यस्तो छ शुक्रबार व्रतविधि

शुक्र ग्रह

यस्तो छ शुक्रबार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । शुक्रबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । शुक्रबारको व्रत शुक्र ग्रहको प्रतिकूल फलको निवारणका लागि तथा विवाह, सन्तति आदि भौतिक सुख समृद्धिका निम्ति लिने प्रचलन छ ।

श्रावण महिनाको पहिलो शुक्रबारबाट यो व्रतको प्रारम्भ गरेमा विशेषरूपमा लक्ष्मी कृपा प्राप्त हुन्छ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरी शुद्ध भई श्वेत वस्त्रादि धारण गरी लक्ष्मीदेवीलाई धूप, दियो, चामल, चिनी, सुपारी आदिले पूजा गरी सेतो मिठाई, खिर जस्ता सेतो रङ्गका खाद्यपदार्थ अर्पण गरी त्यो प्रसाद बच्चाहरूलाई बाँडिदिनु पर्दछ । ‘ॐ शुक्राय नमः’ यो मन्त्र ३ माला हरेक पटक जप्ने गर्नु पर्दछ, व्रतको दिन भोजन गर्दा एक छाक नुन खान निषेध गरिएको छ र खाद्य पदार्थमा सेतो चीज बढी प्रयोग गर्ने चलन छ । व्रत सकिएपछि बालबालिका र ब्राह्मणलाई यथाशक्य दान, दक्षिणा दिएर खुशी बनाउनु पर्छ । यो व्रत कमसेकम २१ वटा शुक्रबारसम्म लिनु अनिवार्य छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ बिहिबार व्रतविधि

यस्तो छ बिहिबार व्रतविधि

बृहस्पति

यस्तो छ बिहिबार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । बिहिबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ ।  वैवाहिक सुख प्रप्तिका लागि,गुरु बृहस्पतिको अनिष्ट फ़ल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहिबारको व्रतको सम्पादन गरिन्छ ।

यो व्रत शुक्लपक्षको पहिलो बिहिबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जाप गर्नुपर्दछ । बिहिबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

यस्तो छ बुधबार व्रतविधि

यस्तो छ बुधबार व्रतविधि

God Vishnu

यस्तो छ बुधबार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । बुधबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ ।

यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ । व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवान सामु विष्णु नाम जप गर्नु पर्दछ। ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नुपर्दछ। यो व्रतमा पनि एकछाक नुन बार्नुपर्दछ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नुपर्दछ। गाई छ भने गाईलाई सेवा गर्ने गर्नुपर्दछ।

यो पनि पढ्नुहोस्

यस्तो छ मङ्गलबार व्रतविधि

यस्तो छ मङ्गलबार व्रतविधि

Ganesh

यस्तो छ मङ्गलबार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । मङ्गलबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ। सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ । यस व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ ।

बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नु पर्दछ । ब्राह्मणलाई यथाशक्य तामा, मुसुरोको दाल आदि दान गर्नुपर्दछ वा आफूभन्दा कान्छो भाइलाई खुशी पार्ने वस्तु प्रदान गर्नुपर्दछ।

यो पनि पढ्नुहोस्

सोमबार व्रतविधि

यस्तो छ मङ्गलबार व्रतकथा

Tuesday Fasting Story

मङ्गलबार व्रतकथा यस्तो छ ! परापूर्व समयमा एक जोडी ब्राह्ममण दम्पती थिए । घरमा सबै वस्तु भए पनि एउटा सन्तान नहुनाले ती दुई पतिपत्नी दिनरात यही चिन्तामा घोरिई रहन्थे । ईश्वरसित आर्तपुकारा गर्थे- हे भगवन् ! कुनै उपायले हामीलाई एउटा पुत्र-रत्न प्रदान गर । यही उनीहरूको प्रार्थना थियो । पुत्र-प्राप्तिको इच्छाले ती ब्राह्मण कुनै वनमा आश्रम बनाई त्यसैमा बसेर नियम र निष्ठापूर्वक श्री हनुमानजीको आराधना गर्ने गर्दथे। उनकी ब्राह्मणी घरैमा बसेर आफ्नो मनोकामनाको र्पूर्तिका निम्ति हनुमानजीको पूजा आराधना गर्दथिन् । प्रत्येक मंगलबारका दिन श्री हनुमानजीलाई नैवेद्य अर्पण गरेर मात्र भोजन गर्दथिन् ।

