यी ५ लक्षणहरु देखिएमा सम्झनुहोस तपाई चाडै धनी बन्नुहुनेछ

यी ५ लक्षणहरु देखिएमा सम्झनुहोस तपाई चाडै धनी बन्नुहुनेछ

लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। हाम्रो जीवनमा लक्ष्मीले कहिले कति बेला कृपा गर्नुहुन्छ, भन्ने बारे हामीलाई थाहा हुदैन।  हिन्दु शास्त्रमा यी ५ लक्षणहरु देखिएमा सम्झनुहोस तपाई चाडै धनी बन्नुहुनेछ भन्ने कुराको सकेंत गर्दछ । तपाइँले आफ्नो भाग्य चम्कीन लागेको सकेंत थाहा कसरी थाहा पाउन जानि राख्नुस यस्ता छन् सकेंतहरु ।

१. यदि तपाईले सपनामा हरियाली, पानी र लक्ष्मीको वाहान उल्लु देख्नुभयो भने सम्झिनुस तपाइको भाग्य चम्किंदै छ ।

२. अकास्मत तपाइको घर अफिसमा उल्लु आउँछ भने तपाइलार्इ चाडै नै धन लाभ हुदैछ, भन्ने संकेत हो ।

३. तपाईले सपनामा पहेलो सुनजस्तै सर्प तथा सेतो सर्प देख्नु हुन्छ भने भुझ्नुस तपाईको छिट्टै धनि बन्ने योग रहेको छ ।

४. धनकी देवी लक्ष्मीको पूजा शुक्रवारको दिन गरीन्छ, यदि हजुरलाई त्यस दिन कुनै केटिले सिक्का दिइन् भने तपाईले चाडै नै प्राप्त गर्नु हुनेछ ।

५. धर्म शास्त्रका अनुसार धन र सर्पको बीच नजिकको सम्बन्ध हुने बताएको छ। यदि हजुरले आफ्नो घरको वरपर कतै सेतो रंगको सर्प देखीयो त्यहाँ आसपासमा केही विशेष खालको खजानाहुनसक्ने सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

 

महाभारतका कर्णका प्रेरणादायी कुराहरु

कर्ण एक बहादुर धनुर्धारी र इमानदार मित्र र असीम दानी थिए। कर्णको जन्म क्षत्रिय वंशमा भएको थियो। उनकी आमा राजकुमारी कुन्ती थिइन्। उनको जन्म आफ्नी आमाको विवाहपूर्व नै भएकाले बच्चालाई एउटा टोकरीमा राखी गंगामा बगाइदिइन्। एउटा माझी परिवारले सो बच्चा फेला पारेर आफ्नै सन्तान जस्तो गरी हुर्काइन्। उनी  महाभारत ग्रन्थमा अभागी पात्र ‘कर्ण’लाई पनि मानिन्छ। उनले सबै सामुन्ने आफ्नो पुरुषत्व देखाउन भनेपछि परेनन्।  ‘कर्म’मा विश्वास राख्ने कर्णले आफ्नो जीवन साहसी र आत्मनिर्भर भएर बाँचे। जस्तोसुकै विषम परिस्थितिबाट पनि उनी भागेनन्, बरु उनले सदगुण र वीरताको साथमा लागेर ती परिस्थितीको सामना गरे।

महाभारतका महायोद्धा कर्णका केहि यस्ता विशेषताहरू छन्, जुन हाम्रो जीवनको लागि पनि एकदमै प्रेरणादायी छन्ः

१. सबैभन्दा शक्तिशाली योद्धा

महाभारतका सबै योद्धाहरूमध्येमा कर्ण सबैभन्दा शक्तिशाली थिए। उनी अर्जुन भन्दा पनि शक्तिशाली थिए, त्यसैले कर्णलाई हराउनको लागि अर्जुनलाई पनि हम्य-हम्य परेको थियो। कुरुक्षेत्रको युद्धमा, इन्द्र र श्रीकृष्णको सहयोगमा नै पाण्डवहरूले कर्णलाई हराउन सकेका थिए।

