नयाँ बैज्ञानिक परिक्षणको लागि मुसा नै किन प्रयोग गरिएको हो ?

Mice used in Scientific Research

बैज्ञानिकहरुले पुरानो तथा नयाँ रोगमा प्रयोग गरिने औषधीको अणुको बिकास गरिसकेपछी उक्त औषधीको प्रयोग सिधै मानिसमा प्रयोग नगरी मुसामा प्रयोग गरिने तथ्य यहाँहरुमाझ नौलो होइन । अन्य धेरै जनावरहरु उपलब्ध भएपनि किन मुसालाईनै परिक्षणमा प्रयोग गरिएको होला भन्ने जिज्ञासा मनमा आउन सक्छ ।मुसा यस्तो जनावर हो जुन संसारको सबै देशमा पाइन्छ र यो जनावर मानिस जस्तै तातो रगत भएको स्तन्धारी जनावर हो र सजिलै उपलब्ध हुनसक्छ ।

मुसा सालको १२ महिना नै सकृय हुन्छ र यसको प्रजनन क्षमता पनि अदभुद कै हुन्छ । पोथी मुसाले एक चोटी बच्चा जन्मएको २१ दिनपछी फेरि अरु बच्चा जन्माइहाल्छ । यसको यो गुणले गर्दा थोरै समयमा धेरै मुसा प्राप्त गर्न सकिन्छ । यसलाई प्रयोगशालामा पालेर राख्न सजिलै सकिन्छ र यो कम खर्चिलो पनि हुन्छ । औषधीको असर मुसामा जस्तो देखिन्छ प्राय: मानिसमा पनि उस्तै देखिने हुन्छ । यसबाट उपयोगी औषधी र रसायन पहिचान गर्न सजिलो हुन्छ । त्यस्तै मुसामा सजिलै र थोरै समय भित्र प्रजनन गरी उस्तै र हाइब्रीड प्रकारका विभिन्न बंशहरुको भाले र पोथीमा क्यान्सर कोष, नयाँ जिन  र रसायनको प्रयोगको नतिजा अध्ययन गर्न सकिन्छ । यिनै कारणहरुले गर्दा बैज्ञानिक परिक्षणमा मुसानै प्रयोग गरिन्छ ।

बैज्ञानिक अनुसन्धानका अनुसार दुध नपिउँनुका फाइदाहरु के के हुन् ?

Milk

दुध शरीरको लागि निकै पौष्टिक तथा लाभदायक पदार्थ हो । यसमा क्याल्सियम पाइने हुँदा स्वास्थ्यका दृष्टिकोणले दुध पिउनु फाइदाजनक मानिन्छ । यसका साथै दुध नपिउँदा पनि केहि फाइदाहरु  छन् । क्याल्सियम दुधबाट मात्र नभई अन्य खानेकुरावाट पनि प्राप्त गर्न सकिन्छ । युएसए नेचुरल जर्नल अफ पव्लिक हेल्थले गरेको एक अनुसन्धानले दुध नपिउँनुका फाइदा हुने पुष्टि गरेको छ । तर यो १४ वर्षभन्दा मुनिका वालवालिकाको लागि भने लागु हुने छैन ।

१. दुधमा पाइने ल्याक्टोजको कारण पेट फुल्ने, ग्यास जम्नेका साथै पखाला लाग्ने समस्या हुनसक्छ । त्यसकारण

दुध नपिउनाले पाचन प्रक्रिया राम्रो हुन्छ ।

२. दुध नपिउँनाले प्रोटेस्टेन्ट क्यान्सरको समस्याबाट बच्न सकिन्छ । अनुसन्धानमा पाईए अनुसार दुधबाट

बनेका खानेकुरामा पाइने क्याल्सियमबाट क्यान्सर हुनसक्छ ।

३. अनुहारमा डण्डीफोर आउने समस्या भएका मानिसहरुले दुध नपिईएकै राम्रो हुन्छ किनकी दुधमा पाइने

