को थिए चाणक्य ?

Chanakya

को थिए चाणक्य ? चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले नदवंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। चाणक्य राजसी ठाटबाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् ।

उनी कुटिल रणनीतिकार समेत थिए । चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । चाणक्यले अर्थशास्त्रदेखि राजनीति, कुटनिति र जनजीविकाबारे धेरै नीति तयार पारेका छन्।  पाटलीपुत्र, मगधमा जन्मेका उनी तक्षशीला गुरुकुलबाट दीक्षित भए त्यहीं आचार्य भएका थिए। पछि चन्द्रगुप्तलाइ मगधको राजा बनाएर शक्तिशाली बनाए। किम्बदन्ती अनुसार जीवनको उत्तरार्धमा चाणक्य वानप्रस्थ गए र निराहार रहेर मृत्युवरण गरे ।

चाणक्यले तक्षशिला विश्वविद्यालयमा वेदहरूको गहन अध्ययन गरे। दुनियाँका सबैभन्दा पुराना विश्वविद्यालय, तक्षशिला र नालन्दा भारतीय उपमहाद्वीपमा थिए, ५०० देखि ४०० वर्ष ईसा पूर्व अघि तक्षशिला एक सुस्थापित शिक्षण संस्थान थियो । पाणिनीले संस्कृत व्याकरणको रचना यहीं गरेका थिए। चाणक्य पनि त्यस पछि यहाँ नीतिशास्त्रको व्याख्याता भए र उनी व्यवहारिक उदाहरणहरू देखि पढाउथे।  चंद्रगुप्त मौर्य विशेष रूपले उनको सल्लाह मान्थे। शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य संधै आफ्नो शत्रुहरू माथि हावी रहे।

चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्यको सीमा पूर्वमा आसामदेखि, पश्चिममा अफगानिस्तानसम्म र उत्तरमा कश्मीरदेखि दक्षिणमा कलिंग ९वर्तमान तमिलनाडु० सम्म फैलिएको थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र इतिहास प्रसिद्ध मौर्य शासक र चन्द्रगुप्तका नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । तर अशोकका सन्तानहरुले यस राज्यलाई निरन्तरता दिन सकेनन् ।

चन्द्रगुप्तको बलियो साम्राज्य र सैनिक शक्तिले विश्वविजय गर्न निस्केको एलेक्जेन्डरको शक्तिशाली सेनाको प्रभाव नियन्त्रण गरी राज्य विस्तार रोक्न सफल भएको थियो । एलेक्जेन्डरको उत्तराधिकारी सेल्युकसलाई चन्द्रगुप्तले पराजित नगरेको भए भारतीय महाद्वीपको वर्तमान सांस्कृतिक स्वरुप आजको जस्तो हु“दैनथ्यो भन्ने इतिहासकारहरूको भनाई रहेको छ ।

विदुर नीति अनुसार विद्याका शत्रु

vidura niti

विदुर नीति अनुसार विद्याका शत्रु !

१. जो व्यक्ति सज्जन पुरुषद्वारा आदर पाउँछ, विषयमा आशक्ति राख्दैन, शक्तिलाई उल्लघंन नगरेर आफ्नो क्षमताअनुसार काम गर्दछ, ऊ श्रेष्ठ पुरुष हो । उसलाई सुयश प्राप्त हुने गर्छ । सज्जन पुरुष निश्चय नै संसारलाई कल्याण गर्न समर्थ पनि हुन्छ । सन्तजन जोसँग प्रसन्न हुन्छन्, त्यस्तो मान्छे सधैँभरि सुखी रहन्छ ।

२. जसरी सर्पले पुरानो काँचुलीलाई त्यसै छाडेर नयाँ काँचुली फेर्छ, त्यसरी नै मानिसले पनि अधर्मद्वारा कमाइएको जतिसुकै धेरै सम्पत्ति नै भए पनि वास्ता नगरी छाडिदिन्छ अनि पीडाबाट मुक्त भएभैम्ँ गरी सुखी हुन्छ ।

३. झुटो बोलेर उन्नति गर्नु, असल व्यक्तिको आलोचना गर्नु वा निन्दा गर्नु, आफ्ना मान्यजनसँग झुटो व्यवहार गर्नु, यी सबै ब्रह्महत्या समानका पाप कर्म हुन् ।