२. दानी

सुर्यपुत्र कर्ण जन्मिँदा सुनको कवच र कुण्डलसँगै जन्मिएका थिए, जसको कारणले उनलाई कसैले पनि हराउन सक्दैनथे। इन्द्रलाई यो कुरा थाहा थियो कि कर्ण एकदमै दानी छन्। यहि कमजोरीको फाइदा उठाएर इन्द्रले एक भिक्षुको भेष धरे र कर्णसँग उनको कवच र कुण्डल मागे। इन्द्रको जालझेल थाहा पाएर पनि कर्णले उनलाई आफ्नो कवच र कुण्डल झिकेर दिए। उनको यस्तो स्वभाव देखेर इन्द्रले पनि कर्णलाई एकदमै शक्तिशाली अस्त्र ‘शक्ति’ दिए।

३. शस्त्र-अस्त्रको ज्ञान

कर्णका गुरु ‘परशुराम’ले उनलाई सबै किसिमका शस्त्र-अस्त्रको ज्ञान सिकाएका थिए। कर्ण पनि अति नै बुद्धिमानी थिए र यस्ता शस्त्र-अस्त्रको प्रयोग गर्नमा अर्जुनभन्दा माहिर थिए।

४. परोपकारी

दान, धर्म र परोपकारको लागि कर्ण कहिल्यै पनि पछि परेनन्, चाहे त्यो जतिसुकै महङ्गो किन नहोस्। अर्जुनले हराएपछि मृत्युको प्रतिक्षा गरिरहेका कर्णको छेवैमा इन्द्र र सूर्यले भिखारीको भेष धरेर भिख माग्न आए। आफू सँग केहि नभएको कुरा कर्णले ती भिखारीहरूलाई सुनाएपछि, उनीहरूले कर्णको सुनको दाँत मागे। केहि कुरा नसोँची कर्णले पनि ढुङ्गाले आफ्नो दाँत फुकालेर ती भिखारीहरूलाई दिए।

५. कुन्तीप्रतिको सम्मान

कुरुक्षेत्रको युद्ध हुनुभन्दा केहि क्षण अगाडि कर्णलाई कुन्तीले आफ्नो वास्तविकता बताइन्- उनी नै कर्णकी माता हुन्। त्यसैले पाण्डवहरूमा सबैभन्दा जेठो छोरा कर्ण नै भएकोले कुन्तीले कर्णलाई पाण्डवहरूको साथ दिन आग्रह गरिन्। तर, कर्णले आफ्नो मित्र दुर्योधनलाई धोका दिन चाहेनन्। त्यसैले उनले अर्जुन बाहेक अरू पाण्डवहरूलाई नमार्ने कुन्तीसँग वाचा गरे।

६. नैतिकवान

श्रीकृष्णले पनि कर्णलाई पाण्डवको साथ दिन आग्रह गरेका थिए। साथै उनको लागि एउटा सिङ्गो राज्य पनि दिन तयार थिए। तर कर्णले सम्पत्तीको लोभ गरी आफ्नो नैतिकता र मित्रतालाई छोडेनन्।

७. कर्णसँग पाँचै पाण्डवको गुण थियो

अति बुद्धिमानी, नैतिकवान, शस्त्र-अस्त्र विद्यामा माहिर, शक्तिशाली र सुन्दर थिए कर्ण। यी पाँच गुण पाँच पाण्डवलाई बाँडिएको थियो, तर कर्णसँग ती पाँचै गुण थियो।

 

वेदहरूको महत्व

हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म-ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव-जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरूभन्दा प्राचीनतम कुनै पुस्तक छैन। आर्य-भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायक सिद्ध भएको छ ।