एनाबोलीक स्टाइरस ब्याक्टेरियाको कारण अनुहारमा डन्डिफोर आउने समस्या हुन्छ ।

४. दुधले रगतमा चिनीको मात्रा बढाईदिन्छ । त्यकारण दुध पिउँन छोडेमा उच्च रक्तचाप तथा मधुमेहबाट बच्न

सकिन्छ ।

५.  दुध पिउन छोडेमा कोलेस्ट्रोलको समस्याबाट बच्न सकिन्छ किनकी एक ग्लास दुधमा करीव २४ मिलीग्राम

भन्दा बढि मात्रामा कोलेस्ट्रोल हुन्छ ।

६. दुधमा २० प्रतिशतभन्दा बढि सेन्चुरेटेड फ्याटको मात्रा हुने भएकोले दुध पिउन छोडेमा मोटोपनबाट बच्न

सकिन्छ ।

७. बैज्ञानिक अनुसन्धानवाट के देखिएको छ भने ब्लड ओ पोजेटिभ हुनेले त दुध नपिएकै राम्रो हुन्छ ।

८. गाई भैसीलाई दिइने विभिन्न एन्टिवायोटिक्स दुधमा समेत हुनाले दुध पिउनु स्वास्थ्यका लागि हानिकारक

छ ।

९. दुध पिउन छाडेमा अनावश्यक रुपमा पेट बढ्न पाउदैन ।

१०. दुध नपच्ने व्यक्तिले दुध पिएमा वान्ता हुने तथा एलर्जी हुने समस्या उत्पन्न हुन्छ त्यसकारण दुध पिउन

छोडेमा मिल्क एलर्जीबाट बच्न सकिन्छ ।

बैज्ञानिक पद्धति अनुसार स्वस्थ जीवनका रहस्यहरु के के हुन् ?

Healthy Life

मनुष्यको शरीरमा करिब ६० हजार अरबदेखि १ लाख अरब जति कोष हुन्छन् र मानव शरीरमा प्रति सेकेण्ड १ अरब रासायनिक क्रियाहरू हुन्छन् । ती रासायनिक क्रियाहरूको नियन्त्रण सुनियोजित ढंगबाट हुन्छ र उचित समयमा हरेक कार्यको सम्पादन हुन्छ । सचेतन मनद्वारा शरीरका सबै संस्थानहरूलार्इ नियत समयमा क्रियाशील गर्ने आदेश मस्तिष्कको पिनियल ग्रन्थिका माध्यमबाट स्रावहरू (हार्मोन्स) मार्फत हुने गर्छ । तिनीहरूमा मेलाटोनिन र सेरोटोनिन नामका हमोर्नहरू मुख्य छन्, जसको स्राव दिन-रातको कालचक्रका आधारमा हुन्छ ।

अत: हामी के खान्छौँ, कसरी सुत्छौँ भन्ने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्वपूर्ण छ हामी कहिले खान्छौँ वा कतिबेला सुत्छौँ । आजकल अधिकांश रोगहरूको भनेको कारण अस्त-व्यस्त दिनचर्या तथा विपरीत आहार नै हो । यदि हामीले आफ्नो दिनचर्यालार्इ शरीरको जैविक घडी अनुरूप बनायौ भने शरीरका विभिन्न अंगहरूको सक्रियताको अनायास नै हामीलार्इ लाभ हुनेछ । यस प्रकार अलिकति सजगताले नै हामीलार्इ स्वस्थ जीवन प्राप्त हुनेछ । बैज्ञानिक पद्धति अनुसार स्वस्थ जीवनका रहस्यहरु यस प्रकार छन् ।

