कुन खाने कुरासंग के मिसाएर खानु हुँदैन ?
भोजनमा अनेक पोषक तत्व हुन्छन् जो शरीरको विकास गर्दछन्, त्यसलाई स्वस्थ राख्दछन् र शक्ति प्रदान गर्दछन्। सही भोजन नहुँदा नै मानिसको शरीरमा रोग निम्तन्छ । विरोधी भोजनले रोग निम्त्याउँछ । एक आपसमा तत्वहरु जुधेपछि रोग निम्तिन्छ । तसर्थ, मानिसले खानामा सचेतता अपनाउन सक्यो भने धेरै रोगबाट बच्न सकिन्छ । के संग के खानेकुरा संगसंगै भोजन गर्नुहुँदैन , जानकारी थाहा पाई राखौ ।
१. माछा र दुध तथा दुधबाट बनेका खानेकुरा
माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।
२. खीर र सातु
खीर खाएपछी सातु वा सातु फिटेका पानी खानु घातक मानिन्छ ।
३. काँसको भाँडामा राखेको घ्यू
काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिकारक मानिन्छ ।
४. दुध र दहीसँग अन्य
दुधसँग दही, नून, कागती, तित्री र अन्य फल मिसाएर खानुहुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा
दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।
५. दहीसँग अन्य
दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिक मात्रा भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै
पनि खानुहुँदैन ।
६. घ्यु र मह
घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि लिनुहुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि घातक मानिन्छ ।
७. पानी पिउने वित्तिकै अन्य
पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि विपरित आहार मानिन्छ ।
८. मह तातो दुधसँग
मह तातो दुधसँग कहिल्यै पनि खानुहुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानुहुँदैन मह आफैमा
तताएर पनि खानुहुँदैन ।
९. मुला र दुधसँगै
मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक आहार मानिन्छ । मुला र दुधसँगै खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।
१०. तेल वा घ्यूमा बेसार फ्राइ गर्नु हुँदैन
तरकारी वा अन्य परिकार पकाउँदा तेल वा घ्यूमा बेसार फ्राइ गर्नु घातक हुन्छ । यस्तो बेसारले विभिन्न रोगलाई जन्म दिने खतरा हुन्छ।
दही मही र जाँड रक्सीसँगै खानुहुँदैन ।
११. खरवुजा र हाँसको अण्डा मिसाएर
खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा तत्कालै ज्यान समेत जानसक्छ । यी २ खानेकुरा कहिल्यै पनि नमिसाउनु उत्तम हुन्छ ।
यो पनि पढ्नुहोस्