वेद सनातन धर्मकाे सबैभन्दा पुरानाे धर्मग्रन्थ मात्र हाेइन मानव सभ्यताकै सबैभन्दा पुरानाे पुस्तक पनि यही हाे । वेद विद शब्दबाट बनेकाे हाे जसकाे अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसकाे अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएकाे ज्ञान भन्ने हुन अाउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएकाे ज्ञान मार्ग । वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताकाे सबैभन्दा पुरानाे लिखित दस्तावेज हाे । वेदका २८ हजार पाण्डुलिपिहरू भारतकाे पुणे स्थित भण्डारकर अाेरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएकाे छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलार्इ युनेस्काेले अाफ्नाे सम्पदा सूचीमा समावेश गरेकाे छ ।

युनेस्काेले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलार्इ अाफ्नाे सांस्कृतिक धराेहरका रूपमा समावेश गरेकाे छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्काेका १५८ सांस्कृतिक धराेहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्याे सूचीमा सामेल भएका छन् । वेदलार्इ श्रुति पनि भनिन्छ । श्रु धातुबाट श्रुति बनेकाे छ । श्रु अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिराे तपस्यामा लीन भइरहेकाे समयमा यी मन्त्रहरू उनीहरूलार्इ स्वयं र्इश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम र्इश्वरले चार जना ऋषिहरूलार्इ वेदकाे ज्ञान दिएः अग्नि, वायु, अंगिरा र अादित्य । वेद वैदिककालीन वाचिक परम्पराकाे अनुपम कृति हाे जुन पछिल्लाे छ सात हजार इसा पूर्वबाट चलिरहेकाे छ । विद्वानहरूले संहिता, ब्राह्मण, अारण्यक र उपनिषद् यी चारकाे संयाेगलार्इ वेद भनेका छन् । यी चार भागलार्इ संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् ।

वेदकाे संहिता भनेकाे मन्त्र भाग हाे । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदकाे सस्वर पाठ गर्छन् त्याे सुनेर चित्त प्रफुल्ल हुन्छ। जसले सस्वर वेद पाठ सुन्छन् ती पनि मुग्ध हुन्छन् । वेदकाे ब्राह्मण भागमा यज्ञकाे बारेमा चर्चा गरिएकाे छ । यसमा वेदका मन्त्रहरूकाे व्याख्या गरिएकाे छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएकाे पाइन्छ । मुख्य ब्राह्मण ग्रन्थहरू यसप्रकार छः एेतरेय, तैत्तिरीय र शतपथ । अारण्यक पनि वेदकाे एक महत्वपूर्ण हिस्सा हाे । संस्कृतमा वनलार्इ अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै अारण्यक अन्तर्गत पर्दछन् । पाँच मुख्य अारण्यक यसप्रकार छन्ः एेतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार ।

उपनिषद वेदकाे शीर्ष भाग हाे । साथै उपनिषद वेदकाे सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलार्इ वेदान्त पनि भनिन्छ । यसमा र्इश्वर, सृष्टि र अात्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक वर्णन गरिएकाे छ । उपनिषदहरूकाे वास्तविक संख्या ११८० मानिन्छ तर हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद् यसप्रकार छन्ः र्इश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, एेतरेय, छान्दाेग्य,बृहदारण्यक र श्वेताश्वेर । असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, अारण्यक र उपनिषदहरू लाेप भइसकेका छन् । हाल अाएर ऋग्वेदका दस, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका साेह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् ।

प्राेफेसर विन्टरनिट्जले वैदिक साहित्यकाे रचनाकाल २००० देखि २५०० इसा पूर्व मानेका छन् । तर खासमा वेदकाे रचना कुनै एक निश्चित कालखण्डमा भएकाे हाेइन । अर्थात् याे त बिस्तारै बिस्तारै रचना हुँदै गयाे र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियाे जसमा ऋग्वेद, सामवेद र यजुर्वेदकाे संकलन भयाे । यसलार्इ वेदत्रयी पनि भनिन्छ । सनातन मान्यता अनुसार वेदकाे विभाजन रामचन्द्रकाे जन्मपूर्व पुरूरवा ऋषिकाे समयमा भएकाे हाे । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदकाे रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णकाे समय द्वापर युगकाे समाप्तिपछि महर्षि वेदव्यासले वेदलार्इ चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् ।