४. गुणहरूलाई पनि दोष सम्झनु बिलकुलै मृत्यु समान हो । रुखो बोल्नु र अर्कालाई निन्दा गर्नु धनसम्पत्ति नष्ट गर्नु बराबर हो । सुन्ने इच्छा नगर्नु अथवा सेवाभाव नराख्नु उत्ताउलो हुनु, अति नै आत्मप्रशंसा गर्नु यी तीन विद्या वा ज्ञानका शत्रु हुन् ।

५. अल्छी गर्नु, मादक पदार्थको सेवन गर्नु, घर आदिमा मोह राख्नु, चञ्चले स्वभाव हुनु वा एकाग्रचित्त नहुनु, बेकारका कुराहरू गरेर समय बिताउनु, घमण्ड, जडता, लोभ विद्यार्थीका दोष हुन् । अर्थात्, जसमा यी दुर्गुण हुन्छन्, उसले विद्या आर्जन गर्न सक्दैन ।

६. सुखको अभिलाषा गर्नेलाई विद्या प्राप्त हुँदैन । विद्यार्थीलाई सुख प्राप्त हुँदैन, सुख प्राप्ति र विद्यार्थी परस्परमा विरोध गर्ने समान छन् । तसर्थ जसले सुख खोज्छ, उसले विद्या आर्जन गर्ने इच्छालाई छाडिदिनुपर्दछ । साथै, विद्या प्राप्त गर्न खोज्नेले सुख प्राप्तिको इच्छालाई त्यागिदिनुपर्छ ।

बिदुर नीति अनुसार असल मान्छे

Vidura Niti

बिदुर नीति अनुसार असल मान्छे ! बिदुर नीति अनुसार निम्न गुणहरु भएको मान्छेलाई असल मान्छे भनिन्छ ।
१. रिस, खुसी, घमण्ड, लाज, उद्दण्डता हुँदैन । आफूलाई सर्वमान्य ठान्दैन ।
२. नराम्रो कामबाट टाढा रहन्छ । आफ्नो काम गर्छ । ईश्वरमा श्रद्धा गर्छ ।
३. आफ्नो वास्तविक अवस्थाको ज्ञान हुन्छ । दु:ख सहने शक्ति हुन्छ ।
४. आफ्नो गच्छे र क्षमता अनुसार काम गर्न जान्दछन् । अरू कसैको पनि अपमान गर्दैनन् ।
५. गर्न लागेको काम पूर्ण भएपछि मात्रै अरू व्यक्तिलाई थाहा दिन्छ । काम पूरा नभई हल्ला गर्दैन ।
६. कामलाई चिसो, तातो, डर र प्रेम वासना, वैभव, आदिले बाधा पुर्याउन सक्दैनन् । जस्तो अवस्थामा पनि काम गर्छ ।
७. दुर्लभ र पाउनै नसकिने वस्तु पाउँछु भनेर इच्छा राख्दैन । हराइसकेको र नाश भइसकेको वस्तुबारे शोक गर्न रुचाउँदैन । आपत विपत् पर्दा पनि हड्बडाउदैन ।
८.  कुनै पनि विषयलाई धेरैबेरसम्म सुनिरहन्छन् । अनि छिट्टै बुझ्छन् । सम्झन्छ पनि । अरूले चासो नराखेसम्म व्यर्थैमा अरूको कुरा गर्दैन । स्वभावले असल मानिसको परिचय दिन्छ ।
९.  सबैभन्दा पहिला काम गर्ने अठोट गर्छ । अनि काम गर्न पनि सुरु गरिहाल्छ । सुरु गरेको कामलाई बीचैमा रोक्दैन । समयलाई व्यर्थै खेर फाल्दैन । अनि आत्म- नियन्त्रणसमेत कायम गर्छ ।
१०. धाराप्रवाह बोल्न सक्छन् । विचित्र ढंगले कुराकानी, छलफल गर्न सक्छन् । तर्कशक्ति भएका हुन्छन् । अनेक ग्रन्थको उदाहरण दिँदै कुरा गर्न सिपालु हुन्छन् । हामी पनि यस्तै गुण अनुसरण गरी असल मानिस बनौं है !

