विज्ञान जिज्ञासा

उत्तर सिरानी गरेर सुत्नु नहुने वैज्ञानिक कारण

Gopal Bhandari
गोपाल भण्डारी

उत्तर सिरानी गरेर सुत्नु नहुने वैज्ञानिक कारण ! नेपाली समाजमा गरिने विभिन्न संस्कारहरु आ-आफ्नो आस्था अनुसार धर्मसँग जोडिएका हुन्छन् । बिशेषत मृत् व्यक्तिहरुलाई उत्तर दिशातर्फ सिराने राखेर सुताइने गरिन्छ । उत्तर दिशामा टाउको राखेर सुत्दा भुत तथा मरेका मानिसहरुलाई आमन्त्रित गर्नु भन्ने जनविश्वास पाइन्छ । हामीले प्राय: सुन्दै आएको र सकेसम्म हामीले मान्दै आएको एउटा मान्यता के हो भने उत्तरतर्फ शिरानी गरेर सुत्नु हुँदैन । हाम्रो शास्त्रहरुले उत्तर शिरानी गरेर सुत्न वर्जित गरेको छ । यस कुरालाई कत्तिले मान्छन् त कत्तिले ‘अन्धविश्वास’ भनेर मतलब पनि गर्दैनन् । यो कुरा अन्धविश्वास जस्तो लागेतापनि यसभित्र वैज्ञानिक कारण लुकेको छ ।

यो पनि पढ्नुहोस् 

The Heart's Magnetic Field in Man

उत्तर सिरानी गरेर सुत्नु नहुने पौराणिक मान्यता

कुन दिशामा सिरानी लगाएर सुत्दा के हुन्छ ?

शास्त्र भन्छ : सुत्ने समयमा यी ५ चिजहरु सिरानीमुनी राख्नुस्

कति घण्टा सुत्नु राम्रो हुन्छ ?

राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु

राती सुत्नुभन्दा अघि गरेका यी गल्तीले बढ्नेछ तौल

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

चुम्बकको बारेमा हामी सबैलाई थाहा भएको मुख्य नियम के हो भने विपरीत ध्रुव एक-आपसमा देखिने गरी चुम्बक राखेमा यसमा आकर्षण र समान ध्रुवमा विकर्षण पैदा हुन्छ । पृथ्वीमा चुम्बक वा चुम्बकीय क्षेत्र छ भन्ने हामी सबैलाई थाहा छ । त्यस्तै हाम्रो शरीरमा पनि आफ्नै खालको चुम्बक वा चुम्बकीय क्षेत्र रहेको हुन्छ । बैज्ञानिक कथन अनुसार मुटुको रक्त प्रवाहको कारण मानिसको आफ्नै चुम्वकीय क्षेत्र हुन्छ जसलाई मुटुको चुम्वकीय क्षेत्र पनि भनिन्छ । मानव शरीरको चुम्बकीय तंरगको कुरा गर्ने हो भने मानव मस्तिष्क वा शिरपट्टी उत्तरी ध्रुव र पैतालातर्फ दक्षिणी ध्रुव रहेको हुन्छ । यस अवस्थामा मानिस यदि उत्तरतर्फ सिरानी गरी सुतेमा दुवै समान ध्रुवमा विकर्षण पैदा हुन्छ ।

जव हामी टाउको उत्तर दिशातर्फ फर्काएर सुत्ने गर्दछौ, शरीरको चुम्वकीय क्षेत्र र पृथ्वीको चुम्वकीय क्षेत्र बीच अमिल्दो प्रतिक्रिया हुन्छ जसले गर्दा शरीरको रक्तचापमा समस्या आउँछ, मानिसको मुटुले पृथ्वीको चुम्वकीय उर्जाको अनुपातमा आउन सामान्य भन्दा कडा परिश्रम गर्नुपर्ने हुन्छ । पृथ्वीको विशाल शक्तिशाली चुम्बकीय शक्तिको अगाडि मानव शरीरको चुम्बकीय तरङ्ग अत्यन्तै कमजोर वा शक्तिहीन हुन्छ । त्यसै कारण यी दुई समान ध्रुवलाई एक-अर्काको आमने-सामने हुने गरी धेरै समय राखेमा स्मरण शक्ति कमजोर हुने देखि लिएर मानव शरीरको आन्तरिक संरचनामै प्रतिकूल प्रभाव परेर बिस्तारै शरीर कमजोर र क्षीण हुँदै जान्छ ।

Like & Follow us on Facebook

अर्को कुरा, हाम्रो रगतमा यथेष्ट मात्रामा फलामको अणुहरु रहेको हुन्छ, उत्तरतर्फ टाउको राखेर सुत्दा शरिरमा रहेका सम्पूर्ण फलामका कणहरु दिमागमा जम्मा हुन जान्छ । फलस्वरुप शरीरमा उत्पन्न तनावका कारण हाम्रो टाउको दुख्दछ र हामीले असहज महसुुस गर्दछौ । यसले गर्दा धेरै खालका मानसिक तनाव जस्तै अल्जेमेयर, पार्किन्सन्स र अन्य दिमागी समस्या देखा पर्दछन् । लामो समयसम्म उत्तरतर्फ टाउको गरेर सुतेमा स्वास्थमा प्रतिकूल असर पर्ने मात्रै नभई मानसिक सन्तुलनमा समेत प्रभाव पार्ने बताएको छ । यस कारण उत्तर सिरानी गरेर सुत्नु हुदैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!