ईलामको ख्यातिप्राप्त कक्षा १० सम्म पढाई हुने स्कुल बिक्रीमा

स्कुलका सुविधाहरु र पूर्वाधारहरु यस प्रकार छन् :

१. ६ रोपनी जग्गामा भएको

२. कक्षा १० सम्म चलिरहेको

३. स्कुलको आफनै होस्टेल भएको

४. इलामको रमणीय ठाउँमा अवस्थित

थप जानकारीको लागि तलको मोवाईलमा सम्पर्क गर्नुहोला

मोवाईल नम्वर : ९८२४-९०९५१२

के हो प्रविधि ? 

Technology
Gopal Bhandari
गोपाल भण्डारी

भनिन्छ बिज्ञान एउटा अतृप्त आत्मा हो । मान्छे तृप्त भएको भए आविष्कारहरु हुने थिएनन । प्रविधि  भनेको अतृप्त मनहरुले उब्जाएको आविष्कार हो । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्वन्धीत अध्ययन अथवा विज्ञानको समूह हो । आदिमकालदेखि नैं मानवले प्रविधिको प्रयोग गर्दै आएको थियो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जुन देशहरु प्राविधिक हिसावले शक्तिशाली छन् तिनीहरू नै सामरिक र आर्थिकले हिसावमा शक्तिशाली र अरुभन्दा सक्षम पनि छन् ।

आजको युग भनेको प्रविधिको युग हो । समयानुकूल प्रविधिको विकास तथा उपभोग गर्ने देशहरूको शैक्षिक लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा पनि प्रगति भएको देखिन्छ । विकसित मुलुक र विकासशील राष्ट्रबीच प्रविधिको उपयोगको अवस्था ज्यादै भिन्न देखिन्छ । व्यवस्थापकीय प्रणालीमा सुधार ल्याउन, सक्षम तथा दक्ष जनशक्तिको उत्पादन गर्न, सूचना र सञ्चार प्रविधिमा पहुँच हुने र नहुने बीचको खाडल कम गर्न र निरन्तर तथा जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्न सूचना र प्रविधिको उपयोग हुनु जरुरी भएको छ । प्रविधिको उपयोगले विश्वलाई साँघुर्याउदै लगेर एउटा भूमण्डलीय ग्रामका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

नयाँ उद्योग दर्ता तथा पेटेन्ट दर्ताको लागि उद्योग विभागमा सम्पर्क गर्नुहोला

DOI

नयाँ उद्योग दर्ता तथा पेटेन्ट दर्ता थप जानकारीको लागि उद्योग विभागमा सम्पर्क गर्नुहोला ।
उद्योग विभाग
त्रिपुरेश्वर, काठमाडौं, नेपाल
फोनः +९७७ ०१ ४२६१२०३, ४२६१३०२, ४२६११६८, ४२६११६९
फाक्सः +९७७ ०१ ४२६१११२
इमेलः info@doind.gov.np
वेबसाइटः http://www.doind.gov.np

फेसबुक प्रोफाइलमा राख्न नहुने केहि गोप्य कुराहरु

फेसबुक प्रोफाइलमा राख्न नहुने केहि गोप्य कुराहरु

फेसबुक प्रोफाइलमा राख्न नहुने केहि गोप्य कुराहरु ! सामाजिक संजाल फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिलेकाँही हाम्रो लागि समस्या पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । फेसबुक प्रोफाइलमा राख्न नहुने केहि गोप्य कुराहरुबारे जानकारी यस प्रकार छन ।

१.  फोन नम्बर

मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।

२.  जन्मदिन

ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाईदिन सक्छन् । यस मार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्न सक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

 ३.  वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेश

अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

४.  रिलेसनशीप स्टेटस

यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउने छन् ।

५.  क्रेडिट कार्ड डिटेल्स

क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

६. बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्

तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

७.  आफ्नो बसलाई नजोड्नुहोस्

यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नराम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

 ८.  छुट्टिको जानकारी नदिनुहोस्

याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

९.  परिवारको तस्बिर नराख्नुहोस्

यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

१०.  लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्

आइफोन होस् वा एन्ड्रोइड, लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाए लगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