१. शरीरको जैविक घडीलार्इ ठीक ढंगले चलाउनका लागि राति बत्ती निभाएर सुत्नुपर्छ । यस सन्दर्भमा गरिएको एउटा शोध आाश्चर्यजनक छ । नर्थ क्यारोलाइना युनिभर्सिटीका प्रोफेसर डा. अजीजका अनुसार राति अबेरसम्म कार्य वा अध्ययन गर्नाले र बत्ती बालेरै सुत्नाले जैविक घडी निष्क्रिय हुन गर्इ भयंकर स्वास्थ्य-सम्बन्धी हानिहरू हुन्छन् । अँध्यारोमा सुत्नाले यो जैविक घडी सही ढंगले चल्दछ ।
२. पृथ्वीको चु्म्बकीय क्षेत्रको लाभ पाइने हुनाले शिर पूर्व वा दक्षिण दिशामा फर्काएर सुत्नुपर्छ; अन्यथा अनिद्रा जस्ता समस्याहरू देखिन सक्छन् ।
३. भोजनपछि तत्कालै पानी खानु हुँदैन, अन्यथा जठराग्नि मन्द हुन जान्छ र पाचन ठिक ढंगले हुन पाउँदैन । अत: डेढ-दुर्इ घण्टापछि मात्रै पानी खानुपर्छ । फ्रिजको चिसो पानी खानु हुँदैन ।
४. भोजन गरेपछि १० मिनेट वज्रासन बस्नुपर्छ । यसबाट भोजन चाँडै पच्दछ ।
५. बिहान तथा साँझको भोजनका बीचमा पटक-पटक केही न केही खाइरहनाले मोटोपन, मधुमेह, ह्रदयरोग जस्ता रोगहरू र मानसिक तनाव तथा डिप्रेशन आदिको खतरा हुने गर्छ ।
६. जमिनमा केही ओेछ्याएर सुखासनमा बसेर वा पलेँटी मारेर भोजन गर्नुपर्छ। यस आसनमा मूलाधार चक्र सक्रिय हुने हुनाले जठराग्नि प्रदीप्त हुने गर्छ । कुर्सीमा बसेर भोजन गर्नाले पाचनशक्ति कमजोर तथा उठेर भोजन गर्नाले त ठुलो समस्या खडा गर्दछ । त्यसैले बफे डिनरबाट टाढै बस्नुपर्छ ।
७. पानी सधैँभरि बसेर तथा एक एक घुट्का गर्दै मुखमा खेलाएर खानुपर्छ । यसबाट अत्यधिक मात्रामा र्याल पेटमा जान्छ, जसबाट पेटको अम्लसँग सन्तुलन कायम गरी दुखाइ, रिँगटा तथा बिहानको टाउको दुखाइ आदि पीडाहरूबाट मुक्ति दिलाउँछ ।
८. बिहान बेलुकी सम्भव भए अनुसार योगा, ध्यान तथा शारारिक कसरत गर्नुपर्छ ।

बैज्ञानिक अध्ययन अनुसार मानिसको औसत समय कसरी बित्छ ?

Sleeping

मानिसको औसत समय कसरी बित्छ ? यो बारेमा एक पटक समीक्षा गरौ ।  मानव विकास सूचकांकको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरिन्छ । स्वास्थ्यको बारेमा सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हुदा स्वास्थ्यको सांराशको रुपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ । आयु प्रत्याशाको उच्चतम र न्यूनतम मान सं.रा.सं.ले अहिलेलाई ८५ वर्ष र २५ वर्ष लिएको छ । मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र एक पटक समीक्षा गरौ ।
१) करिब २० देखी २५ बर्षसम्म सुतेर
२) करिब १५ बर्षसम्म काम गरेर
३) करिब ६ बर्षसम्म खानपिन गरेर
४) करिब ८ बर्षसम्म मनोरन्जन गरेर
५) करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
६) करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
७) करिब ७० दिन ऐना हेरेर