दैवसंयोगले एउटा मंगलबार ती ब्राह्मणीले खानेकुरा पकाइनन्, त्यसै कारणले उनले हनुमानजीलाई खाने वस्तु अर्पण गर्न पाइनन् । उता उनले आँफूले पनि केही खान-पान गर्ने मौका पाइनन् साथै उनले अब अर्को मंगलबार आउँछ अनिमात्र भोजन गर्नेछु भन्ने प्रतिज्ञा पनि गरिन्। श्रीहनुमानजीलाई भोजन अर्पण नगरी म स्वयं भोजन गर्ने छैन भन्ने पनि उनको प्रतिज्ञा थियो । यही क्रममा छ दिनसम्म भोकै प्यासै रहेर उनको समय व्यतीत भयो। अनि मंगलबार बिहान हुनसाथ ती ब्राह्मणी अकस्मात् मूर्च्छा परेर ढलिन् । अनि श्री हनुमानजीले त्यही मूर्च्छाकै स्थितिमा दर्शन दिएर ती ब्राह्मणीलाई सचेतन अवस्थामा ल्याउनु भयो र आज्ञा गर्नुभयो- ‘तिम्रो पूजा सफल भयो । म तिमीलाई यो मङ्गल नामक सुन्दर बालक दिन्छु ।

यसले तिम्रो यस्तो सेवा-चाकरी गर्नेछ, जुन कसैले पनि आफ्ना माता-पिताको सेवा गरेको छैन।’ अनि बालकलाई आज्ञा दिए- ‘ए मङ्गल! आऊ, आफ्नी आमाको यस्तो सेवा गर जसमा यिनलाई कुनै किसिमको दुःख-कष्ट हुन नपाओस् ।’ हनुमानजीले प्रदान गर्नु भएको बालकलाई प्राप्त गरी ब्राह्मणी अत्यन्त प्रसन्न भइन् र त्यही बालकसित आनन्दपूर्वक दिन बिताउन लागिन् । केही समय बितेपछि जब ब्राह्मण जंगलबाट फर्केर आए र आफ्नू घरमा एउटा राम्रो बालक देखे अनि छक्क पर्दै पत्नीसित सोधे- ‘यो बालक कसको हो?’ ब्राह्मणीले भनिन्- ‘श्री हनुमानजीले प्रदान गर्नु भएको आफ्नै पुत्र हो।’ पत्नीको उत्तर सुनेर ब्राहृमणले भन्न त केही पनि भनेनन् तर उनको मनमा आफ्नो अनुपस्थितिमा पुत्र उत्पादन गर्ने पत्नीप्रति आशङ्का भयो र सोच्न थाले- मेरी पत्नी अवश्य पनि व्यभिचारिणी भइछ र यो बालक यसैको व्यभिचारको परिणाम हो । अनि उनी मनमा विचार गर्न थाले कुनै प्रकारले यो बालक मरिदिए थिक हुने थियो।

