आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

आयुर्वेदिक उपचार
Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

नेपालमा थुप्रै उपचारका प्राविधिक भित्रिएका छन् । कुनलाई हामीले ठिक सम्झदा ठिक हुन सक्ला भन्ने कुरा अधिकांशलाई थाहा नहुन सक्छ । प्राचीन उपचार पद्धति भनेको आयुर्वेदिक उपचार पद्धति देखिन्छ । आयुर्वेदका अनुसार मानव शरीर त्रि-दोष, सप्त धातु र मलबाट निर्मित छ।

त्रि-दोषको सिधान्त नै आयुर्वेदको मुख्य आधार हो। बात, पित्त र कफ त्रि-दोषहरु हुन् । प्रत्येक मानिसमा कुनै एक वा दुई दोषहरु प्रभावशाली हुन्छन् । चिकित्सकहरुले विरामीको दोष अनुसार नै रोग निदान गर्छन । सप्त धातुहरु रक्त, रस, मंस, मेद, अस्थी, मज्जा र शुक्र हुन् । त्यस्तै, मानव शरीर पञ्चमहाभूतहरुबाट बनेका हुन्छन्।

आयुर्वेदको उद्देश्य

सिद्धान्तिक हिसाबले आयुर्वेदको प्रमुख दुइ उद्देश्यहरु छन – १. स्वस्थ्य व्यक्तिको स्वस्थ्य रक्षा गर्नु र, २. रोगी व्यक्तिको रोग निर्मूल गर्ने अथवा प्रशमंन गर्नु

नेपालमा आयुर्वेदिक क्षेत्रमा जति उन्नति गर्नुपर्ने हो हुन सकेको छैन । यदि हामीले आयुर्वेदिकलाई उकास्न सक्छौं भने नेपालको अर्थतंत्रमा ठूलो टेवा पुग्ने देखिन्छ । जडिबुटी हाम्रो सम्पदा हो यस्को रक्षा गर्नु नैतिक दायित्व हो । आयुबेदलाई अघि बढाउन सके राम्रो फाइदा देखिन्छ ।

आयुर्वेदलाई अघि बढाउन सवैभन्दा पहिलो प्राथमिकता जडिबुटी पहिचानमा ध्यान दिन आवश्यक छ । आयुर्वेदिक शिक्षा दिदा जडिबुटी परिचयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । जडिबुटीको औषधि बनाउदा कुन अवस्थामा जडिबुटी अोखल्दा बढी उपयोगी हुनसक्छ भन्ने कुरा सवैभन्दा महत्वपूर्ण छ ।

हामीले जडिबुटीलाई तीन तहमा बाडेका छौं पहिलो बाला दोस्रो युवा तेस्रो बृद्ध तीन अवस्थाका जडिबुटीमा सवैभन्दा राम्रो फाइदा दिनेमा युवालाई लिइएको छ । तर औषधि निर्माता कम्पनीले जस्तो पायो त्यस्तै खालका जडिबुटी प्रयोग गर्नाले जडिबुटीबाट बनेका औषधिले केहि काम नगरेको देखिन्छ ।

आज चीन, भारत आयुर्वेदको क्षेत्रमा धेरै अघि बढि सकेकोछ तर नेपाली भुमिलाई जडिबुटीको खानीका रूपमा विश्वमा परिचित छ र हुदाहुदै पनि यसलाई लताईएको देखिन्छ । जडिबुटीको खेती हरेक नेपालीले गर्न सरकारले सघाउछ भने विश्वलाई चकित पार्न सक्ने भुमिका यसले निभाउन र स्वरोजगारको भुमिका खेल्न सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

आयुर्वेद र यसको भविष्य

सामाजिक अभियान – नेपालमा महिलाले बिहे नगरेपनि बच्चा जन्माई आमा बन्न पाउने ऐन बन्न लाग्नुलाई तपाई के भन्नुहुन्छ  ?

Mother

सामाजिक अभियान 

नेपालमा महिलाले बिहे नगरेपनि बच्चा जन्माई आमा बन्न पाउने ऐन बन्न लाग्नुलाई तपाई के भन्नुहुन्छ  ?

१. ठिक

२. बेठिक

जनमत सर्वेक्षण – भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनु अघि नै बाम गठवन्धनको पार्टी एकीकरण हुनुपर्छ भन्ने मान्यतामा तपाईको धारणा के छ ?

Party Unification

जनमत सर्वेक्षण 

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनु अघि नै बाम गठवन्धनको पार्टी एकीकरण हुनुपर्छ भन्ने मान्यतामा तपाईको धारणा के छ ?

