स्वास्थ्य

पिसाब चुहिने अवस्थाको प्रकार

मूत्र संक्रमण जस्तै पिसाब चुहिने पनि स्त्रीमा देखा पर्ने एउटा व्यापक समस्या हो । यो जुनसुकै उमेरमा पनि हुन सक्दछ तर जति उमेर बढ्दै गयो त्यति नै यो बढ्दै जाने हुन्छ । पिसाब चुहिने समस्या धेरै थरीका र विभिन्न कारण संलग्न हुन्छन् । अहिले पेटभित्र एक्कासि चाप बढ्दा देखा पर्ने पिसाब चुहिने अवस्थालाई समेट्ने प्रयत्न गरिएको छ ।

पिसाब थैली भरि वा केही मात्रामा मूत्र सन्चय भएको अवस्थामा एक्कासि खोकी वा हाछ्यू आए पेट भित्र चाप बढ्दछ । फलस्वरूप मूत्र थैलीको घाँटी र मूत्र नली कमजोर भएका स्त्रीहरुमा यस्तो अवस्थामा पिसाब चुहिने हुन्छ । गुरुङ्गो बोझ बोक्दा, शाररीक व्यायाम गर्दा र यौन सम्पर्क राखेको अवस्थामा पनि पिसाब चुहिन सक्छ । पिसाब चुहिने नगन्य मात्रा भन्दा बढी भए भित्री लुगा भिज्ने, समयमै सफाइ गर्न नभ्यए  मूत्र गन्हाउने, यौनाङ्ग चिलाउने वा त्यतातिर घाउ खटिरा देखा पर्ने, मूत्र संक्रमण हुने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।

पिसाब खोक्दामात्र रोक्न नसकिने र चुहिने हुनसक्छ । अकस्मात् पेटभित्र चाप बढ्दा त्यो खोकी, हाछ्युँ, कसरत वा अरू जुनसुकै कारणले किन नहोस् पिसाब चुहिएमा त्यसलाई ‘पिसाब चुहिने’ भनिन्छ । तर, पिसाब लागेको अनुभव भएपछि पिसाब फेर्न जाँदा रोक्नै नसक्ने भएर उपयुक्त ठाउँ पुग्नुअगाडि नै पिसाब चुहिएमा त्यसलाई ‘विलम्ब पिसाब रोक्न नसकिने स्थिति’ भनिन्छ । यो अवस्था मूत्र थैलीको मांसपेशीको खुम्चाहटमा भर पर्छ ।

मूत्र थैलीको असन्तुलित मांसपेशीको कारणबाट यो अवस्था उब्जन्छ । यी दुई स्थितिबाहेक पिसाब लागेपछि रोक्न गाह्रो हुनेमध्ये पनि केहीमा खोक्दा पनि मूत्र स्वेच्छाबिना नै चुहिन सक्छ । यो अवस्थालाई ‘पिसाब नियन्त्रणको मिश्रित अक्षमता’ भनिन्छ ।

उल्लिखित तीन प्रकारको पिसाब चुहिने अवस्थामध्ये कुन प्रकारको हो ? त्यो राम्रोसँग छुट्याउनु अनिवार्य हुन्छ । सामान्य तथा अन्तर्राष्ट्रिय आँकडाअनुसार झन्डै ५० प्रतिशतमा चाप सम्बन्धित पिसाब रोक्न नसक्ने स्थिति देखा पर्छ । करिब ३४ प्रतिशतमा पिसाब चुहिनाको प्रकार मिश्रित पिसाब नियन्त्रणको अक्षमता हुन्छ । बाँकी १६ प्रतिशतमा अविलम्ब पिसाब रोक्न नसकिने स्थिति देखा पर्छ । यो अवस्था उपचारका दृष्टिले सबैभन्दा गाह्रो हुन्छ ।

साभार- अन्नपूर्ण पोस्ट, प्रा.डा. अर्जुनदेव भट्ट,  शुक्रवार, साउन २८, २०७३ प्रकाशित

यो पनि पढ्नुहोस् 

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्यको जानकारी

पिसाब चुहिने समस्याको उपचार

पिसाब चुहिने समस्याको निदान

किन पिसाब रोक्न सकिँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!