एकदिन ब्राह्मण इनारमा पानी लिन जान लागेका थिए, त्यसैबेला पत्नीले मंगललाई पनि आफूसँगै लिएर जान अनुरोध गरिन्। ब्राह्मणले बालक मंगललाई पनि साथै लिई गए र झुक्याएर त्यस मङ्गल बालकलाई इनारमा धकेलिदिए। ब्राह्मण घर फर्किएपछि पत्नीले सोद्धा उनले मंगलका बारेमा कुन्नि कता गयो, मलाई थाहा छैन भन्दै उत्तर दिए। त्यस पछि ब्राहृमणीले मंगललाई डाकिन्, मंगल तुरुन्त हाँस्दै आइपुग्यो । यसरी ती ब्राहृमणले धेरै पल्ट बालकलाई मार्ने प्रयत्न गरे तर महावीर हनुमानज्यूले त्यस बालकको रक्षा गर्नुहुन्थ्यो त्यसैले उसलाई केही हुँदैनथ्यो। त्यसपछि एक दिन ब्राह्मण घरमा सुतिरहेको अवसरमा श्री हनुमानजीले स्वप्नमा दर्शन दिएर आज्ञा भयो- ‘हे ब्राह्मण ! यस बालकप्रति तिमीले आफ्नू मनमा कुनै किसिमको शंका र सन्देह नराख। तिमीले जुन मेरो सेवा र भक्ति गर्‍यौ, त्यसैको परिणामस्वरूप तिमीले यो बालक प्राप्त गरेका हौ ।’ यसपछि धेरै दिनसम्म ती पति-पत्नि सुखपूर्वक रहे । यो कथा जसले पढ्दछ वा सुन्दछ अथवा मंगलबारको व्रत गर्दछ, त्यसका सबै कष्ट श्री हनुमानजीको कृपाले नष्ट भएर जानेछ ।

यो पनि पढ्नुहोस्    

यस्तो छ सोमबार व्रतकथा

यस्तो छ सोमबार व्रतकथा

Monday Fasting Story

सोमबार व्रतकथा यस्तो छ ! एकजना असाध्यै धनवान व्यापारी थियो, उसको घरमा धन आदिको कुनै किसिमको कमी हुंदैनथ्यो । तर ऊ संतति सुखको अभावको पीडा भोग्दै थियो । यही नै साहूको चिन्ताको विषय थियो । ऊ पुत्रको कामना गर्दै प्रति सोमवारका दिन शिवजीको व्रत र पूजन गर्ने गर्दथ्यो र सायंकालमा शिव मन्दिरमा गएर शिवजीको श्री विग्रहअगाडि दियो बाल्ने गर्थ्यो । उसको यस भक्तिभावलाई विचार गरेर एकपटक श्री पार्वती माताले शिवजीसंग भन्नुभयो – हे स्वामी ! यो वैश्य हजुरको अनन्य भक्त हो अनि सदैव हजुरको व्रत र पूजन असाध्यै श्रद्घापूर्वक गर्दछ ।

यसको मनोकामना त पूर्ण गर्नुपर्दछ । पार्वतीका कुरा सुनेर शिवजीले भन्नुभयो – हे पार्वती । यो संसार कर्मक्षेत्र हो । जसरी किसान खेतमा जस्तो बीउ छर्दछ त्यस्तै फल प्राप्त गर्दछ । त्यसरी नै यस संसारमा प्राणीले जस्तो कर्म गरेको हुन्छ त्यस्तै फल भोग्न पाउंछ । पार्वतीले अत्यंत आग्रहपूर्वक भन्नुभयो – महाराज ! जब ऊ हजुरको अनन्य भक्त छ र यसलाई कुनै किसिमको दुःख छ भने त्यस कष्टलाई अवश्य निवारण गर्नु पर्छ किनकि हजुर सदैव आफ्ना भक्तप्रति दयालु हुने गर्नुहुन्छ र तिनका समस्त दुःखकष्ट निवारण गर्नुहुन्छ । यदि हजुरले भक्तलाई राहत प्रदान गर्नु भएन भने मनुष्यले हजुरको सेवा तथा व्रत किन पो लिनु र ? पार्वतीको यस्तो आग्रह सुनेर भगवान भोलेनाथ पुनः भन्न थाल्नुभयो – हे पार्वती ! यसको कुनै संतति छैनन त्यसैले यो चिन्ताग्रस्त भई दुःखी जीवन व्यतीत गर्दछ । यसको भाग्यमा सन्तान छैनन तथापि म तिम्रो आग्रहका कारण यसलाई पुत्रप्राप्तिको वरदान प्रदान गर्दछु । तर उक्त पुत्र बाह्रवर्षसम्म मात्र जीवित रहने छ ।यसबाहेक यस भक्तका लागि म अरु केही पनि गर्न सक्दिन । यी सबै कुरा वैश्यले समेत सुनिरहेको थियो, यसबाट उसलाई न प्रसन्नता नै भयो न केही दुःख नै । ऊ पहिले जसरी नै शिवजीको व्रत र पूजन गर्दै रह्यो । केही समय व्यतीत भएपछि साहूकी स्त्री गर्भवती भई र दस महिनापछि उसको गर्भबाट एउटा अति सुन्दर पुत्रको जन्म भयो ।