१. ठिक

२. बेठिक

 

खगोल बिज्ञान भनेको के हो ? नेपालमा खगोल बिज्ञानको अवस्था कस्तो छ ?

Astronomy

ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज तथा अन्य दृश्य र अदृश्य खगोलिय पिण्डहरूको अध्ययन र अवलोकन गर्ने बिज्ञानलाई खगोल बिज्ञान भनिन्छ । खगोल बिज्ञान  मानवजातिको धेरै पुरानो विज्ञान हो । यसको शुरुवात लिखित इतिहास भन्दा धेरै पुरानो छ । अग्ला हिमश्रृङ्खलाका कारण अन्तरिक्षबाट हेर्दा पृथ्वीको मानचित्रमा अन्य धेरै ठाउँ जस्तै सजिलै देखिने नेपाल पनि एक हो । मानव सिर्जित भौगोलिक सीमा नदेखिएपनि नेपाल कहाँ पर्छ भनेर खोज्ने हो भने यहाँका हिमालहरु स्पष्ट देखिने अन्तरिक्ष यात्रीहरुले बताएका छन् ।

नेपालमा खगोलबिज्ञान

खगोलबिज्ञानको शुरुवात मानव इतिहासको शुरुवात सगँसगैँ भएको मानिन्छ । प्राचीनकालमा मानिसले रातको समयमा अन्य जनावर सुतिरहेको बेला शिकार गर्न चन्द्रमाको उज्यालो प्रयोग गर्दथे भने दिनको गणना गरी कहिले पूर्णिमा आउछ पत्तो पाउदथे। पछि किसानहरूले बाली लगाउने र काट्ने समयको किटान आकाशीय पिण्डको स्थिति हेरेर गर्न थाले । त्यसपछि व्यापारी तथा नाविकहरूले दिशा पत्तो लगाउन आकाशीय पिण्डको स्थिति नै प्रयोग गर्न थाले । यसरी युगौँदेखि मानिसले आफ्नो जीवन धान्न खगोल विज्ञानको प्रयोग गरिरहेका छन ।

आकाशीय अवलोकन गर्दा आकाशीय पिण्डहरूको पेरियोडीक मोसन हुने भएकोले यिनीहरूलाई सामान्य गणितबाट नाप्न र पछि यी पिण्डहरूको स्थितिको भविष्यवाणी गर्न सकिन्छ । यो तरिका भने मानिसले करीब २।३ हजार वर्ष अघि मात्र विकास गरेका थिए र यस सम्वन्धी ज्ञानलाई बिस्तारै अझ फराकिलो पार्दै लगे । यहि क्रममा केही व्यक्तिहरूले आकाशीय पिण्डको स्थिति र पृथ्वीमा घट्ने घटनासगँ तुलना गर्न थाले र ज्योतिषीको विकास गरे । अहिलेको वैज्ञानिक युगमा भने यसलाई मान्यता दिईदैन किनभने यसमा कुनै वैज्ञानिक आधार छैन। तर खगोलबिज्ञान भने एक विशाल विज्ञान हो । यसले ब्रम्हाण्डमा हाम्रो स्थिति बताउछ र उल्का पिण्डहरूबाट हुनसक्ने सम्भावित क्षतिबाट सचेत हुन मद्दत गर्दछ ।

विज्ञानले जति फड्को मारे पनि नेपालमा भने २००० वर्ष पुरानो ज्योतिषीले नै जड गाडेको छ । हाम्रो धर्मसगँ यो यति गासिँएको छ कि यसबाट छुट्कारा पाउन अत्यन्तै गाह्रो छ। ईटालीयन वैज्ञानिक ग्यालिलीयो ग्यालिलीले ४०० वर्षअघि टेलीस्कोपको प्रयोग गरेर सौर्यमण्डलको बीचमा पृथ्वी नभई सुर्य अवस्थित छ भनि पत्ता लगाएपनि नेपाली ज्योतिषहरू पुरानै मान्यता राख्दछन् । यहाँ सम्मकी नेपालमा ४०० वर्ष अघि आविष्कार भएको टेलीस्कोप अत्यन्त न्युन मात्रामा छ । यसको मुल कारण चाहिँ सरकारले नदेखाएको चासो र टेलीस्कोप आयात गर्दा लगाईएको १०१% भन्सार मूल्य हो ।

यति सबै दुख:को कुरा हुँदाहुदै पनि नेपालमा केही व्यक्तिहरू समाजमा खगोलबिज्ञानको सही ज्ञान तथा सूचना सर्वसाधारण समक्ष पुयाउन लागिपरेका देखिन्छन् । नेपाली खगोलबिज्ञान  समाजहरूका यी खगोलशास्त्रीहरू भने सबैले औपचारीक रूपमा खगोलबिज्ञान शिक्षा पाएका होईनन् । उनीहरू सौखिन तथा व्यवसायिक दुवै छन् र सौखिन खगोलशास्त्री नै धेरै छन् ।

यो पनि पढ्नुहोस्

ब्रह्माण्ड (Universe) भनेको के हो ?