चाणक्य नीति अनुसार यी ३ कुराहरु भएका पुरुष अभागी हुन्छन

Chanakya

चाणक्य नीति अनुसार यी ३ कुराहरु भएका पुरुष अभागी हुन्छन ! चाणक्य प्राचीन समयका एक महान दार्श्निक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । चाणक्यले अर्थशास्त्रदेखि राजनीति, कुटनिति र जनजीविकाबारे धेरै नीति तयार पारेका छन्।  भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख(समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ । शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।

पत्नीको पिडा

चाणक्य नीति भन्छः

वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।

भोजनं च पराधीनं त्रयस् पुंसां विडम्बनास्।।

यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भने यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवनसाथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।

शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुनसक्छ ।

अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन । यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ । अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नुपर्छ ।

चाणक्यका जीवनउपयोगी १५ विश्वचर्चित नीतिहरु

Chanakya Niti

चाणक्यका  जीवनउपयोगी १५ विश्वचर्चित नीतिहरु ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ । चाणक्यका  जीवनउपयोगी १५ विश्वचर्चित नीतिहरु यस प्रकार छन ।

१. कुनै काम शुरु गर्नु भन्दा पहिला ३ वटा सवाल जरुर सोध्नुहोस् ।

(१) म यो किन गर्न गइरहेको छु ?

(२) यसबाट के परिणाम आउँछ ?

(३) के म यो कामबाट सफल हुन्छु ?

२. मानिस एक्लै जन्मिन्छ र एक्लै मर्छ । उसले आफूले गरेको सकारात्मक र नकारात्मक कामको फल स्वयम् उसैले भोग्ने गर्छ ।

३. भगवान मुर्तिमा हुँदैन । तपाईको अनुभूति नै तपाईको ईश्वर हो । आत्मा नै तपाईको मन्दिर हो ।

४. शिक्षा सबै भन्दा असल मित्र हो । एउटा शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछ ।

५. जब डर तपाईको नजिक आउँछ, उसलाई आक्रमण गरेर नष्ट गरिदिनुपर्छ ।

६. एउटा मुर्ख व्यक्तिका लागि किताव त्यति नै महत्वहीन त जति महत्वहीन हुन्छ एउटा दृष्टिविहिनका लागि ऐना ।

७. कुनै पनि व्यक्ति आफ्नो कर्मद्धारा महान हुने गर्छ, जन्मले होइन ।

८. जसरी एउटा सुकेको रुखले पुरै जंगलमा आगो लगाउन सक्छ त्यसैगरि एउटा पापी छोराले पुरै परिवार बर्बाद गरिदिन सक्छ ।

९. दृष्ट पत्नी, झुटो मित्र, बदमास नोकर र सर्पसँग बस्नु साक्षत मृत्युसँग बस्नु हो ।

१०. पहिलो पाँच वर्षमा तपाईले आफ्नो बच्चालाई धेरै माया दिएर राख्नुस् । त्यसपछिको पाँच वर्ष डर र त्रासमा राख्नुस् । जब उ १६ वर्षको पुग्छ तब एक मित्रको जस्तो व्यवहार गर्नुस् । तपाईको वयस्क बच्चा नै तपाईको एक असल मित्र हो ।

११. हामीले वितेका पलहरुका बारेमा सम्झेर पछुताउँनु हुँदैन र हुँदैन भविष्यको बारेमा चिन्ता लिनुपनि । विवेकवान व्यक्ति हमेसा वर्तमानमा जितिरहन्छ ।

१२. निम्न पाँच चिज भएको स्थानमा तपाई बस्दै नबस्नुस्

(१) एउटा धनी व्यक्ति

(२) दैविक शास्त्रले निपुण ब्राम्मण

(३) राजा

(४) नदी

(५) एउटा चिकित्सक

१३. साँपको बिष दाँतमा हुन्छ । झिँगााको मुखमा हुन्छ । बिच्छीको पुच्छरमा हुन्छ । तर एक दृष्ट व्यक्तिको शीर देखि पैतालासम्म बिष नै विष हुन्छ ।

१४. नातेदारको परीक्षा आपत विपतमा गर्नुहोस् । साथी भाईको परिक्षा प्रतिकुल परिस्थितिमा गर्नुहोस् । जब तपाईका दिनहरु राम्रो बितिरहेको छैन भने श्रीमतिको परीक्षा गर्नुहोस् ।

१५. पत्नी वियोगमा पर्नु, आफन्तैबाट बेइजत हुनु, दृष्ट राजाको सेवा गर्नु, गरीवहरुको सभामा बोल्नु, यी सबले बिना आगो नै तपाईलाई जलाईदिन सक्छ ।