साहूका घरमा ठूलो उत्सव मनाइयो तर साहूले नवजात शिशुको बाह्र वर्षको मात्र आयु छ भन्ने थाहा पाएर धेरै प्रसन्नता व्यक्त गरेन र न कसैलाई यस रहस्यको भेद नै बतायो । जब त्यो बालक ११ वर्षको भयो, बालककी आमा त्यसको व्रतबन्ध, विवाह आदि संस्कार संपन्न गर्ने कुरा गर्न थालिन तर साहू यस कुरामा सहमत भएन । बरु उसले पुत्रलाई अध्ययन गर्न काशी पठाउने निधो गर्यो । व्यापारीले आफ्नो सालो अर्थात् बालकको मामालाई प्रशस्त धन उपलब्ध गराई बाटोमा जुन स्थानमा पुगे पनि यज्ञ गर्दै र ब्राहमण-भोजन गराउँदै बालकलाई काशी लिएर जान आदेश गर्यो । ती दुबै मामा-भाञ्जा यज्ञ संपन्न गर्दै र ब्राहमण-भोजन गराउँदै जाँदै थिए । बाटोमा तिनले एउटा सहर भेटे । त्यस सहरमा राजाकी छोरीको विवाह हुँदै थियो र अन्य देशको राजाको छोरो जो विवाह गर्न जन्ती लिएर आएको थियो त्यो विचरा कानो थियो । दुलाहाका पितालाई कतै कन्यापक्षले दुलाहालाई देखेर विवाहमा अवरोध सिर्जना गर्ने त होइनन भन्ने चिन्ता थियो । बाटोमा बेउलाको बावुले अति सुन्दर साहूपुत्रलाई देखेर मनैमन विचार गर्यो, स्वागतद्वारमा यासि बच्चोलाई बेउलो बनाएर राख्नु पर्ला ! यस्तो सोचेर वरका पिताले त्यस केटो र उसका मामासंग कुरा गर्दा ती पनि यस कुरामा सहमत भए ।

अनि त्यस वैश्यपुत्रलाई बेउलाका पहिरन लगाएर घोडामा चढ़ाएर स्वागतद्वारमा लिएर गए र सबै कार्य प्रसन्नतापूर्वक पूर्ण भयो । त्यसपछि वरका पिता पुनः विचार गर्न थाल्यो, यदि विवाहका अन्यान्य कार्य पनि यसै केटाको सहयोग लिई गर्दा के बेफाइदा होला र ? बेउलाको पिताले वैश्यपुत्र र उसका मामासंग भन्यो – यदि तपाईंले यज्ञमण्डपमा बेउलाको सट्टामा यिनै बालकको सहयोगमा यज्ञ, गोडधुवा, कन्यादान आदि विवाहका शेषकृत्य सम्पन्न गराउनु भए ठूलो कृपा हुनेथियो । म यसको प्रत्युपकारमा हजुरलाई प्रशस्त धन प्रदान गर्नेछु । ती दुबै मामाभान्जाले राजाको प्रस्ताव स्वीकार गरे र विवाहको शेष कार्य पनि साह्रै राम्ररी सम्पन्न भयो । तर विदा हुने बेलामा त्यस व्यापारीपुत्रले राजुकुमारीको खास्टोको छेउमा लेख्यो – तेरो विवाह त छलपूर्वक म वैश्यपुत्रसंग भएको छ र जुन राजकुमारसित तँलाई विदाई गरी पठाउने छन त्यो केटो त कानो छ । म अध्ययन गर्ने उद्देश्यले काशी पढ़न जाँदैछु । केटो गएपछि राजकुमारीले आफ्नो खास्टोमा लेखेको देखी र उसले राजकुमारसंगै जान अस्वीकार गरी । बेउलीले भनी – यो राजकुमार मेरो पति होइन, मेरो विवाह यससङ्ग भएको होइन । मेरा पति त अध्ययन गर्न काशी गएकाछन ।