सामाजिक बहस – नेपालको आन्तरिक मामलामा विदेशी हस्तक्षेप रोक्न के गर्नुपर्ला ?

EU

सामाजिक बहस  

नेपालको आन्तरिक मामलामा विदेशी हस्तक्षेप रोक्न के गर्नुपर्ला ? सवै देशभक्त र स्वाभिमानी नेपालहरुले आफ्ना धारणाहरु र सुझावहरु राख्नुहोस् ।

सामाजिक बहस – नेपालमा भई रहने अत्याधिक बिमान दुर्घटना के को कारणले होला ?

Plane Accident in TIA

सामाजिक बहस

नेपालमा भई रहने अत्याधिक बिमान दुर्घटना के को कारणले होला ?

१. चालकको कम्जोरी

२. भिजिबिलिटीका कारण

३. धावन मार्गको कारण

४. नेपालको भौगोलिक अवस्था

नेपालमै पहिलोपटक अन्तराष्ट्रियस्तरको शाकाहारी सम्मेलन हुँदै

२५ फागुन,काठमाडौँ । भोली शनिवार फागुन २६ गते र पर्सी फागुन २७ गते आइतवार काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन हुने भएको छ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा हुन लागेको सो सम्मेलनमा शाकाहारी परिकारको महोत्सव समेत हुने संघका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिए ।

अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत तीसभन्दा बढी देशबाट सहभागी हुन आउने सम्मेलन नेपालमै पहिलोपटक गरिन लागेको हो । सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र जनावरपालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

उद्योगधन्दाले भन्दा मांसाहारका लागि एकै स्थानमा अत्यधिक संख्यामा पालिने घरपालुवा जनावरले तापमान वृद्धि गर्न सहयोग पुर्‍याएका छन् । नेपालका ४०० बढी प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक तवरले बहस र व्याख्या गरिने संघका महासचिव सुरेश शर्माले बताए ।

मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायत असाध्य रोग बढाइरहेको सन्दर्भमा शाकाहारको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य छ । सम्मेलनको उद्घाटन विगत बीस वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आउनुभएकी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्नेछिन् । (रासस)

veg summit detail

 

 

जनमत सर्वेक्षण – भावी नेपालको नयाँ अर्थमन्त्री को बन्नुपर्छ  ?

Finance Minister

जनमत सर्वेक्षण

भावी नेपालको नयाँ अर्थमन्त्री को बन्नुपर्छ  ?

१. डा. युवराज खतिवडा

२. ईश्वर पोखरेल

३. प्रदिप ज्ञवाली

४.  बिष्णु पौडेल

 

नेपालमा खानी क्षेत्रको बिकासको अवस्था कस्तो रहेको छ ?

Mineral Condition of Nepal

भनिन्छ बिकास नै जीवन हो । बिकासले परिपक्वता र अनुभवको परिणाम स्वरुप आउने प्रगातिशील क्रमिक परिवर्तनलाई बुझाउछ । खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज, व्यवस्थापन तथा यस सम्वन्धी नियम र कानूनको विकास, भू–वैज्ञानिक अन्वेषण र अध्ययन सम्वन्धी सम्पूर्ण कार्यको जिम्मेदारी लिएको संस्था हो । अन्य देशको तुलनामा खानी तथा भूगर्भ विभागको इतिहास निकै छोटो ६०/६५ वर्ष मात्र भएको छ । हाम्रो छिमेकी देश भारतमा भौगर्भिक अध्ययन, अनुसन्धानको १५० वर्षभन्दा बढी भइसकेको छ । संयुक्त राज्य अमेरिकामा ३०० वर्षभन्दा बढी भएको पाइन्छ । ती मुलुकमा अहिले पनि भौगर्भिक अध्ययन, अनुसन्धान जारी राखी नयाँ-नयाँ कुरा पत्ता लागिरहेका छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो ।

