गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको अवस्थामा आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण बन्दै गएको बताएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरमा आज प्रादेशिक आयुर्वेद चिकित्सालय भवनको उद्घाटन गर्दै उनले दिन प्रतिदिन आयुर्वेद चिकित्सा प्रणालीतर्फ सबैको आस्था बढ्दै गएको बताए ।
उनले प्रदेश सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालयका लागि आवश्यक बजेट विनियोजन गरी संरचनात्मक र आवश्यक जनशक्तिको व्यवस्था गर्ने बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूर्व बजेट छलफल गरिरहेको जनाउँदै उनले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखिने बताए ।
पचास शैय्याको चिकित्सालय रु ३४ करोड लागतमा निर्माण गरिएको हो । चिकित्सालयबाट ल्याब, ओपीडी, पूर्वकर्म, पञ्चकर्म लगायतका सेवा प्रदान भइरहेका छन् । चिकित्सालयमा पेट समस्या, पाइल्स, फिस्टुला, बाथ लगायतका उपचार हुने गरेको जनाइएको छ ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो । केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५० हजार एक…
नेपाली जडिबुटीले विश्व बजार छाएको छ । तर नेपालमा भने विदेशी आयुर्वेदिक औषधिले ठूलो स्थान ओगटेको देखिन्छ । छिमेकी राष्ट्र भारतकै कुरा गरौं डाबर, वैद्यनाथ, पतनजली जस्ता थुप्रै कम्पनीले नेपाली बजारका औषधालय भरिएका छन् । हाम्रो देशमा कमिसन तन्त्र हावी हुदैछ । देशले डलर भित्र्याउनुको साटो बाहिर पठाउदछ । सरसरी…
डा. राम बहादुर बोहरा यस्तो छ आयुर्वेदिक औषधि र नेपालको अवस्था, जानी राखौ ! नेपाली जडिबुटी गलत बाटो हुदै भारत लगायत थुप्रै देशमा पुग्ने गरेको देखिन्छ । जडिबुटीलाई नेपाल सरकाले अनुसन्धान गरेर औषधि देश तथा विदेश पठाउन सकेको भए राम्रो हुने देखिन्थ्यो तर यस्तो हुन नसक्नु दुर्भाग्य हो । सिंहदरबार…