राजकुमारीका माता-पिताले यथार्थ कुरो पत्ता लगाए र आफ्नी छोरीको विदाइ गरेनन अनि जन्ती बेउलीबिना नै फिर्ता गयो । उता सेठको छोरो र उसको मामा काशी पुगे । त्यहाँ पनि तिनले यज्ञ गर्ने सिलसिला जारी राखे साथै केटोले अध्ययन प्रारम्भ गर्यो । जब केटाको आयु बाह्र वर्षको भयो त्यस दिन पनि यज्ञको योजना हुँदैथियो कि केटो अचानक बिरामी भयो र उसले मामासंग भन्यो – मामा आज मेरो स्वास्थ्य ठीक छैन । मामाले भित्र गई आराम गर्न भने । केटो भित्र पसेर सुत्यो र केही समयपछि उसका प्राणपखेरु उडे । मृत भान्जो देखेर मामालाई असाध्यै पीडा भयो अनि सोच्न थाल्यो यदि मैले शोकका कारण रुनकराउन थालें भने यज्ञको संपादनमा विघ्न आउने छ, अतः उसले शीघ्रताका साथ यज्ञ सम्पन्न गरी ब्राहमण विदा गरेपछि रुनकराउन र छट्पटाउन थाल्यो । संयोगवश त्यसै समयमा शिव-पार्वती पनि त्यही बाटो पारी कतै जाँदै हुनुहुन्थ्यो । माता पार्वतीका साथमा भगवानले ठूलोठूलो स्वरमा रोएको आवाज सुन्नुभयो अनि पार्वतीमातले भगवानलाई भन्नुभयो – हे ख्वामित् ! कुनै दुखिया रोइरहेको छ यसको कष्ट निवारण गर्नुहवस् ।

शिव-पार्वती नजिकै गएर हेर्दा मृत अवस्थामा पुगेको त्यही वैश्यपुत्रलाई देख्नुभयो । माता पार्वतीले पुनः भन्नुभयो – स्वामी ! यो त त्यसै सेठको छोरो हो, जो हजुरको वरदानस्वरूप जन्मिएको थियो । शिवजीले आज्ञा गर्नुभयो – पार्वती ! यसको आयु यत्ति नै थियो जुन यसले भोग गरिसक्यो । अनि पुनः पार्वतीले भन्नुभयो – हे मालिक ! यस बच्चालाई अझ आयु प्रदान गर्नुहवस नत्र यसका माता-पिता तड़पी-तड़पी मृत्युपरवश हुनेछन । पार्वतीले बारम्बार आग्रह गर्दा शिवजीले त्यसलाई जीवन प्रदान गर्नुभयो र शिवजीको कृपाले केटो जीवित हुन पुग्यो ।शिवजी-पार्वती आफ्नो धाम कैलाश जानुभयो । त्यसपछि त्यो केटो र मामा पहिले जसरी नै यज्ञ गर्दै र ब्राहमण-भोजन गराउँदै आफ्नो घरतिर लागे ।