खानी विभागले अलि व्यवस्थित रूपमा अध्ययन अनुसन्धान शुरू भएको ३०/३५ वर्ष मात्र पुगेको छ । विभागले अध्ययन, अनुसन्धान गरी जेजति उपलब्धि प्राप्त गरेको छ, त्यो भौतिक पूर्वाधारको कमी र विभिन्न निकायका ऐननियम बाझेका कारण राष्ट्रले त्यसको पनि पूर्ण सदुपयोग गर्न सकेको छैन । भौगर्भिक अध्ययन अनुसन्धान गर्न सम्वन्धीत भूगोलमा पुग्नैपर्छ । अहिलेसम्मको भौगर्भिक अध्ययन, अनुसन्धानले के देखाउँछ भने खनिज पदार्थका हिसाबले प्रत्येक भूभागको आ-आफ्नै महत्व छ । प्रत्येक भूभागमा महत्वपूर्ण खनिज पदार्थ भेटिएका छन् र भविष्यमा पनि भेटिने सम्भावना छ । खाँचो छ, नयाँ प्रविधि, नयाँ सोच, भौतिक पूर्वाधार र धैर्यको माध्यमबाट पत्ता लागेका खनिज पदार्थको सदुपयोग गर्नुका साथै नयाँनयाँ भण्डार पनि पत्ता लगाउन सकिन्छ ।

जलसम्पदाकै हाराहारीमा देशमा खनिज पदार्थको प्रचुर सम्भावना रहे पनि हालसम्म १२ प्रकारका खनिज पदार्थमात्र उत्खनन भइरहेको पाइएको छ । देशका विभिन्न ९५ स्थानबाट हाल चुनढुङ्गा, कोइला, फलाम, काइनाइट, म्याग्नेसाइट, मार्बल, क्वार्ज, क्वार्जाइट, रेड क्ले, खरी, टुमालिन र जिङ्क उत्खनन भइरहेको छ । विभागमा ८४ वटा खानीजन्य उद्योग दर्ता भए पनि दुई दर्जनमात्र सञ्चालित छन् । दाङ, रोल्पा, सल्यान, प्युठान र पाल्पामा कोइला तथा पर्वतमा फलाम खानी सञ्चालित छन् भने राष्ट्रका अन्य भागमा उपलब्ध तामा, सिसा, अभ्रक, गन्धक, स्लेट, गेरु र ग्रेफाइट उत्खनन हुन सकेको छैन । गरगहनामा प्रयोग हुने बहुमूल्य धातु टुर्मालाइन जाजरकोटमा पाइए पनि उत्खनन गर्न बाँकी नै छ ।

खानी तथा खनिजजन्य उद्योगहरूको प्रशासनिक, प्राविधिक, आर्थिक लगायत अनुगमन सहित सबै अधिकार प्राप्त खनिज मन्त्रालय नै स्थापना गर्नुपर्ने हुन्छ । खानी तथा खनिज अन्वेषण सम्बन्धी नीति तथा कार्यक्रम, यस क्षेत्रको विकास सम्बन्धी अध्ययन, तालिम, अन्वेषण, सर्वेक्षण तथा प्रविधि विकास एवम् हस्तान्तरणको जिम्मेवारी खानी तथा भूगर्भ विभागको भएपनि बेग्लै ऐन बनाउन नसकिएको अवस्था छ । राजनीतिक सङ्क्रमणका कारण आवश्यक ऐन नियम बनाउन नसकिएको अवस्थामा खानी तथा खनिजजन्य उद्योगको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिनुहुन्छ । खानी, पानी, पर्यटन र मानव संशाधनको समूचित विकास एवम् दोहनबाट राष्ट्रलाई समृद्धिको बाटोमा अघि बढाउने सङ्कल्प राजनीतिक नेतृत्वले नगरेसम्म आर्थिक क्रान्ति कोरा कल्पनामात्र हुन्छ ।

नेपालका खनिज रत्न – पुस्तक समीक्षा

Gems of Nepal

पुस्तक समीक्षा

समीक्षक – जयराज घिमिरे

श्री हरि प्रसाद तिम्सीनाद्वारा लेखिएको “नेपालका खनिज रत्न” नामक पुस्तकले नेपालको विभिन्न भेगमा पाइने रत्न खनिज सम्बन्धमा आफ्नो अनुभव, भोगाई र खोजलाई समष्टि र सरल भाषामा समेटन खोजिएको पाइन्छ । नेपाल हिमाल, पहाड र तराईको भूभागमा बाडिएको सबैलाई थाहा नै छ । तर यँहाका पहाड र हिमालमा विभिन्न खनिजहरु रहेका र तीमध्ये रत्न खनिजहरु पनि छन भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ ।