११.  आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्

फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

अब फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने

अब फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने

अब फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने !  मानिस सामाजिक प्राणी भएकोले सामाजिक सञ्जालले  मानिसहरूलाई जोड्ने एउटा माध्यम भई सकेको छ।आजकल हामीले अत्याधिक रुपमा चलाउने सामाजिक सञ्जाल फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने भएको छ । फेसबुकले चाँडै यस्तो फिचर ल्याउँदैछ जसमा फेसबुक प्रयोगकर्ताले भिडियो अपलोड गरेबापत पैसा पाउने छन । यसमा केही शर्तहरु हुनेछन् जसलाई पूरा गरेमा भिडियो पब्लिसरले पैसा कमाउन सक्नेछ ।
‘मिड रोल एड फर्म्याट‘ भनिने एड फर्म्याट अनुसार यदि कुनै प्रयोगकर्ताले अपलोड गरेको भिडियो अरुले १० सेकेन्डभन्दा बढी हेरेपछी उक्त प्रयोगकर्तालाई विज्ञापन प्राप्त हुनेछ । सो एडबाट हुने कमाई भिडियो अपलोड गर्ने व्यक्तिलाई दिइनेछ । भिडियोबाट हुने कमाईको ५५ प्रतिशत हिस्सा अपलोड गर्नेलाई दिइनेछ भने ४५ प्रतिशत फेसबुकले राख्नेछ । यो विषयमा फेसबुकले अहिलेसम्म आधिकारिक जानकारी भने दिएको छैन ।
यसको दोस्रो शर्त के छ भने अपलोड गरिएको भिडियो कम से कम ९० सेकेन्डको हुनैपर्छ । साथै फेसबुकले भिडियो अपलोड गर्ने गाइडलाइन पनि दिन सक्छ । २०१६ मा प्रतिदिन १० करोड प्रयोगकर्ताले भिडियो मात्रै हेरेका छन् जुन फेसबुकमा पहिलेदेखि अपलोड थिए । फेसबुले भिडियो हेर्ने प्रयोगकर्ताहरुको बढ्दो रुचीलाई ध्यानमा दिएर नयाँ फिचर ल्याउन लागेको हो ।

सामाजिक सञ्जालहरुमा आउने K र K+ को अर्थ के हो ?

सामाजिक सञ्जालहरुमा आउने K र K+

सामाजिक सञ्जालहरुमा आउने K र K+ को अर्थ के हो ? प्राय: अचेल सामाजिक सञ्जालहरुको लाईक र सेयर बटनमा अंग्रेजीमा K र ‘K+ लेखिएको देखिन्छ । बिज्ञानका पाठकलाई त यो कुराको ज्ञान हुन्छ तर अन्य बिषयका पाठकलाई यो कुराको ज्ञान नहुन सक्छ ।

वास्तवमा किलो (Kilo) शब्दको अर्थ १० ३= १,००० अथवा १ हजार हुन्छ । त्यसकारण K हजारका लागि लेखिन्छ भने जव हजार कटेर अर्को हजार नथपिएसम्म K+(के प्लस) लेखिन्छ । किलो (Kilo) शब्दको उत्पत्ति ग्रीक भाषाको Khilioo बाट भएको हो । जसको अर्थ एक हजार हुन्छ । ग्रीक भाषामा मास (Mass) को एक हजारलाई युनिटलाई एक किलोग्राम भनिन्छ । त्यसैले
१ किलोग्राम = १,००० ग्राम
१ किलोमिटर = १,००० मिटर

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु

full battery of mobile

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु ! मोबाइलमा धेरै समय ब्याट्री नटिकेर हैरानु हुनु भएकै होला ।धेरै जसो स्मार्टफोनको प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन ।  आजकल मोबाईलमा घडि, क्यामरा, रेडियो, एफएम, क्याल्कुलेटर लगायतका कामहरु हुन्छ । तपाईले चलाउनुभएको मोबाइलमा यी कुरा ध्यान दिनुभयो भने मोबाईलको ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ ।