चाणक्य नीतिका ८ जीवनउपयोगी भनाईहरु ध्यानमा राख्दा जीवनमा नोक्सान कहिल्यै हुँदैन

chanakya

चाणक्य नीतिका ८ जीवनउपयोगी भनाईहरु ध्यानमा राख्दा जीवनमा नोक्सान कहिल्यै हुँदैन ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ । चाणक्य नीतिका ८ जीवनउपयोगी भनाईहरु ध्यानमा राख्दा जीवनमा नोक्सान कहिल्यै हुँदैन ।

१. साथी भाईको परिक्षा संकटमा हुन्छ र श्रीमतीको परिक्षा धन नष्ट भएको बेलामा हुन्छ ।

२. कहिल्यै पनि आफ्नो राजको कुरा अरुलाई भन्नुहुँदैन । आफ्नो राज गर्ने तरिका अरुलाई भन्दा आफू बर्बादीमा परिन्छ ।

३. सबैभन्दा ठूलो कष्ट पराई घरमा बस्नु हो ।

४. कोही पनि व्यक्ति धेरै इमान्दार बन्नुहुँदैन । जंगलमा सबै भन्दा पहिला सिधा रुख काट्छन् । सबै भन्दा इमान्दार मान्छेले सबै भन्दा धेरै कष्ट उठाउनु पर्छ ।

५. हरेक मित्रताको पछाडी केही न केही स्वार्थ लुकेको हुन्छ । दुनियाँमा कोही पनि त्यस्तो व्यक्ति छैन जसको पछाडि स्वार्थ छिपेको नहोस् । यो तितो सत्य हो । तर सत्य यही हो ।

६.यदि कुनै सर्प विषालु छैन भने पनि उसले फँडा फिजाउन छाड्दैन । त्यसै गरि कोही व्यक्ति कमजोर छ भनेपनि उसले शक्तिशाली जस्तै व्यवहार प्रदर्शन गर्नु पर्दछ ।

७. धन धेरै दुःखपछि मात्र प्राप्त हुन्छ । की त आफ्नो धर्म, इनाम छाडेपछि बल्ल मिल्छ कि त दुश्मनको चाप्लुसी गरेपछि मिल्छ । तर यस्तो धन कहिल्यै स्वीकार गर्नु हुँदैन ।

८. जे चिज बित्यो त्यो बित्यो, यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढ्नुपर्छ ।

संसार जित्नका लागि चाणक्यले भनेका १० विश्वचर्चित बाणीहरु

chankya

संसार जित्नका लागि चाणक्यले भनेका १० विश्वचर्चित बाणीहरु ! चाणक्य प्राचीन समयका एक महान दार्श्निक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । संसार जित्नका लागि चाणक्यले भनेका १० विश्वचर्चित बाणीहरु यस प्रकार छन ।

१. कमजोर व्यक्तिसँगको दुस्मनी ज्यादै महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुँदैन ।

२. तपाई खुसी रहनु नै दुश्मनका लागि सबैभन्दा ठुलो सजाय हो ।

३. अरुको गल्तीबाट सिक किनकी आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ ।

४. कुनै पनि व्यक्ति आवश्यकता भन्दा बढी इमान्दार सोझो हुनु हुदैन किनकी सोझो रुख पहिला काटिन्छ ।

५. भाग्यले उसैलाई साथ दिन्छ , जो जस्तो सुकै संकटमा पनि आफ्नो लक्ष्य प्रति दृढ रहन्छ ।

६. कुनै पनि व्यक्ति आफ्नो कामबाट मात्र महान हुन्छ जन्मबाट होइन ।

७. कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन । जसले शाहसका साथ ती चुनौतीहरुको सामना गर्छ उ महान बन्छ ।

८. सफलता प्राप्त गर्नको लागि असल साथीको आवस्यकता पर्दछ र धेरै नै ठुलो सफलता प्राप्त गर्नका लागि राम्रो शत्रुको आवस्यकता पर्दछ ।

९. भुतको बारेमा पछुताउनु र भविस्यको बारेमा चिन्ता लिनु हुन्न । किनकी विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ ।

१०. तपाईको कुरा सुन्ने बेला यताउता हेर्न मानिसको कहिल्यै विश्वास नगर्नुहोला ।

चाणक्य नीतिका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु

Chanakya

चाणक्य नीतिका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । चाणक्य नीतिका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु यस प्रकार छन ।

१. गोप्य राख्नुपर्ने पहिलो कुरा – दुःख

चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने पहिलो कुरा हो दुःख । चाणक्यका अनुसार यदिमा मनका केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नुहुँदैंन किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुनसक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

