लेखहरुविज्ञान जिज्ञासा

बैज्ञानिक पद्धति अनुसार स्वस्थ जीवनका रहस्यहरु के के हुन् ?

मनुष्यको शरीरमा करिब ६० हजार अरबदेखि १ लाख अरब जति कोष हुन्छन् र मानव शरीरमा प्रति सेकेण्ड १ अरब रासायनिक क्रियाहरू हुन्छन् । ती रासायनिक क्रियाहरूको नियन्त्रण सुनियोजित ढंगबाट हुन्छ र उचित समयमा हरेक कार्यको सम्पादन हुन्छ । सचेतन मनद्वारा शरीरका सबै संस्थानहरूलार्इ नियत समयमा क्रियाशील गर्ने आदेश मस्तिष्कको पिनियल ग्रन्थिका माध्यमबाट स्रावहरू (हार्मोन्स) मार्फत हुने गर्छ । तिनीहरूमा मेलाटोनिन र सेरोटोनिन नामका हमोर्नहरू मुख्य छन्, जसको स्राव दिन-रातको कालचक्रका आधारमा हुन्छ ।

अत: हामी के खान्छौँ, कसरी सुत्छौँ भन्ने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्वपूर्ण छ हामी कहिले खान्छौँ वा कतिबेला सुत्छौँ । आजकल अधिकांश रोगहरूको भनेको कारण अस्त-व्यस्त दिनचर्या तथा विपरीत आहार नै हो । यदि हामीले आफ्नो दिनचर्यालार्इ शरीरको जैविक घडी अनुरूप बनायौ भने शरीरका विभिन्न अंगहरूको सक्रियताको अनायास नै हामीलार्इ लाभ हुनेछ । यस प्रकार अलिकति सजगताले नै हामीलार्इ स्वस्थ जीवन प्राप्त हुनेछ । बैज्ञानिक पद्धति अनुसार स्वस्थ जीवनका रहस्यहरु यस प्रकार छन् ।

१. शरीरको जैविक घडीलार्इ ठीक ढंगले चलाउनका लागि राति बत्ती निभाएर सुत्नुपर्छ । यस सन्दर्भमा गरिएको एउटा शोध आाश्चर्यजनक छ । नर्थ क्यारोलाइना युनिभर्सिटीका प्रोफेसर डा. अजीजका अनुसार राति अबेरसम्म कार्य वा अध्ययन गर्नाले र बत्ती बालेरै सुत्नाले जैविक घडी निष्क्रिय हुन गर्इ भयंकर स्वास्थ्य-सम्बन्धी हानिहरू हुन्छन् । अँध्यारोमा सुत्नाले यो जैविक घडी सही ढंगले चल्दछ ।
२. पृथ्वीको चु्म्बकीय क्षेत्रको लाभ पाइने हुनाले शिर पूर्व वा दक्षिण दिशामा फर्काएर सुत्नुपर्छ; अन्यथा अनिद्रा जस्ता समस्याहरू देखिन सक्छन् ।
३. भोजनपछि तत्कालै पानी खानु हुँदैन, अन्यथा जठराग्नि मन्द हुन जान्छ र पाचन ठिक ढंगले हुन पाउँदैन । अत: डेढ-दुर्इ घण्टापछि मात्रै पानी खानुपर्छ । फ्रिजको चिसो पानी खानु हुँदैन ।
४. भोजन गरेपछि १० मिनेट वज्रासन बस्नुपर्छ । यसबाट भोजन चाँडै पच्दछ ।
५. बिहान तथा साँझको भोजनका बीचमा पटक-पटक केही न केही खाइरहनाले मोटोपन, मधुमेह, ह्रदयरोग जस्ता रोगहरू र मानसिक तनाव तथा डिप्रेशन आदिको खतरा हुने गर्छ ।
६. जमिनमा केही ओेछ्याएर सुखासनमा बसेर वा पलेँटी मारेर भोजन गर्नुपर्छ। यस आसनमा मूलाधार चक्र सक्रिय हुने हुनाले जठराग्नि प्रदीप्त हुने गर्छ । कुर्सीमा बसेर भोजन गर्नाले पाचनशक्ति कमजोर तथा उठेर भोजन गर्नाले त ठुलो समस्या खडा गर्दछ । त्यसैले बफे डिनरबाट टाढै बस्नुपर्छ ।
७. पानी सधैँभरि बसेर तथा एक एक घुट्का गर्दै मुखमा खेलाएर खानुपर्छ । यसबाट अत्यधिक मात्रामा र्याल पेटमा जान्छ, जसबाट पेटको अम्लसँग सन्तुलन कायम गरी दुखाइ, रिँगटा तथा बिहानको टाउको दुखाइ आदि पीडाहरूबाट मुक्ति दिलाउँछ ।
८. बिहान बेलुकी सम्भव भए अनुसार योगा, ध्यान तथा शारारिक कसरत गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

स्वस्थ रहन पानी कति पिउने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!