मितब्यीतता हुनुहोस्

सकेसम्म मोबाइलमा छोटो कुराकानी गर्नुहोस् । यो तरिका तपाईको मोबाइलको ब्याट्रिको आयु स्वास्थ्यका लागि मात्र होइन तपाईको स्वास्थ्यलाई पनि लाभदायक हुन्छ । मोबाइलमा ब्याट्री कम छ र छिटै चार्ज गर्ने सम्भाबना छैन भने म्युजिक प्लेयर, क्यामरा, इन्टरनेट जस्ता अनावश्यक फिचर नचलाउने ।

फेसबुकको  नोटिफिकेशन तथा अरु नोटिफिकेशन बन्द  गर्दा पनि  केही मात्रामा ब्याट्री बचत हुन्छ । व्याकग्राउण्डमा चलिरहेका अनावश्यक एप्सलाई हटाउदा वा बन्द गर्दा पनि ब्याट्री लामो समय सम्म टिक्छ ।  काम सकिएपछि वाइफाइ, ब्लुटुथ, थ्रि जी, जिपिआरएस लगायत एप्लिकेशन बन्द गर्ने ।

) रातभर चार्जिङ नगर्नुहोस

दिनभरी मोबाईल चलाइन्छ । ब्यस्त जिन्दगी भोली विहानै कतै दौडनु पर्ने हुनसक्छ । त्यसैले हामी धेरैले राती सुत्नेबेलामा मोबाईल चार्जमा राखेर सुत्छौ । रातभरी चार्जमा छाड्दिन्छौ । तपाईको यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस् । यसले ब्याट्री सबैभन्दा चाँडै बिगार्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।

) जिपिएस लगातार अन नगर्नुस

ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।

) धेरै भाइब्रेसन मोडमा नराख्नुस

धेरै जसोले मोबाइल लाई साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ ।  भाइब्रेटरलाई अफ गर्दा र रिङको भोलुम सुन्न सकिने गरी सानो बनाउँदा पनि केही हदसम्म ब्याट्री जोगिन्छ । यदी फोन उठाउनु नपर्ने अवस्था जस्तो सुत्दा, मिटिङमा, गाडीमा रहँदा, फिल्म फोन अफ गर्न वा भाइब्रेटर अफ गरेर राख्नुहोस । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो  ।

५) मोबाइलमा ब्राइटनेस कम गर्नुहोस

मोबाइलमा ब्राइटनेस कम गर्नुहोस र चाहिएको बेला मात्र बढाउनुहोस । यस्तै मोबाइलको डिस्प्ले ब्याकलाइटलाई कम समयको बनाउने जस्तै ५ देखि १० सेकेन्ड । यसले गर्दा मोबाइलको स्क्रिन नचलेका बेला आँफै चाँडै निभ्छ र ब्याट्री बचाउँछ ।

६) पटकपटक चार्जिङ नगर्नुहोस

हामी धेरैको मोबाईल लत भैसकेको छ । लोड्सेडिङको समस्या भनेको बेलामा चार्ज गर्न नपाइने होकी भन्ने चिन्ताले थोरै चार्ज कम हुने बित्तिकै चार्जमा हाल्छौ । यदि तपाईले पनि यस्तो गर्ने गर्नु भएको छ भने सावधान हुनुहोस् । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।

७) लाइभ वालपेपर  बन्द गर्नुहोस्

तपाईले यदि आफ्नो मोबाइलमा लाइभ वालपेपर  राख्नु भएको छ भने त्यसलाई बन्द गर्नुहोस् । लाइभ वालपेपर राम्रो त हुन्छ तर यसले पनि मोबाइलको धेरै ब्याट्री खान्छ ।  सकेसम्म कालो वालपेपर राखे राम्रो, किनकी यसले मोबाइलको कम पिक्सेल प्रयोग गर्ने भएकोले ब्याट्री पनि धेरै खर्च हुँदैन ।

मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु

Low-Battery

मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु ! मोबाइलमा धेरै समय ब्याट्री नटिकेर हैरानु हुनु भएकै होला ।धेरै जसो स्मार्टफोनको प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन ।  आजकल मोबाईलमा घडि, क्यामरा, रेडियो, एफएम, क्याल्कुलेटर लगायतका कामहरु हुन्छ । तपाईले चलाउनुभएको मोबाइलमा यी कुरा ध्यान दिनुभयो भने मोबाईलको ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ ।