२. गोप्य राख्नुपर्ने दोस्रो कुरा – अपमान

चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने दोस्रो कुरा हो अपमान । भनिन्छ–ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रुपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । चाणक्यको भनाइ छ–जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनुहुँदैंन ।

३. गोप्य राख्नुपर्ने तेस्रो कुरा – घरको भित्री कुरा 

चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने तेस्रो कुरा हो घरको भित्री कुरा । पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनुहुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नुहुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।

४. गोप्य राख्नुपर्ने चौथो कुरा – धनको क्षति 

चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने चौथो कुरा हो धनको क्षति । चाणक्य भन्छन–धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरुको उसको सम्मान गर्न छाड्छन् । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँदछन् ।

चाणक्य नीति अनुसार सुन्दर भएपनि यस्ता गुणहरु हुने स्त्रीसँग बिहे गर्नुहुँदैन

chanakya niti for girls

चाणक्य नीति अनुसार सुन्दर भएपनि यस्ता गुणहरु हुने स्त्रीसँग बिहे गर्नुहुँदैन ! चाणक्य दार्शनिक तथा महान सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  चाणक्यले स्त्रीका बारेमा आफ्नो मिश्रीत नीति र बिचार प्रकाशित गरेका छन त्यसमध्ये केहि सकारात्मक छन त केहि नकारात्मक पनि । केहीलाई समयको बदलिदो परीवर्तनसंगै स्वत असान्दर्भिक तुल्याइ दिएका छन भने केहि भने अहिले पनि मननयोग्य नै छन ।

मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ। विवाहलाई जीवनको सबैभन्दा पवित्र बन्धन मानिन्छ, त्यसकारण हामीले यसमा हरेक प्रकारको सावधानी अपनाउनुपर्ने हुन्छ । विवाहको लागि गरिने सानो गल्ती अथवा असावधानीले तपाईंलाई जीवनभरी समस्या दिने गर्दछ । विशेष गरि चाणक्य नीति अनुसार सुन्दर भएपनि यस्ता गुणहरु हुने स्त्रीसँग बिहे गर्नुहुँदैन।

महिलाहरुको स्वभाव, उनीहरुको सोच, ब्यवहारका बारेमा आचार्यले गहिरो अध्ययन गरेका छन् । महिलामाथि चाँडो विश्वास गर्नु हुँदैन भनेका छन् चाणक्यले । उनको यस कुरामा धेरैको विमति पनि हुनसक्छ । तर चाणक्यले दिएको तर्कले उनको कुराप्रति विश्वस्त हुन सकिन्छ । चाणक्यका अनुसार महिलाको स्वभावमा यस्तो लक्षण पाइन्छ जुन विश्वास गर्न गाह्रो हुने गर्छ । महिलाले कुनै पनि कुरा लामो समयसम्म मनमा राख्न नसक्ने चाणक्यको तर्क छ । चाणक्यले निम्न प्रकारका महिलामाथि विश्वास र विवाह गर्न नसकिने बताएका छन् ।

 

. विवाह गर्दा स्त्रीको सुन्दरता होइन कुल हेर्नुहोस्

आचार्य चाणक्यले भनेका छन्– ‘वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् । रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’ यस श्लोकका माध्यमबाट आचार्य चाणक्यले कुन स्त्रीसँग विवाह गर्न हुने र कुन स्त्रीसँग विवाह गर्न नहुने भनि प्रष्ट पारेका छन् । आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । यदि कोही पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन्  र त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् ।

आचार्य चाणक्यले ग्रन्थमा स्त्रीको संस्कारलाई विशेष महत्व दिएका छन् । राम्रो संस्कार भएको स्त्रीको कारण घर स्वर्ग जस्तै हुने र पूरै परिवारको रेखदेख हुने चाणक्यले ग्रन्थमा उल्लेख गरेका छन् । नराम्रो संस्कार भएका महिलाको कारण घर बिग्रन सक्ने खतरा समेत हुने सक्ने उनको धारणा छ । स्त्री सुन्दर नभएपनि राम्रो संस्कारको स्त्री भएमा परिवारको भविष्य सुन्दर हुन्छ । धर्ममा विश्वास नगर्ने महिलाले परिवार सम्बन्धमा पनि अविश्वास गर्ने सम्भावना रहन्छ । त्यस्ता स्वभाव भएका स्त्रीबाट परिवार बिग्रने खतरा रहने आचार्यले ग्रन्थमा उल्लेख गरेका छन् ।
हाम्रो नेपाली समाजमा धेरैजसो पुरुषहरु महिलाको सुन्दरता हेरेर विवाह गर्ने गर्दछन् । तर उनको भनाई अनुसार कोही सुन्दर स्त्रीविवाहको योग्य हुँदैनन्, त्यसकारण हामीले सावधानी अपनाउनुपर्छ । उनको अनुसार समझदार मानिस त्यो हुन्छ जसले उच्चकुल अर्थात संस्कारी परिवारमा जन्मेको महिलासँग विवाह गर्ने निर्णय गर्छ । सुन्दर स्त्री यदि उनी अधार्मिक चरित्र भएको छिन् भने विवाह पछि उनले परिवारलाई तोड्छिन् ।

