ज्योतिषशास्त्र

ब्रह्मवैवर्त पुराण अनुसार वर्षका ७ दिन स्त्री-पुरुषको मिलन अशुभ

ब्रह्मवैवर्त पुराण अनुसार वर्षका ७ दिन स्त्री-पुरुषको मिलन अशुभ ! ब्रह्मवैवर्त पुराण वेदमार्गको दशौं पुराणमा भगवान् श्रीकृष्णका लीलाहरूको विस्तृत वर्णन, श्रीराधाको गोलोक-लीला तथा अवतार-लीलाका सुन्दर विवेचन, विभिन्न देवताहरूको महिमा एवं एकरूपता र उनको साधना-उपासनाका सुन्दर निरूपण गरिएको छ। यस पुराणमा  ब्रह्मखण्ड, प्रकृतिखण्ड, श्रीकृष्णजन्मखण्ड र गणेशखण्ड गरी चार खण्ड छन्। यस पुराणमा सृष्टिको मूल श्रीकृष्णलाई बताइएको छ।

प्रकृतिका विविध परिणामहरूको प्रतिपादन नैं यस ‘ब्रह्मवैवर्त पुराण’मा प्राप्त हुन्छ। ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७-२९-३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ । यसमा स्त्रीर-पुरुष मि लनका लागि कैयौं दिन अशुभ भनेर उल्लेख गरिएको छ । यी दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन । ब्रह्मवैवर्त पुराण अनुसार वर्षका ७ दिन स्त्री-पुरुषको मिलन अशुभ हुने उल्लेख छ ।
कुन कुन् दिन स्त्री-पुरुष मिलन अशुभ?
१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मानिन्छ । औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने ब्रह्मवैवर्त पुराणमा उल्लेख छ ।
२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध परहेज गरिएको छ ।
३. सक्रान्तिमा पनि जोडीहरुबीच शारीरिक मिलन अशुभ मानिएको छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाको समागम नहुनु उत्तम ब्रह्मवैवर्त पुराण भन्छ ।
४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । यी दिनमा शारीरिक सम्बन्ध नराख्नु राम्रो ।
५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ भनेको छ ।
६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ ।
७. कुनै पनि ब्रत बसेको समयमा पनि स्त्री-पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषिद्ध छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!