विज्ञान जिज्ञासासूचना प्रविधि

किबोर्डमा F1 देखि F12 सम्मको बटनको प्रयोगको फाइदा के के हुन् ?

Ram Thakuri
राम ठकुरी

दैनिक जीवनमा हामी स्मार्ट फोन र आइ फोनको साथसाथै कम्पुटर र ल्यापटप धेरैनै प्रयोग गर्छौ । कतिपय अवस्थामा हामीसंग कम समय हुन्छ र कम समयमै कम्प्युटरमा धेरै काम गर्नुपर्ने हुन् सक्छ।त्यति बेला हामीले कम्प्युटरमा काम गर्दादेखि सम्मको बटन प्रयोग गरेमा धेरै काम थोरै समयमा फत्ते गर्न सकिन्छ । यहाँदेखि सम्मको बटनको उपयोगिता प्रस्तुत गरिएको छ ।

१.F1 : यो बटन यदि कम्पुटर अन गर्ने बितिकै थिचेमा कम्पुटरको सेटिंगमा जान सकिन्छ र यदि इन्टरनेट ब्रोउजरमा काम गर्दै गर्दा यो बटन थिचेमा हेल्प पेज खुल्नेछ ।

२. F2 :  विन्डोजमा कुनै फाइल वा फोल्डर मा  यो बटन थिचेमा रेनेम गर्न सकिन्छ । त्यस्तै वोर्डमा ctrl + F2 बटन दबायमा प्रिन्ट प्रीविउ देखा पर्दछ ।

३. F3 :  विन्डोजमायो बटन दबाएमा सर्च अप्सन आउछ ।

४. F4 : विंडोज एक्सप्लोरर ( My computer, computer) मा यो बटन दबाएमा मा एड्रेस बार खुल्छ ।  त्यस्तै वोर्डमा यो बटन द्बायेमा जुन काम भएको हो त्यही काम दोहोरिन्छ । Alt + F4 द्बाबेमा खोलिसकेको सफ्टवेयर बन्द हुन्छ ।

५. F5 : कम्पुटर रिफ्रेश गर्न यो बटन थिचे पुग्छ । इन्टरनेट ब्राउजर्लाई रिफ्रेश गर्न पनि यो बटन दबाउन सकिन्छ । Powerpoint मा यो बटन दवायेमा स्लाइड शुरु हुन्छ । वोर्डमा shift + F5 द्वाबेमा find and replace अप्सन आउछ ।

६. F6 विन्डोजमा खुलेको सामामाग्रिहरु यो बटन दवाएर देख्न सकिन्छ । Control+Shift+F6  थिचेमा खुलियेका वोर्ड फाइल हरु एक-एक गरी हेर्न सकिन्छ ।

७. F7 : वोर्डमा यो कि थिचेमा स्पेलिंग जाच गर्दछ ।

८. F8 वोर्डमा यो बटन थिचेमा text लाइ select गर्न सकिन्छ ।

९. F9 : माइक्रोसॉफ्ट आउटलुकमा इमेल पाउन वा पठाउन यो प्रयोग गर्न सकिन्छ । कुनै-कुनै laptop मा  brightness मिलाउन यो की प्रयोग हुन्छ ।

१०. F10: कुनै पनि सफ्वेयरमा यो की थिचेमा मेनु आउछ । यदि माउसले काम नगरेमा shift + F10 थिचेमा right mouse को काम गर्छ । वोर्डमा control + F10 थिचेमा maximize र  minimize गर्न सकिन्छ ।

११.  F11 : कुनै पनि ब्राउजर लाइ फुल स्क्रीन गर्नको लागि यो की प्रयोग गर्न सकिन्छ ।

१२. F12 : वोर्डमा यो बटन थिचेमा save as बटन आउछ ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!