कतै हामीले भुल्यौँ कि त
कतै हामीले भुल्यौँ कि त
कतै स्वाभिमान नै हाम्रो हामी आफैँले नै पो भुल्यौँ कि त !
हाँमी को हौँ र के हौं भन्ने पनि आफैँले पो भुल्यौँ कि त !!
बीरताका हरेक ति गाथा र नालापानीको हाम्रो त्यो कथा !
ढुड्गामा पराइको शीर झुकाउने वीरहरु नै भुल्यौँ कि त !! १
आफ्नो मान राख्न पनि हामीहरु आफैँले पो जान्नुपर्छ !
आफुलाई नि हामी आफैले मिलेर सम्मान सँधै गर्नुपर्छ !!
आफुलाई आफुले माने पो अरुले पनि मान्दछन् त्यसरी !
मान उनको मात्र हैन तीन कोटिको नै गाँसिएको छ बेस्सरी !!२
उनको सम्मान हाम्रो सम्मान हो यी कुरा बुझौँ हामी यसरी !
उनको हाँसो उडाउँदा हामीनै पो हाँसोका पात्र हुन्छौ जसरी !!
यति प्यारो देश यो हाम्रो संसारको शिर झुक्छ यहाँ आउँदा !
हरेक नेपालीको मनमा च्वास्स गरि हाल्दछ यो कुरो आउँदा !! ३
उनी ब्यक्ति मात्र हैनन् है उनी त हुन एक राष्ट्र पनि हाम्री !
उनको अपमान कहिले हुन्न यो हाम्रो शोचाइ हो है गल्ति !!
हरेक स्वाभिमानी शिरले मनन गरौँ है अव सँधै सँधैनै यसरी !
नेपाली एक जुट हुन सकेमा पो बढ्छ सम्मान सँधैनै भरी !!४
हामीले कतै जानि नजानि आफैँलाई गाली गर्यौँ कि त !
हाम्रो स्वाभिमानी शिरलाई अाफैले धारेहात लायौँ कि त !!
हाम्रो मान कहिले जाँदैन हामीले आफुले आफुलाई चिन्दा !
पराइले हेप्ने सवाल नै पो छैन हाम्रो शीर स्वाभिमानी हुँदा !!५
स्वाभिमानी आत्म निर्भरताको हाम्रो बाटो हामीले भुल्दा !!
आफुलाई नचिनेर नै पराइको सरण हरदमनै हामी पर्दा !
आफ्नै जन र आफ्नाहरुको एकैमत कहिले पनि नहुँदा !
यस्ता अवसरहरुले हामीलाई हरदम दुखाई नै रहन्छन् !!६
कुटनीतिक सेवामा बस्नुहुने हाम्रा हरेक प्रतिनिधिहरुलाई !
देशको स्वाभिमानको कथाको कुरा सँधै थाहा हुनुपर्दछ !!
राष्ट्रको स्वाभिमानमा दाग लाग्दा तिनको छाती दुखुनुपर्छ !
हरेक नेपालीको छाती भित्र पनि त्यस्तो पिडा दुख्नु नै पर्छ !!७
अव आत्मनिर्भरताको बाटो हामीले हामीलाई आफैँ खोजौँ !
संसारका हरेक मनको शिर सगरमाथामा ल्याएर झुकाऔँ !!
युवाहरुको ज्ञानलाई जल अनि थलमा अव पोख्न लगाएर !
हाम्रालाई हामी आफैँले सम्मान गर्नलाई हरपल नै लगाएर !!८
हाम्रो मान यो जगतले गर्छन है हामी यस्ता कर्म हरपलगरौँ !
हाम्रो यो शिर सगरमाथा हो यस्ता कुरा हामी मनन् गर्ने गरौँ !!
अपमान तिनको होला जस्ले हामीलाई अपमानगर्ने शोच्ला !
जगतको आँखामा बस्न पहिले देशको चौतर्फि विकास गरौँ !!९
शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।