कुम्भ राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
कुम्भ राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
कुम्भ राशि (पुरुष ) – गू गे गो सा सी सू से सो दा
स्वामी – शनि
शुभ, अशुभ
१. शुभ अंक : ८
२. शुभबार- बुधबार, शुक्रबार र शनिबार यो राशिका शुभबार हन् भने घातबार बिहीबार हो ।
३. शुभ रंग कालो । कालो रुमाल गोजिमा बोक्नु उत्तम हुन्छ ।
४. शुभ रत्न निलम, हिरा, पन्ना हुन् ।
५. कुम्भ राशिको उत्तम दिशा उत्तर हुन्छ भनेशनि ग्रहको दिशा चाहि पश्चिम हुन्छ ।
६. कुम्भ राशि र मकर राशिले शारीरिक पिडा हुँदा शनिको ३२ हजार जब गराएमा ठिक हुनेछ ।
७. यस राशिको इष्टदेवता ब्रह्मा हुन् । कुम्भ राशिको अशुभ महिना चैत हो र मिथुन राशिका चन्द्रमा यो राशिलाई घात हुने गर्छ ।
८. मित्र राशि वृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ यी ६ राशि मित्र राशि हुन् ।
९. शनिको प्रभाव पर्ने अंगहरु मध्येबढि घुडा र जोड्नीमा हिड्दा डुल्दा सवार गर्दा ठोक्किने वा चोटपटक लाग्ने गर्दछ ।
मित्रता र बिबाह
१. मेष, वृष, मिथुन, कन्या, तुला, धनु र कर्कट यी ७ राशि बिबाह र मित्रताका लागि उत्तम हुन्छन् ।
२. कुम्भ राशि हुनेहरुलाई कर्कट राशि शत्रु हुन्छ । त्यसैले गर्दा कर्कट राशिका केटा र केटिसँग कुम्भ राशि भएकाले बिबाह गर्नुहुँदैन ।
३. कुम्भ राशिका महिला वा नारीले मित्रता र बिबाह गर्दा वृष राशिसँग गरेमा ज्यादै शुभ हुन्छ ।
४. आयश्रोतको हिसाबले पृथ्वीबाट उत्पादित खानी सम्बन्धी बस्तु, फलाम जन्य वस्तुमा बढि फाइदा हुने, स्त्रीबाट भन्दा पुरुषबाटै बढि लाभ
हुने गर्दछ ।
५. नातामा ससुरासँग बढि निकटता हुने, विदेशयात्रा गर्दा खानी वा तेल वा उत्पादन गर्ने देश तर्फ गए उत्तम हुन्छ ।
रुचि, स्वभाव र बानी
१. यस राशिकी महिला छिटो रिसाउने बानी हुन्छ । यीनले छोरीलाई भन्दा बढि छोरालाई बढि प्यार गर्छिन् । कुम्भ राशिका नर वा नारीका
देवता शनि र राहु हुन्छन् ।
२. कुम्भ राशि वा लग्नका मानिस आफ्नो काममा अर्काको हस्तक्षेप मन पराउँदैनन् ।
३.यिनीहरु कोही होचा कोही अग्ला हुने हुँदा अलिक आँखा गहिरो, ढाड कम्मर झुकाएर हिड्नु यिनीहरुको विशेषता नै हो ।
४. छिटो रिसाउने, छिट्टै खुसी हुने, निरन्तर काम गर्दा असफल हुन लागे जस्तो लाग्दा आत्तिने बानी हुनाले यसबाट बचेमा जीवन सफल
हुनेछ ।
पेशा वा व्यवसाय
१. यो राशिका व्यक्तिले सोधकर्ता, प्राविधिक, राजनीति, चित्रकार, धर्मज्ञाता, प्रोफेसर, सामाजिक सेवक, धार्मिक गुरु, जागिर, स्वदेश व्यापार,
विदेशको यात्रा गरेमा शुभ हुने देखिन्छ ।
*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
मकर राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
धनु राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य