विगत २५ वर्षयता विश्वभरिका मानिसको औसत आयु ६ वर्षले बढेको छ । नेपालीको उमेरचाहिँ १२ वर्षले वृद्धि भएको छ । नाइजेरिया, इथियोपिया, पूर्वी टिमोर, माल्दिभ्स, रुवान्डा, इरानका नागरिक पनि यही दरमा दीर्घजीवी भएका छन् । मेडिकल जर्नल ‘लान्सेट’ मा प्रकाशित यो अध्ययन ‘ग्लोबल बर्डेन अफ डिजिज २०१३’ को आकलनमा आधारित छ । विकसित देशमा क्यान्सर र अल्पविकसित वा अति कम विकसित देशमा औलो, क्षयरोग, झाडापखालाका कारण हुने गरेका मृत्युमा कमी आएकाले औसत आयुमा यो वृद्धि पाइएको हो ।

अध्ययन अनुसार, सब सहारा अफ्रिकी देशका नागरिकको औसत आयुमा भने कमी आएको छ । ती देशका मानिस सालाखाला पाँच वर्ष कम बाँच्न थालेका छन् । यसको कारण हो, एचआईभी/एडसले गर्दा हुने मृत्युमा बढोत्तरी हुनु । यस्तै, अध्ययनमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत घट्दै आएको छ । तर सास सम्बन्धी रोग, झाडापखाला, औलोले बर्सेनि अझै करिब २० लाख बालबालिकाको मृत्यु हुने गरेको छ । उक्त अध्ययनमा कलेजोको क्यान्सर, आत्महत्या, नसालु पदार्थको प्रयोग सम्बन्धी रोगमा वृद्धि भएको देखाइएको छ ।

फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल कार्यक्रम के हो  ?

NAST

हाम्रा धेरै युवा बैज्ञानिकहरु विदेश पलायान भई राखेको परिप्रेक्ष्यमा भर्खरै मन्त्रालय र नास्टले बिदेशमा कार्यरत वा विदेशवाट स्वदेश फर्केको १ बर्ष अवधि ननाघेका बैज्ञानिकहरुको लागि “फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल” कार्यक्रम संचालनमा ल्याएको थियो । नेपालबाट विगत केही वर्षदेखि चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, कृषि, वन विज्ञान लगायत विज्ञान तथा प्रविधिका विविध विषयहरूमा उच्च शिक्षा अध्ययनका क्रममा विदेशिने विद्यार्थीहरुको संख्या वृद्धि हुदै गई रहेकाले त्यस्ता प्रतिभाहरुलाई स्वदेशभित्र उपयुक्त अवसरको प्रत्याभूति गर्न, उच्च शिक्षा समाप्तिपछि विदेशमा नै पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गरी उनीहरूले प्राप्त गरेको ज्ञान स्वदेशको विकास निर्माणमा उपयोग गर्नुपर्ने तथ्यलाई मनन गर्दै, उनीहरूलाई अनुसन्धानका आधारभूत सुविधा उपलब्ध गराउने तथा स्वदेश फर्काउने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकता देखिएकोले नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको कार्यक्रमलाई फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल भनिन्छ ।

यो कार्यक्रम एकदमै सहानीय भएतापनि नेपालमै सहरी लगायत दूरदराज र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन् । तर बिगतका सरकार, नास्ट र अन्य सरोकारवाला निकायले केहि सहयोग नगरेकोले विदेश पलायन हुने धारणा राखेका थिए। उनीहरुले पनि गरेको बैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न मन्त्रालयले पनि केहि नयाँ योजनाहरु ल्याएमा प्राविधिकहरु तथा बैज्ञानिकहरु विदेश पलायन हुने क्रम केहि काँ हुने देखिन्छ । जुनसुकै क्षेत्रका प्रतिभाहरुलाई उचित सम्मान र काम गर्ने वातावरण सिर्जना गर्ने कर्तव्य सरकार र सम्वन्धित निकायको हो । सवभन्दा धेरै बिज्ञान तथा प्रबिधि क्षेत्रमा गरेका नयाँ-नयाँ प्रविधिको अध्ययन-अनुसन्धान र आविष्कारहरु जस्ता राष्ट्रको सम्पतिलाई अघि बढाउन मन्त्रालय नयाँ कार्यक्रम तर्जु गरेर अघि बढ्नुपर्छ । साच्चै प्रतिभा छन् भने तिनीहरुलाई राष्ट्रभरीवाट खोजि-खोजी ल्याईनुपर्छ र प्रोत्साहन स्वरूप सहयोग पनि गरिनुपर्छ ।