मितब्यीतता हुनुहोस्

सकेसम्म मोबाइलमा छोटो कुराकानी गर्नुहोस् । यो तरिका तपाईको मोबाइलको ब्याट्रिको आयु स्वास्थ्यका लागि मात्र होइन तपाईको स्वास्थ्यलाई पनि लाभदायक हुन्छ । मोबाइलमा ब्याट्री कम छ र छिटै चार्ज गर्ने सम्भाबना छैन भने म्युजिक प्लेयर, क्यामरा, इन्टरनेट जस्ता अनावश्यक फिचर नचलाउने ।

फेसबुकको  नोटिफिकेशन तथा अरु नोटिफिकेशन बन्द  गर्दा पनि  केही मात्रामा ब्याट्री बचत हुन्छ । व्याकग्राउण्डमा चलिरहेका अनावश्यक एप्सलाई हटाउदा वा बन्द गर्दा पनि ब्याट्री लामो समय सम्म टिक्छ ।  काम सकिएपछि वाइफाइ, ब्लुटुथ, थ्रि जी, जिपिआरएस लगायत एप्लिकेशन बन्द गर्ने ।

) रातभर चार्जिङ नगर्नुहोस

दिनभरी मोबाईल चलाइन्छ । ब्यस्त जिन्दगी भोली विहानै कतै दौडनु पर्ने हुनसक्छ । त्यसैले हामी धेरैले राती सुत्नेबेलामा मोबाईल चार्जमा राखेर सुत्छौ । रातभरी चार्जमा छाड्दिन्छौ । तपाईको यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस् । यसले ब्याट्री सबैभन्दा चाँडै बिगार्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।

) जिपिएस लगातार अन नगर्नुस

ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।

) धेरै भाइब्रेसन मोडमा नराख्नुस

धेरै जसोले मोबाइल लाई साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ ।  भाइब्रेटरलाई अफ गर्दा र रिङको भोलुम सुन्न सकिने गरी सानो बनाउँदा पनि केही हदसम्म ब्याट्री जोगिन्छ । यदी फोन उठाउनु नपर्ने अवस्था जस्तो सुत्दा, मिटिङमा, गाडीमा रहँदा, फिल्म फोन अफ गर्न वा भाइब्रेटर अफ गरेर राख्नुहोस । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो  ।

५) मोबाइलमा ब्राइटनेस कम गर्नुहोस

मोबाइलमा ब्राइटनेस कम गर्नुहोस र चाहिएको बेला मात्र बढाउनुहोस । यस्तै मोबाइलको डिस्प्ले ब्याकलाइटलाई कम समयको बनाउने जस्तै ५ देखि १० सेकेन्ड । यसले गर्दा मोबाइलको स्क्रिन नचलेका बेला आँफै चाँडै निभ्छ र ब्याट्री बचाउँछ ।

६) पटकपटक चार्जिङ नगर्नुहोस

हामी धेरैको मोबाईल लत भैसकेको छ । लोड्सेडिङको समस्या भनेको बेलामा चार्ज गर्न नपाइने होकी भन्ने चिन्ताले थोरै चार्ज कम हुने बित्तिकै चार्जमा हाल्छौ । यदि तपाईले पनि यस्तो गर्ने गर्नु भएको छ भने सावधान हुनुहोस् । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।

७) लाइभ वालपेपर  बन्द गर्नुहोस्

तपाईले यदि आफ्नो मोबाइलमा लाइभ वालपेपर  राख्नु भएको छ भने त्यसलाई बन्द गर्नुहोस् । लाइभ वालपेपर राम्रो त हुन्छ तर यसले पनि मोबाइलको धेरै ब्याट्री खान्छ ।  सकेसम्म कालो वालपेपर राखे राम्रो, किनकी यसले मोबाइलको कम पिक्सेल प्रयोग गर्ने भएकोले ब्याट्री पनि धेरै खर्च हुँदैन ।

तपाइँको फेसबुक अरु कसले हेरिरहेको छ, यसरी थाहा पाउनुस् !

तपाइँको फेसबुक अरु कसले हेरिरहेको छ, यसरी थाहा पाउनुस् !