. सधै ध्यान राख्नुहोस

जो  स्त्री  अर्काको  साथमा  भाषण  गरेर हिड्दछे,  अर्कालाई  विह्वल  भएर हेर्दछे,  ह्दयमा  अर्काको  चिन्ता  गर्दछे  त्यस्ता स्त्रीहरुको  प्रीति कहिल्यै  पनि  एउटामा  रहँदैन त्यस्ता  स्त्रीहरुको  बिश्वास  गर्नुहुन्न । चाणक्य नीति अनुसार सुन्दर भएपनि यस्ता गुणहरु हुने स्त्रीसँग बिहे गर्नुहुँदैन ।

अन्त्यमा मानिस जे जस्तो कुलको भएपनि उसमा विचार सकरात्मक र उच्च हुनुपर्छ । सबै कुरा ब्यक्तिमा भरपर्छ । आजकल त कुल-खन्दान भन्ने तर फर्सी कुहिएको जस्ता मानिसहरु पनि हाम्रो समाजमा धेरै छन ।

चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु

chanakya

चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु ! चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक तथा मार्क्स जस्तै दार्शनिक थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले नदवंशको नाश गरेर चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए ।  उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। चाणक्य राजसी ठाटबाट भन्दा टाढा एक सानो कुटिमा बस्दथे

भनिन्छ नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका पनि कयौ नीतिहरु चाणक्य नीतिबाट प्रभावित थिए । चाणक्यले स्त्रीका बारेमा आफ्नो मिश्रीत नीति र बिचार प्रकाशित गरेका छन त्यसमध्ये केहि सकारात्मक छन त केहि नकारात्मक पनि । केहीलाई समयको बदलिदो परीवर्तनसंगै स्वत असान्दर्भिक तुल्याइ दिएका छन भने केहि भने अहिले पनि मननयोग्य नै छन । विशेष गरि स्त्री जातिका गुण-दोष, बानी व्यहोरा र महत्वका बारेमा लेखिएका केही रहस्यहरु तल दिएका छन ।

१. स्त्री
स्त्री त्यही हो जसमा सुख छ ।

२. स्त्रीहरुको विश्वास
स्त्रीहरुको कहिल्यै विश्वास गर्नुहुँदैन । 

३. स्त्रीको छनौट
दुष्ट कुलबाट पनि रत्नरुपी स्त्रीलाई लिनुपर्छ ।

४. स्त्रीको शक्ति
स्त्रीहरुको भोजन दुई गुना, लज्जा चार गुना, साहस छ गुना र काम आठ गुना बढी हुन्छ ।

५. स्त्रीको दोष
असत्य बोल्नु, उत्ताउली हुनु, कपटी हुनु, मूर्खता, अत्यन्त लोभ, अपवित्र र निर्दयता स्त्रीहरुका स्वाभाविक दोष हुुन ।

६. आज्ञाकारी स्त्री
जसको स्त्री इच्छा अनुसार चल्दछे तथा जसले ऐश्वर्यमा सन्तोष गर्दछ त्यसलाई स्वर्ग यही नै छ । अर्थात राम्रो र आफुले भनेको मान्ने स्त्री पाएमा स्वर्ग यहि छ ।

७. कस्ता स्त्रीको बिश्वास गर्नुहुन्न
जो  स्त्री  अर्काको  साथमा  भाषण  गरेर हिड्दछे,  अर्कालाई  विह्वल  भएर हेर्दछे,  ह्दयमा  अर्काको  चिन्ता  गर्दछे  त्यस्ता स्त्रीहरुको  प्रीति कहिल्यै  पनि  एउटामा  रहँदैन त्यस्ता  स्त्रीहरुको  बिश्वास  गर्नुहुन्न ।