बाटोमा त्यही सहर आयो जहां केटाको विवाह भएको थियो । त्यहां आएर तिनले यज्ञ आरंभ गरे, राजाले त्यस वैश्यपुत्रलाई चिन्यो र महलमा लगेर ती दुबैको स्वागतसम्मान गर्यो । साथै धेरै दास-दासीसहित विधिपूर्वक छोरीज्वाइँलाई विदा गर्यो । आफ्नो सहरका नजिकमा पुगेपछि मामा घरमा खबर गर्न बेउलाबेउलीभन्दा पहिले नै घरतर्फ गयो । उता बाह्रवर्ष बितेपछि त्यस केटाका माता-पिता घरको छानामा बसेर यदि हाम्रो पुत्र सकुशल फर्कियो भने राजी-खुशीसाथ छानाबाट तल झर्ने नत्र छतबाट फाल हालेर प्राण त्याग्ने भनी प्रतिज्ञाबद्ध भई छोराको बाटो कुरेर बसेका थिए । त्यत्तिकैमा त्यहां आई पुगेको केटाको मामाले व्यापारीदम्पतिको पुत्र पुत्रवधुका साथमा प्रशस्त धनसंपत्तिसमेत समाचार भन्यो । सेठदम्पति आनन्दपूर्वक तल झरे र छोराबुहारीको विधिवत स्वागत गरे । त्यसपछि उनीहरू बडो प्रसन्नताका साथमा जीवन यापन गर्न थाले ।जसले सोमवारको व्रत विधिपूर्वक लिने गर्दछ, त्यसका सम्पूर्ण मनोकांक्षा पूर्ण हुनेछन अथवा सोमबारका दिन यस कथालाई पढ़नाले वा सुन्नाले मात्र पनि उसका समस्त मनोकामना पूर्ण हुन्छन ।

यो पनि पढ्नुहोस्

यस्तो छ आइतबार व्रतकथा

यस्तो छ आइतबार व्रतकथा

Sunday Fasting Story

आइतबार व्रतकथा यस्तो छ :

एउटी बुढी आमै थिइन् । तिनको नियम थियो प्रति आइतवारका दिन बिहानै स्नान आदि गरी गोबरले घर लिपेर पुनः भोजन तैयार गरी भगवानलाई अर्पण गरी आँफू भोजन गर्दथिन् । यसरी नियमित व्रत गर्नाले उनको घर अनेक किसिमका धनधान्यले भरिपूर्ण थियो । श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन । सबै प्रकारले घरमा आनन्दैआनन्द थियो । यसरी केही दिन बितेपछि उनकी एउटी छिमेकी स्त्री, जसको गोठबाट ती आमै गाईको गोबर ल्याउने गर्थिन्, विचार गर्न थालिन् – यी वृद्घा सधैं मेरो गाईको गोबर लग्छिन्, त्यसैले म मेरो आफ्नो गाई लाई घरभित्र बाँध्न थाल्छु । उक्त गाईलाई गोठभित्र बाँधेर थुनेपछि आमैले गोबर लान पाइनन् र एउटा आइतवारका दिन घर लिप्न पाइनन् । त्यसकारणले उनले न त भोजन बनाइन् न भगवानलाई भोग अर्पण गर्न नै पाइन् अनि आँफूले पनि खान पाइनन् । यसरी उनले निराहार व्रत लिने प्रण गरिन् । रात पर्यो उनी भोकै सुतिन् ।

रातको समयमा सपनाले भगवानले उसलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो । वृद्घाले गोबर प्राप्त नभएका कारण कुनै पनि कर्म सम्पादन हुन नसकेको विवरण बिन्ती बिसाइन् अनि भगवानले आज्ञा गर्नुभयो – हे माता! म तपाईंलाई एउटा यस्तो गाई प्रदान गर्नेछु जसले तपाईंका समस्त इच्छाहरू पूर्ण हुनेछन । किनकि तपाईं सधैं आइतबरका दिन गाईको गोबरले लिपेर घरलाई शुद्ध बनाई भोजन तैयार गरी मलाई अर्पण गरी स्वयं भोजन गर्नुहुन्छ । यस व्रतको प्रभावले खुसी भई तपाईंलाई वरदान प्रदान गर्दछु । निर्धनलाई धन र बांझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु तथा अन्त्य समयमा मोक्ष प्रदान गर्दछु ।