नेपालको बैज्ञानिक इतिहास

Science and Technology in nepal
Gopal Bhandari
गोपाल भण्डारी

अरनिकोले तिब्बतमा अनेकौं नेपाली शिखर तथा पगोडा शैलीको बौद्ध विहारहरुको निर्माण गरेको छन् । अरनिको कलाकार मात्रै थिएनन, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए । अरनिकोले दूरविन पनि बनाएका थिए । टेलिस्कोप बनाउने श्रेय ग्यालिलियो ग्यालिलीलाई दिइन्छ, तर त्यसको सयौं वर्षपहिले अरनिकोले यस्तो यन्त्र बनाएका थिए । यो चीनको इतिहासमा नै लेखिएको छ । अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । अरनिकोले युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करीब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो । वास्तु–वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र २४ जना नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए ।

गेहेन्द्र शमशेरले जापानमा यन्त्र बनाउने सीप सिकेर आएका होइनन्, चित्रहरू हेरेर आएका हुन् । चित्र देखेकै आधारमा यहाँ यन्त्रहरू बनाएका हुन् । गेहेन्द्र शमशेरले नेपाली मोडलको बन्दुक, धान कुट्ने मील, पानी तान्ने पम्प साथै नेपालमा सबैभन्दा पहिला पानीबाट विद्युत उत्पादन गरेका थिए । इतिहासमा नेपालका वैज्ञानिक, प्राविधिक र इन्जिनियरहरूले राम्रो काम गरेका छन् । औपचारिक रूपमा मौलिक वैज्ञानिक अनुसन्धानमा संलग्न हुने पहिलो पुस्ताका नेपालीहरुमा डा. पराशरनारायण सुवाल, डा. बलराम  जोशी, डा. ध्रुवमानसिंह अमात्य, डा. शंकर प्रसाद प्रधान र डा. दिव्यदेव भट्टलाई मान्न सकिन्छ । हाम्रा पुर्खाहरूले गौरवशाली सांस्कृतिक मात्रै होइन वैज्ञानिक इतिहास नै बनाएका छन् । तानसेनको करुवा, नेपाली थाङ्का, काठमाडौं, पाटन र भक्तपुरमा रहेको सुनको जलप लगाउने प्रविधि, काष्ठकला र मूर्तिकला जस्ता संसारका अब्बल दर्जाका प्रविधि नेपालीले विकास गरेका थिए । यी नेपालका परम्परागत प्रविधि हुन् ।

नेपालको इतिहासलाई विश्लेषण गर्दा यहाँ वैज्ञानिक र उच्चस्तरका इन्जिनियरहरू थिए भन्ने प्रमाण पाईन्छ । नेपालमै सहरी लगायत दूरदराज र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन् । उनीहरुले पनि गरेको बैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न यस्ता प्रतिभाहरुलाई उचित सम्मान र काम गर्ने वातावरण सिर्जना गर्ने कर्तव्य सरकार र सम्वन्धीत निकायको हो । विज्ञान तथा प्रविधिको विकास बिना देशको आर्थिक सम्बृद्धिको सोच राख्नु कोरा कल्पना मात्र  हुन्छ । विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । ‘राष्ट्र निर्माणको लागि बिज्ञान र प्रविधि’, ‘बिज्ञान प्रविधि र आविष्कार दिगो बिकाशको आधार’, ‘बिज्ञान प्रविधि  र आविष्कार सम्वृद्धिको आधार’, ‘विज्ञान र प्रविधि देशको समृद्घि’ यी धेरै नाराहरु लिएर बिज्ञान तथा प्रविधि  मन्त्रालय अघि बढेतापनि नेपालमा बिज्ञान तथा प्रविधि  क्षेत्रको विकास नारामा सिमित छ । धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । विश्वका विकसित देशहरुको आर्थिक सम्वृद्धिको र सामाजिक रुपान्तरणको मुख्य इञ्जिन मानिने ‘अनुसन्धान र बिकास’ अवधारणाको महत्वलाई ह्रदयंगम गर्दै अनुसन्धान र बिकासको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउनु टडकरो आवश्यकता देखिन्छ ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

टुप्पी पाल्नुको बैज्ञानिक कारण के ?