वेदव्यासले चार भागकाे शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलार्इ दिए । त्यस क्रममा उनले पैललार्इ ऋग्वेद, वैशम्पायनलार्इ यजुर्वेद, जैमिनीलार्इ सामवेद तथा सुमन्तुलार्इ अथर्ववेदकाे जिम्मेवारी दिए । यसकाे अाधारमा भन्दा वेद लिखित रूपमा अाजभन्दा ६५०८ वर्ष पुरानाे ग्रन्थ हाे । यसलार्इ पनि साेझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण अाजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएकाे तथ्य फेला परिसकेकाे छ । वेदका चार विभाग छन्: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग-स्थिति, यजु-रूपान्तरण, साम-गति‍शील र अथर्व-जड । ऋक भनेकाे धर्म, यजुः भनेकाे मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रकाे रचना भएकाे हाे ।

के हो वेद ?

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो। वेद शब्द संस्कृत भाषाको “विद्” धातु बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेदहरू लाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले इनको एक अर्का बाट सुनेर सम्झना राखियो यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चार-पाँच हजार वर्ष देखि चली आइ रहेको छ। वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।

हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म-ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव-जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरूभन्दा प्राचीनतम कुनै पुस्तक छैन। आर्य-भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायक सिद्ध भएको छ । वेद सनातन धर्मकाे सबैभन्दा पुरानाे धर्मग्रन्थ मात्र हाेइन मानव सभ्यताकै सबैभन्दा पुरानाे पुस्तक पनि यही हाे ।

वेद विद शब्दबाट बनेकाे हाे जसकाे अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसकाे अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएकाे ज्ञान भन्ने हुन अाउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएकाे ज्ञान मार्ग । वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताकाे सबैभन्दा पुरानाे लिखित दस्तावेज हाे । वेदका २८ हजार पाण्डुलिपिहरू भारतकाे पुणे स्थित भण्डारकर अाेरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएकाे छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलार्इ युनेस्काेले अाफ्नाे सम्पदा सूचीमा समावेश गरेकाे छ । युनेस्काेले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलार्इ अाफ्नाे सांस्कृतिक धराेहरका रूपमा समावेश गरेकाे छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्काेका १५८ सांस्कृतिक धराेहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्याे सूचीमा सामेल भएका छन् ।

वेदलार्इ श्रुति पनि भनिन्छ । श्रु धातुबाट श्रुति बनेकाे छ । श्रु अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिराे तपस्यामा लीन भइरहेकाे समयमा यी मन्त्रहरू उनीहरूलार्इ स्वयं र्इश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम र्इश्वरले चार जना ऋषिहरूलार्इ वेदकाे ज्ञान दिएः अग्नि, वायु, अंगिरा र अादित्य । वेद वैदिककालीन वाचिक परम्पराकाे अनुपम कृति हाे जुन पछिल्लाे छ सात हजार इसा पूर्वबाट चलिरहेकाे छ । विद्वानहरूले संहिता, ब्राह्मण, अारण्यक र उपनिषद् यी चारकाे संयाेगलार्इ वेद भनेका छन् । यी चार भागलार्इ संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदकाे संहिता भनेकाे मन्त्र भाग हाे । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदकाे सस्वर पाठ गर्छन् त्याे सुनेर चित्त प्रफुल्ल हुन्छ।

 

के हो उपनिषद ?

उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजीक आसनमा बस्नु । के हो उपनिषद ? उपनिषदहरुलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरुलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरुलाई आरण्यक पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्यविद्या पनि भनिन्छ । उपनिषदहरु हिन्दु र बौद्ध अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ । सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा इस्लाम धर्मको सेतुको रूपमा पनि मान्न सकिन्छ।