स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो र वृद्घाका आँखा खुल्दा उनले आँगनमा एउटा अति सुन्दर गाई र बाछो बाँधिएको देखिन । त्यो गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँस हालिन । जब उनकी छिमेकी वृद्धाले घरबाहिर एउटा अति सुन्दर गाई र बाछोलाई देखिन अनि उनलाई डाहा त भयो नै अझ त्यस गाईले सुनको गोबर गोब्र्याएको दृश्य देख्दा त उनको मनमा खपिनसक्नु भयो उनले तुरुन्त त्यस गाईको गोबर आफ्नो गाईको गोबर संग साटिन । ती छि मेकी संधै त्यसै गर्थिन, उता सोझी आमैलाई यस्तो चलाखीको अत्तोपत्तो थिएन । यस घटनापछि सर्वव्यापी ईश्वरले बिचार गर्नुभयो कि चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा वृद्धा ठगीएकीछन अनि ईश्वरले संध्याको समयमा आफ्नो मायाद्वारा अति ठूलो हुरीबतासको सिर्जना गर्नुभयो । आमैले आँधीको भयले आफ्ना वस्तु भित्र लगेर बाँधिन । प्रातःकालमा वृद्धाले गाईले सुनको गोबर गोब्र्याएको देखिन, उनको आश्चर्यको सीमा रहेन र त्यसपछि मात्र ती आमैले प्रतिदिन गाईलाई घरभित्र नै बाँध्न थालिन । उता छिमेकी वृद्धा सुनको गोबर प्राप्त गर्न नसकेर ईर्ष्या र डाहले पिरोलिना थालिन अनि केही उपाय नदेखेर तिनले त्यस देशको राजाका सभामा गएर पोल लगाइन् – महाराज !

मेरो छिमेकमा एउटी वृद्घासंग यस्तो गाई छ जुन हजुरहरू जस्ता राजाहरूसंग मात्र हुनुपर्ने हो, किनभने सरकार ! त्यस गाईले नित्य एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्दछ । हजुरले नै त्यो गाई प्राप्त गर्नु पर्दछ र त्यसबाट प्राप्त सुनद्वारा प्रजाको पालन गर्नु पर्दछ, आखिरी त्यस वृद्घाले त्यत्तिका सुनले के गर्छे र ? राजाले यस्ता कुरा सुनेर आफ्ना दूतलाई वृद्घाका घरबाट गाई लिई आउन आज्ञा दिए । वृद्घा प्रातःकालमा ईश्वरलाई अर्पण गरेको भोजन ग्रहण गर्न लागेकी थिईन् त्यत्तिकैमा राजाका कर्मचारीले गाई खोलेर लगे । आमैले अनेक तरहले विलाप गरिन् रोइन कराइन् तर कर्मचारी-समक्ष उनको जोड चलेन । त्यस दिन वृद्घाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन र रातभरि रोई-रोई ईश्वरसंग गाई पुनः प्राप्त होस भन्ने कामनाले प्रार्थना गरिरहिन । उता राजा गाई देखेर असाध्यै प्रसन्न भए, तर बिहान उनी उठ्दा, सारा महल गोबरैगोबरले भरिएको देखियो । राजा यस्तो दृश्य देखेर अत्तालिए ।

दिनभर राजा चिन्तित रहे, तर भगवानले अर्को रात सपनामा राजालाई भन्नुभयो – हे राजा ! गाई जहांबाट ल्याएको हो त्यहीं फर्काउनुमा तिम्रो कल्याण हुनेछ । मिले वृद्धाको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर मैले उनलाई गाई प्रदान गरेको थिए । उज्यालो हुना साथ राजाले वृद्घालाई बोलाएर प्रशस्त धनका साथै सम्मान सहित गाईबाछा फिर्ता गरे । अनि छिमेकी कुटिल स्त्रीलाई बोलाएर उचित दण्ड दिए । यी कृत्य समापन हुनासाथ राजाको महलबाट फोहोर स्वतः हट्यो । त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे – समग्र राज्यको तथा आआफ्नो समस्त मनोकामनापूर्तिका निम्ति आइतबार (रविवार)का दिन व्रत लिनु पर्छ, राजाको आदेशपछि व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले । त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो । सारा जनता सुखपूर्वक भगवानको भजन-कीर्तनमा समय बिताउन थाले ।

यो पनि पढ्नुहोस्

यस्तो छ शनिबार व्रतकथा

आइतवारमा कुन देवी-देवताको पूजा गर्ने ?