टुप्पी पाल्नुको बैज्ञानिक कारण के ?

टुप्पी पाल्नुको बैज्ञानिक कारण के हिन्दूका संस्कार अनुसार शिरको केन्द्रस्थानमा नकाटी-नखौरी राखिने रौंलाई टुप्पी भनिन्छ । वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिसहरुले टुप्पी राख्ने चलन छ । व्रतबन्ध गरेपछि हरेक बैदिक हिन्दु धर्मालम्बीहरुले टुप्पी राख्नुपर्ने शास्त्रीय मान्यता छ । पहिला-पहिला भनिन्थ्यो टुप्पी ब्राह्मणको पहिचान हो । प्राय: ब्राह्मण परिवारमा जन्मिएको मानिसको टाउकोमा लामो ‘टुप्पी’ हुने गर्थ्यो ।

मस्तिष्कको भित्री भाग जहाँ नाडीको मेल हुन्छ त्यहाँ पनि टुप्पीको सम्बन्ध हुन्छ । यसैले टुप्पीमा चोट लागेमा मानिसको छिटो मृत्यु हुन्छ । टुप्पीले मानिसहरुलाई विभिन्न रोग ब्याधीबाट समेत बँचाउने गरेको बताइन्छ । टुप्पील गर्मी वा चिसोबाट पनि बचाउँछ । शरीरको मुख्य भागलाई चिसो वा गर्मीबाट बचाँएर मानिसलाई स्वस्थ राख्न समेत टुप्पीको मुख्य भूमिका हुन्छ । टुप्पी रहेको स्थानमा शरीरका सबै ज्ञानेन्द्रिय अर्थात कान, नाक, जीव्रो, आँखा आदिको सम्बन्ध हुन्छ । यसले हात, खुट्टा, गुदद्वार लगायतमा समेत नियन्त्रण गर्छ । तसर्थ टुप्पी पाल्दा शारीरिक र मानसिक नियन्त्रण पनि सम्भव छ ।

मान्छेको शरीरमा विभिन्न तत्व रहेझैं पृथ्वीमा पनि विभिन्न तत्त्व छन् । पृथ्वी, जल, तेज, वायु र आकाश बाहिर छन् भने यी पञ्चतत्व  मानव शरीरमा पनि भेटिन्छन् । स्वस्थ्य मानिसले २४ घन्टामा १७,२८० देखि २३,०४० पटक सास फेर्छन । शरीरका कोष संचालन गर्न मस्तिष्क र मुटुको भूमिका हुन्छ । यसलाई बाहिरी तत्वले प्रभाव पारिरहेको हुन्छ । यसमा शरीरका नौवटा प्वालहरूको भूमिका हुन्छ । त्यसैगरी अप्रत्यक्ष द्वारका रुपमा मानिने नाभी र टुप्पीको पनि भूमिका हुन्छ । विज्ञानका अनुसार अन्तरिक्षबाट विभिन्न खाले परावैजनी किरण पृथ्वीमा झरिरहेका हुन्छन् । शिरको टुप्पोमा रहेको शिखाले नकारात्मक विकिरणलाई परावर्तन गर्न र सकारात्मक किरण मात्रै ग्रहण गरी शरीरमा पठाउँछ भन्ने व्याख्या गरिन्छ ।