एजेन्सी । तपाइँको फेसबुक अरु कसले हेरिरहेको छ, यसरी थाहा पाउनुस् ! अरुको जानकारी लिन र तस्विर हेर्नका लागि सामाजिक सञ्जाल फेसबुक अहिले सबैभन्दा सहज माध्यम बनेको छ । मानिसहरु साथी भएपनि नभएपनि एक अर्काका फेसबुकबारे जानकारी लिइरहन्छन् ।

तर तपाइँले आफ्नो फेसबुक कसले हेरिरहेको छ भन्ने चाल नपाइरहनु भएको हुन सक्छ । गुगल क्रोम एक्सटेन्सनको मद्धतले आफ्नो फेसबुक प्रोफाइल हेर्नेहरुको बारेमा जानकारी दिने सुविधा प्रयोग गर्न सकिन्छ।

तपाइँको फेसबुक कसले हेरिरहेको छ र सबैभन्दा बढी भिजिट गर्ने को हुन सक्छ भन्ने बारेमा थाहा पाउन गुगल क्रोममा Facebook Flat एक्स्टेन्सन राखिएको छ ।

तपाइँले आफ्नो क्रोममा यो एक्स्टेन्सन एड गरेपछि तपाइँको फेसबुकमा नयाँ लुक आउँछ । यसले तपाइँको फेसबुक कसले हेरिरहेको छ भन्ने जानकारी दिएसंगै कतिपटक हेरे भन्ने जानकारी दिन्छ ।

के गर्ने

पहिलो चरण

सबैभन्दा शुरुमा गुगल क्रोममा यो एक्स्टेन्सन राख्नुस् । यसका लागि क्रोममा गएर Facebook Flat टाइप गर्नुस् । गुगलको वेबस्टोरमा गइ Facebook Flat लाइ क्रोममा एड गर्न “Add to chrome” अप्सनमा क्लिक गर्नुस् । केही बेरमा “Added to Chrome” म्यासेज देखिन्छ ।

facebook flat

दोस्रो चरण

ब्राउजरमा यो एक्स्टेन्सन एड भएपछि फेसबुकको प्रोफाइलमा गएर रिफ्रेस गर्नुस् । त्यहाँ बायाँ पट्टी सबै आइकन देखिन्छ । त्यहाँ फिडको लागि पनि हरियो बटन हुन्छ ।

facebook flat 1

तेस्रो चरण

बायाँ पट्टीको प्यानलमा दुरविन आकारको आइकन देख्नु भो भने यहाँ क्लिक गर्नुस् । यो आइकनले तपाइँको फेसबुक कस कसले हेरिरहेका छन् भन्ने विवरण दिन्छ ।

facebook flat 2

साभार : नेपाली हेडलाईनस

आइफोन अब २४ क्यारेट सुनको बन्ने

आइफोन अब २४ क्यारेट सुनको बन्ने

एजेन्सी, असोज ६। तपाईँलाई सुनको मोवाइल सेट बोक्ने इच्छा छ ? तर प्रशस्त पैसा तिर्नसक्ने उपभोक्ताका लागि यस्ता धातु जडित फोन बनाउन मोवाइल उत्पादक बाहेकका कम्पनीहरु तयार भएका छन् । २४ क्यारेट सुनको आइफोन भन्दा तपाईं अचम्म मान्नु पर्दैन । यो भर्खरै सार्वजनिक भएका नयाँ आइफोन ७ र ७ प्लस विश्वका धेरै जसो देशमा उपलब्ध भइसकेका छन्।

आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा स्मार्टफोन हो । पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए र यो २९ जुन २००७ मा बजारमा आएको थियो ।

सुन बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ । आइफोन आफैँमा एक प्रिमियम फोन हो तर यसलाई अझै प्रिमियम बनाउन सकिने भएको छ।

२४ क्यारेट सुनले आइफोन ७ लाई प्रिमियम बनाउँछ । भियतनामस्थित कारालक्स स्टुडियोले आइफोनलाई सुनको बनाउने भएको छ। आइफोनको गोल्ड प्लेटिङ प्रक्रियामा ६ देखि ८ घण्टा समय लाग्नेछ। यसमा लेजरको माध्यमबाट नाम, लोगो पनि राख्न सकिनेछ।

24 carat iphone 7 and 7 plus