सबैभन्दा लामो बृहदारण्यक उपनिषद्, सबैभन्दा पुरानो छान्दोग्य उपनिषद्, र सबैभन्दा सानो माण्डूक्य उपनिषद् हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो वैदिक सँस्कृत भन्ने गरिन्छ। पुराना उपनिषद्हरू मध्ये ऐतरेय र कौषीतकि ऋग्वेद सँग सम्बन्धित छन् भने केन तथा छान्दोग्य उपनिषद् सामवेद सँग सम्बन्धित छन्। त्यस्तै ईश, तैत्तिरीय र बृहदारण्यक उपनिषद् यजुर्वेद सँग अनि प्रश्न र मुण्डक अथर्ववेद सँग सम्बन्धित छन्। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन् ।

उपनिषद, कहिले, कहां र कसले रचना गरेको हो यो पूर्णतया अज्ञात छ । विद्वानहरुले यसको रचनाकाल ५००० ई.पू. देखि ४००० ई.पू. अनुमान गरेका छन् । कसैले भने उपनिषदकाल २००० ई.पूं देखि १४०० ई.पू. भएको मान्दछन् । वेदका मन्त्रद्रष्टा ऋषिको नाम पाइन्छ । पुराण र स्मृतिहरुमा ग्रन्थकारको नाम उपलब्ध छ तर उपनिषद्का रचनाकारले कहीं कतै त्यसमा आफ्नो नाम उल्लेख गरेको पाईंदैन । यी पूर्णतया निर्वैयक्तिक आधारमा रचना गरिएका छन् । उपनिषदहरुमा ज्ञान प्राप्तिका लागि जुन संवाद विधि प्रयोग गरिएको छ त्यसै प्रकारको विधि ग्रीक दार्शनिक प्लेटोले आफ्ना व्याख्यानहरुमा प्रयोग गरेका छन् ।

गीताको सार

गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । श्रीमद्भगवदगीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । श्रीमद्भगवदगीता आफैमा पूर्ण शास्त्र हो ,वेद र उपनिषद् हरुको सार हो । सम्पूर्ण मानव जातिको लागी हो, गीता सम्पूर्ण देश, काल र जातीको लागी हो।

जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडी आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हरव्यक्तिलाई आइपर्ने समस्या हो । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अंतिम भागलाई उपनिषद भनिन्छ ।

मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।

गीताको सार तल प्रस्तुत गरिएको छ । 

  • किन व्यर्थ चिन्ता गर्छौ ?
  • कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?
  • आत्मा न जन्म लिन्छ न मर्छ । जे भयो, त्यो राम्रो भयो ।
  • जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
  • तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर ।
  • वर्तमान चलिरहेको छ । तिम्रो के गएको छ र तिमी रुन्छौ ?
  • तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
  • तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
  • तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ ।
  • जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ,
  • खालि हात नै गयौ, जे आज तिम्रो छ,
  • त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।
  • तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ ।
  • यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।
  • परिवर्तन संसारको नियम हो ।
  • जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
  • एक क्षणमै तिमी करोडपति बन्दछौ,
  • दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।
  • मेरो, तिम्रो, सानो, ठूलो, आप्mनो, अर्काको
  • भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो,
  • तिमी सबैका हौ । तिमी आफू आफै भगवान्मा अर्पित हौ ।
  • यही नै सबभन्दा ठूलो सहारा हो ।
  • जसले ईश्वरको सहारालाई जान्दछ,
  • त्यो डर, तिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ ।मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ।त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ।
  • तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ।
  • यसो गर्नाले तिमीले सधैंभरि जीवन
  • मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।

के हो श्रीमद्भगवद गीता ?

श्रीमद्भगवद गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । श्रीमद्भगवदगीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । श्रीमद्भगवदगीता आफैमा पूर्ण शास्त्र हो ,वेद र उपनिषद् हरुको सार हो । सम्पूर्ण मानव जातिको लागी हो, गीता सम्पूर्ण देश, काल र जातीको लागी हो।

जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडी आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हरव्यक्तिलाई आइपर्ने समस्या हो । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अंतिम भागलाई उपनिषद भनिन्छ ।

मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।

भगवद्गीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ ।

स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ । यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो यसमा अनित्य देह भन्दा नित्य आत्माको निरूपण गरिएकोछ। यसलाई मोक्ष ग्रन्थ पनि भनिएको छ ।