नेपाल सरकारको भावी बैज्ञानिक कदम

नेपाल सरकारको भावी बैज्ञानिक कदम । हिजो नमस्कार गरेर देवताको रुपमा पुजा गर्ने चन्द्रमामा मानिस पुगिसकेको छ । कतिपय असम्भव कुरालाई बिज्ञानले सम्भव बनाइ दिएको छ । तर त्यसको पछाडि बिकासित देशले चालेको दूरदर्शी बैज्ञानिक कदमको परिणाम हुन । अहिले हामी सवै नयाँ नेपाल निर्माणको कुरा गरिरहेका छौं । हामीले आशा गरे जस्तो समृद्ध नेपालको निर्माण गर्ने हो भने हामीले हाम्रो वैज्ञानिक क्षमतामा द्रुतगतिले विकास गर्नै पर्छ र विज्ञान प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पार्नै पर्दछ । वैज्ञानिक क्षमताको विकास गर्न सन् १९६० को दशकदेखि नै नेपाली वैज्ञानिक समुदायले राष्ट्रिय विज्ञान नीति निर्माणको आवश्यकता माथि जोड दिदै आएको थियो । अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा छ । हाम्रा नेताहरूले नेपाललाई आगामी दशवर्षभित्र सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने कुरा गर्न थालेका छन् । साँच्चै नै नेपाललाई यी मुलुकहरूको स्तरमा पु¥याउने हो भने ती देशहरूमा विगतमा भएका विकास प्रक्रियालाई बुझ्नुपर्दछ र त्यसबाट पाठ पनि सिक्नुपर्दछ । यसका लागि उनीहरूले जस्तै हामीले पनि आफ्नो वैज्ञानिक दक्षतामा वृद्धि गर्नुपर्दछ । नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्नका लागि वृहत एवं सुसङ्गत राष्ट्रिय रणनीति र रूपरेखा बनाउनु पर्दछ । अन्यथा नेपाललाई सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने नेताहरूको सपना केवल दिवास्वप्न मात्र हुनेछ ।

यदि युरेनियम उत्खनन गरेर निर्यात गर्ने हो भने नेपालमा बिकासको मूल फुट्न सक्छ । नेपालमा प्रशोधनपछि राम्रै मूल्य प्राप्त हुने युरेनियम खानीको सम्भावना देखिएको छ । यसले मुलुकप्रति विश्वकै सुरक्षा चासो बढाउँछ । अरेवियन देशहरु तेल बेचेर शक्ति सम्पन्न बनेका छन् । नेपाल पानीको धनी थियो, त्यसको एकाधिकार गुमाएको अवस्था छ । अब युरेनियमको चर्चा आएको छ । युरेनियम महाभारत श्रृंखलामा पनि प्रशस्तै मात्रामा भएको खुलासा पहिले भएको हो तर नेपालमा सँधै राजनीतिक अस्थिरताका कारणले नेपाल गरीब र कमजोर बन्दै गएको छ । स्मरणीय छ, ३० वर्ष अघि खानी विभागबाट अनुमति लिएर भारतको टाटा कम्पनी समेतले रोल्पा क्षेत्रमा तामाखानीको उत्खनन भएको थियो । तामा प्रशस्त भेटिए पनि निकाल्न मुस्किल परेपछि उक्त कार्य रोकिएको थियो । ती उत्खननकर्ता अहिले पनि कलकत्तामा जिवितै छन् । रिपोर्ट खानी विभागमा रहेको छ । रोल्पा क्षेत्रमा तामाखानीका खाल्टाहरु अझै पनि त्यत्तिकै रहेका छन् । कतै त्यही उत्खननबाट युरेनियम पत्ता लागेको त होइन । विगतमा पनि नेपालमा फलाम, तामा, नुन लगायतका खानीहरू भेटेर हाम्रा पूर्वजहरूले त्यसको प्रयोग नगरेका होइनन् तर खानीको अध्ययन, अन्वेषण गर्न ठूलो लगानी लाग्ने हुनाले खानी विकासतर्फ सरकारले ध्यान दिन सकेको छैन । न त निजी क्षेत्रले नै लगानी गर्न सकेको छ । बेलाबेला पूर्व–पश्चिमतर्फ पेट्रोलियम पदार्थ भेटिएको चर्चा हुन्छ तर त्यो चर्चा यत्तिकै सेलाउने गरेको छ । विदेशीले पनि यसको अध्ययनमा रुचि देखाएको समाचार आउँछ तर पानीको फोका जसरी हराउने गरेको छ । कम्तीमा लोमन्थाङमा भेटिएको युरेनियम खानीको विस्तृत अध्ययन गरी यसको दोहनतर्फ सरकारले ध्यान दिनुपर्ने खाँचो छ । विस्तृत अध्ययनपछि मात्र युरेनियम कति गुणस्तरको छ, कति परिणाममा निकाल्न सकिन्छ भन्ने थाहा हुन्छ ।

