धनु राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
धनु राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
धनु राशि : ये यो भा भी भू था फा ढा भे
स्वामी : बृहस्पति
शुभ अंक : ३
शुभ रत्न : पुष्पराज र माणिक्य
शुभबार : बिहीबार, आइतबार र मंगलबार
घातबार : शुक्रबार
शुभ, अशुभ
१. शुभ रंग पहेलो होभने गोजिमा पहेलो रुमाल बोक्नु अति उत्तम हुन्छ ।
२. धनु राशिलाई वृष राशिलाई शत्रु हुन्छ । त्यसैले यो राशि भएकाले व्यक्तिले शत्रु राशि वृष भएका व्यक्तिहरु सँग बिबाह गर्नुहुँदैन ।
३. धनु राशिका हिसाबले उत्तर दिशा र ग्रह (वृहस्पति)कोहिसाबले पूर्व उत्तर उत्तम हुन्छ ।
४. स्वादमा गुलियो मन पर्ने हुन्छ । इष्टदेवता मान्दा हरी विष्णु मान्दा राम्रो हुन्छ ।
५. धनु राशिलाई खराब महिना श्रावण महिना हो । सोमबार अशुभदायक हुन्छ ।
६. धनु राशि ग्रहको महिना पौष हो ।
भाग्य तथा भविष्य
१. वृहस्पति गुरु भएको कारणले १६ वर्षदेखि नै उन्नती प्रगति गर्नेछ ।
२. धनु राशिका व्यक्तिहरुको बहुबिबाह हुने योग हुन्छ ।
३. यो राशिका लागि वृष राशि भएको स्त्रि घात मानिन्छ र बिबाह हुँदैनन् ।
४. धनु राशि वा लग्नका व्यक्ति धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्छन् । ज्ञान, धार्मिक विषयमा क्रियाशिल, आस्थिक, मातृपितृ
भक्त, कूलको संरक्षक मोटो शरीर भएको हुनेछन् ।
मित्रता र बिबाह
१. मेष, मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, कुम्भ र मिनसँग बिबाह वा मित्रता गरेमा उत्तम हुनेछ ।
२. पैसा हुना साथ खर्चालु र स्वेच्छाचारी निर्णयले गर्दा घरपरिवारमा श्रीमान श्रीमतीबीच मनमुटा दैनिक हुने गर्छ ।
*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
तुला राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
कन्या राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य