Sunday Prayer

आइतवारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, आइतवारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

आइतवार

हिन्दू धर्मावलम्बीहरू आइतवारमा सूर्य देवताको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार आइतवारलाई सूर्यदेवको वार मानिन्छ । यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनु हुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

बिक्रम संबत पात्रो अनुसार यो दिन हप्ताको पहिलो दिन हो । क्रिश्चियन पात्रो अनुसार पनि आइतवारलाई हप्ताको पहिलो दिन मानेपनि युरोपमा २० औं शताब्दीको मध्यदेखि यसलाई हप्ताको सातौं दिन मान्न थालिएको छ। इसाईहरू आइतवारलाई पवित्र दिवस मान्दछन् र हरेक कामबाट छुट्टी लिन्छन् र चर्च जाने गर्दछन्।

यो पनि पढ्नुहोस् 

शनिवारमा कुन देवी-देवताको पूजा गर्ने ? 

सोमबार व्रतविधि

Monday Fasting

हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । सोमबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ ।

सोमबार व्रतविधि

हिन्दू धर्मावलम्बीहरू सोमबारमा शिवको पूजा  गर्दछन् । ज्योतिषशास्त्र अनुसार सोमबारलाई शिवको वार मानिन्छ । यो व्रत श्रावण, चैत, वैशाख, कात्तिक वा मंसिर महिनाको शुक्लपक्षको पहिलो सोमबारबाट प्रारम्भ गर्नुपर्दछ । यो व्रत ५ वर्ष, १४ वर्ष अथवा १६ वर्षसम्म श्रद्धा र भक्तिका साथ विधिपूर्वक गर्नुपर्दछ । चैत्र शुक्ल अष्टमी तिथि, आर्द्रा नक्षत्र, सोमबार वा श्रावण महिनाको पहिलो सोमबारबाट व्रत सुरु गरेमा एकदमै ठूलो फल प्राप्त हुन्छ ।

व्रत आरम्भ गर्दा बिहान सबेरै उठेर पानीमा कालो तिल मिसाई नुहाउनुपर्दछ, त्यसपछि ‘ॐ नमः शिवाय’ लगायत शिवको मन्त्र वा प्रार्थनाद्वारा शिव-पार्वतीको पूजा गर्नुपर्दछ, सेतो वस्त्र लगाएर सेतो फूल, सेतो चन्दन, पञ्चामृत, अक्षता, सुपारी, बेलपत्र आदिले पूजा गर्नुपर्दछ, पूजा गरिसकेपछि ब्राह्मणलाई दान, दक्षिणासहित भोजन गराइसकेपछि मात्रै आफूले भोजन गर्नुपर्दछ । सोमबारको व्रत सकेसम्म निर्जल, निराहार अथवा एक छाक अलिनो खाएर ग्रहण गरी सम्पादन गर्ने शास्त्रीय मान्यता छ । व्रतको समापन पनि माथि उल्लेखित महिनामा परे उत्तम मानिन्छ । सोमबारको व्रत लिनाले मानसिक शान्ति, धन, पुत्रप्राप्ति, पतिप्राप्ति एवं सबै किसिमको कष्टबाट छुटकारा प्राप्त हुनेछ ।

यो पनि पढ्नुहोस्

आइतवार व्रतविधि

शनिवारमा कुन देवी-देवताको पूजा गर्ने ?

Shani

शनिवारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, शनिवारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

शनिवार

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ।

शनिवार  विक्रम संवत् पात्रो अनुसार शनिवार हप्ताको सातौँ दिन तथा शुक्रवार र आइतबारको बिचको दिन हो। तर युरोप र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ। आइ एस ओ ८६०१ मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो । नेपालमा शनिवार मात्र सप्ताहअन्तको रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ।

यो पनि पढ्नुहोस्

शुक्रवारमा कुन देवी-देवताको पूजा गर्ने ?