युवतीलाई विश्वास गर्दा विचार पुर्‍याउनु पर्छ । गृहस्ती जीवन बसाउँदा यस्ता युवतीसँग बसाउनु राम्रो मानिँदैन ।