विज्ञान जिज्ञासा

मानिसको नाकभित्र हुने सिगान किन छ आवश्यक ?

मानिसको नाकभित्र हुने सिगान किन छ आवश्यक ? मानव शरीरको कुनै पनि अङ्गको नाम लिनुहोस, त्यसको कुनै न कुनै कार्य अवश्य हुन्छ । यतिसम्म कि, नाकभित्र हुने सिगानको पनि आफ्नै विशिष्ट कार्य छ । नाक मानिस वा जनावरले गन्ध थाहा पाउने र श्वास फेर्न प्रयोग गर्ने अङ्ग हो। नाक हाम्रो शरीरभित्र हावा छिर्ने बाटो हो । तर हाम्रो शरीरभित्र छिर्नुभन्दा पहिले हावालाई तातो पार्ने र हावामा रहेका धुलाका कणहरूलाई हटाउनुपर्ने हुन्छ । नाकमा रहेका रौँहरूले केही मात्रामा धुलो रोक्ने काम गर्छ । साथै नाकदेखि फोक्सोसम्म पुग्ने श्वासनलीको भित्तामा पनि थुप्रै स-साना रौँहरू हुन्छन । यी रौँहरूलाई सिलिया भनिन्छ । हाम्रो नाकभित्र वास्तवमा पारदर्शी सिगान हुन्छ । तर हामीले सास फेर्ने हावामा रहेका धुलोका कणहरू सिलियाले रोक्छ र यी कणहरू सिगानसँग मिसिन्छ । यसले गर्दा सिगान बाक्लो र अपारदर्शी हुन जान्छ ।

हामीले फेर्ने प्रत्येक सासमा धूलोका लाखौँ कणहरू हुन्छन । तपाई जतिसुकै सफा सहरमा या गाउँमा अथवा जङ्गलमै बसिरहनुभएको भएपनि तपाईले सास फेर्ने बेला धूलोका लाखौं कणहरू नाकबाट भित्र छिरिरहेका हुन्छन । धूलोका कण विनाको हावा पाइने स्थान भनेको जमिनबाट १००० किलोमिटर परको समुन्द्री सतह मात्र हुन्छ । हामीले सास फेर्दा धूलोका कणहरू मात्र नभई लाखौं ब्याक्टारियाहरू पनि नाकभित्र छिर्छन । तर सिगानमा एन्टिसेप्टिक भएको कारण यीमध्ये थुप्रै ब्याकटेरियाहरू सिगानसँग मिसिएपछि नष्ट हुन्छन् । त्यस्ता धुलोका कणहरू र ब्याक्टेरियाहरू सिगानसँगै बाहिर आउछन । त्यसैले पनि कहिले काँही रूघाँ लाग्नु फाइदाजन नै हुन्छ । सिगान भनेर घिन नमानौँ यो हाम्रो शरीरमा रहेर हामीलाई स्वस्थ राख्न ठूलो भूमिका खेल्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वस्थ शरीरका लक्षणहरु

स्वस्थ्य जीवनशैलीका सूत्रहरू

स्वस्थकर जीवनको लागि यस्ता छन् हाँस्नुका फाइदाहरु

महिलाहरुले स्वस्थ रहन अपनाउनुपर्ने १० सुझावहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!