राज्यले चाहे जे पनि हुन्छ काम गर्ने इच्छाशक्ति हुनुपर्छ । हामी टाढा जानु पर्दैन, नजिकको देश भुटान हिजोसम्म कहाँ थियो ? उसले छोटो समयमा हाइड्रो पावरको बिकासले कति धेरै परिवर्तन गरिसक्यो । हामी भने अध्यारोमा छामछुम गरेर बसेका छौं । हामीभन्दा पछाडी बिजुली बाल्ने जापान कहाँ पुगिसक्यो ? हामी आधा दिन सधै बिजुलीबिना बस्नु परेको छ । केही दशक अघिसम्म विकासोन्मुख मुलुकको दर्जामा रहेका एसियाका कैयौं मुलुकहरू हाल विकसित मुलुकका सदस्य बनिसकेका छन् । दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र ताइवानजस्ता देशहरूले आफूलाई विकासोन्मुख देशको सूचीबाट विकसित देशको खुट्किलोमा पुयाई सकेका छन् भने हाम्रा निकट छिमेकी भारत र चीन अठोटका साथ प्रगतिका पथमा द्रूत गतिले लम्किरहेका छन् । यी दुवै राष्ट्र सन् २०२५ सम्ममा विश्वकै शक्तिशाली आर्थिक केन्द्रका रूपमा स्थापित हुने अनुमान अर्थशास्त्रीहरू गर्दछन् । यी देशहरूले प्राप्त गरेको आर्थिक उन्नतिका कारणहरू मध्ये एक प्रमुख कारण यिनीहरूले समयमा नै राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधिको महत्वलाई स्पष्ट बुझ्नु र आत्मसात् गर्नु हो ।

विगतका केही दशकमा यी मुलुकहरूले विज्ञान तथा प्रविधिका उच्चस्तरीय संरचनाहरूमा गरेको विकास अनुकरणीय छ । विकसित मुलुकहरूमा वैज्ञानिक क्षमताको विकास एकदिनमा भएको होइन । विज्ञान तथा प्रविधिका विकासका लागि दशकौंसम्म ती मुलुकका राजनीतिक नेतृत्वले लिएको दृढ अठोटका कारण यो सम्भव भएको हो । आधुनिक नेपालको निर्माण भएपछि लगभग दुईसय वर्षसम्म पनि नेपालमा विज्ञान तथा प्रविधिको विकासबाट विश्वमा औद्योगिक क्रान्तिबाट भएको सामाजिक रुपान्तरण नेपालमा नदेखिए पनि वि.सं २००७ को ऐतिहासिक राजनीतिक परिवर्तनपछि आधुनिक विज्ञान तथा प्रविधिको विकासमा पाइला चाल्न शुरुवात ग¥र्यो । विश्वका उदाउँदा छिमेकी देशहरू भारत र चीन दुवै अन्तरिक्ष युगमा प्रवेश गरी सकेकोले गर्दा नेपालमा पनि विज्ञान प्रविधिको विकास गर्न इच्छाशक्ति भएको राजनेता, राजनीतिक प्रतिवद्धता र राष्ट्रिय विज्ञान नीति तत्कालै बनाई पाइला चाली हाल्नु पर्दछ । ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन् । नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु पर्दछ ।