जीवन-दर्शनटिप्स

बैज्ञानिक अध्ययन अनुसार मानिसको औसत समय कसरी बित्छ ?

मानिसको औसत समय कसरी बित्छ ? यो बारेमा एक पटक समीक्षा गरौ ।  मानव विकास सूचकांकको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरिन्छ । स्वास्थ्यको बारेमा सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हुदा स्वास्थ्यको सांराशको रुपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ । आयु प्रत्याशाको उच्चतम र न्यूनतम मान सं.रा.सं.ले अहिलेलाई ८५ वर्ष र २५ वर्ष लिएको छ । मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र एक पटक समीक्षा गरौ ।
१) करिब २० देखी २५ बर्षसम्म सुतेर
२) करिब १५ बर्षसम्म काम गरेर
३) करिब ६ बर्षसम्म खानपिन गरेर
४) करिब ८ बर्षसम्म मनोरन्जन गरेर
५) करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
६) करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
७) करिब ७० दिन ऐना हेरेर

विगत २५ वर्षयता विश्वभरिका मानिसको औसत आयु ६ वर्षले बढेको छ । नेपालीको उमेरचाहिँ १२ वर्षले वृद्धि भएको छ । नाइजेरिया, इथियोपिया, पूर्वी टिमोर, माल्दिभ्स, रुवान्डा, इरानका नागरिक पनि यही दरमा दीर्घजीवी भएका छन् । मेडिकल जर्नल ‘लान्सेट’ मा प्रकाशित यो अध्ययन ‘ग्लोबल बर्डेन अफ डिजिज २०१३’ को आकलनमा आधारित छ । विकसित देशमा क्यान्सर र अल्पविकसित वा अति कम विकसित देशमा औलो, क्षयरोग, झाडापखालाका कारण हुने गरेका मृत्युमा कमी आएकाले औसत आयुमा यो वृद्धि पाइएको हो ।

अध्ययन अनुसार, सब सहारा अफ्रिकी देशका नागरिकको औसत आयुमा भने कमी आएको छ । ती देशका मानिस सालाखाला पाँच वर्ष कम बाँच्न थालेका छन् । यसको कारण हो, एचआईभी/एडसले गर्दा हुने मृत्युमा बढोत्तरी हुनु । यस्तै, अध्ययनमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत घट्दै आएको छ । तर सास सम्बन्धी रोग, झाडापखाला, औलोले बर्सेनि अझै करिब २० लाख बालबालिकाको मृत्यु हुने गरेको छ । उक्त अध्ययनमा कलेजोको क्यान्सर, आत्महत्या, नसालु पदार्थको प्रयोग सम्बन्धी रोगमा वृद्धि भएको देखाइएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!