ज्ञान बाँडनु आफैमा ठूलो कुरा हो । व्यक्तिगत रुपमा लेखक तिम्सीनामा वि.स. २०४१ साल नै देखि नुवाकोट, संखुवासभा र विभिन्न जिल्लामा क्वार्ज, एक्वेमेरिन, टुर्मालिन र गार्नेट रत्न खनिजको खोजतलास तथा उत्खनन्कार्यको अनुभव रहेको र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा हुने जेम्स सम्बन्धी प्रर्दशनहरुमा निजको सहभागिताको समेत लामो अनुभव रहेको पाईन्छ । नेपालको सन्र्दभमा यस विधामा धेरै पुस्तकहरु नरहेको हालको अवस्थामा खनिज रत्नको बारेमा आफूमा भएको ज्ञान बाँडेर श्री तिम्सीनाबाट प्रकाशित यस पुस्तक आफैमा एउटा खोज हो । यसको अध्ययनले म आफै पनि यस विधामा थप ज्ञान प्राप्त भएको अनुभव भएको छ ।

Gems of Nepal

पुस्तकमा खनिजको इतिहास, खनिज रत्नको खानीको निर्माण विधिको भौर्गभिक अवस्था, पेग्माटाइट चट्टानको निर्माण विधि, खनिज रत्नको संभावनाको लागि नेपालका पेग्माटाइटको विषयको जानकारी, केही जिल्लागत तथ्यहरु साथ प्रस्तुति गरिएको छ । खनिज रत्नहरु टुर्मालिन, एक्वेमेसरन, ह्याम्बरगाइट, डान्वुराइट र विशेषतः क्वार्ज खनिजको वृस्तितीकरण गरिएको पाइन्छ । निज स्वयमबाट संकलित रत्न खनिजका नमूना र तीनका रङ्गिन फोटोग्राफहरु समेटिएका छन् । ती स्तरीय फोटोगाफहरु हेर्दा लेखकबाट ठूलै मेहनत र फोटोहरु संग्रह गरेको देखिन्छ । पढेर होइन परेर जानिन्छ भने जस्तै पुस्तक पढ्दा नेपालको खनिज रत्न सम्बन्धी तथ्यहरु, लेखकको लामो समयको अथक प्रयास र स्थलगत अनुभव र विश्लेष्णात्मक ज्ञानलाई समष्टी रुपमा दर्शाउन खोजेको देखिन्छ ।

नेपाल सरकारबाट रत्न खनिजको कोरा रुपमा विदेश निकासी रोक लगाईएको वर्तमान परिपेक्ष्यमा नेपाल लगायत विदेशी बजारहरुमा नेपालका खनिज रत्न सम्बन्धी यस पुस्तक अंग्रेजी भाषामा समेत उल्था गरि प्रकाशन गर्न सकिए रत्न खनिजको प्रर्वधानात्मक कार्यमा सहयोग पुग्नेछ । महाभारत तथा हिमाली श्रृंखलाका जिल्लाहरुमा पूर्वमा ताप्लेजुङ्गदेखि पश्चिममा दाचुर्ला सम्म पाइने रत्न खनिजलाई पुस्तकले समेटिएका तथा नसमेटिएका क्षेत्रहरुमा खनिज तथा खानीको अध्ययन गरि जनस्तरसम्म पुरयाउन सम्बन्धित निकायलाई धचधचाउने नै छ । यस्ता प्राकृतिक रत्न खनिजको उत्खनन् तथा कटिङ्ग सम्बन्धी तालिमका साथै भावी पुस्तालाई समेत संरक्षण गर्न, सो सम्बन्धी नीति निर्माण तथा कानून तर्जूमा गर्न लेखकको लामो अनुभवका साथ समेटिएको यस पुस्तकलाई एक खुडकिलोको रुपमा ग्रहण गर्न सकिने आधारहरु देखिन्छन् ।

हिन्दु शास्त्रिय अवधारणाको ज्योतिष विधामा राशिहरुको आधारमा रत्न पत्थर तोकिएको र सो बारेमा थप विषयवस्तुहरु समेटिएको भए राम्रो नै हुने थियो । खनिज रत्नको अपेक्षितरुपमा अन्वेषण, उत्खनन् तथा विकास हुन नसकिरहेको वर्तमान परिपेक्ष्यमा नीति निर्माणकर्ता, शिक्षक तथा बिद्यार्थी वर्ग र रत्न खनिजबारे जानकार राख्न चाहने सबैको लागि एक पटक पढ्नुपर्ने र खोजी गर्नुपर्ने यस पुस्तकको अध्ययन र प्रतिक्रियाबाट लेखकलाई थप हौसला पुग्ने देखिन्छ ।

*जयराज घिमिरे खानी तथा भूर्गभ विभागमा कार्यरत सुपरिन्टेन्डेन्ट इन्जिनियर हुन् ।